बागलुङ, ८ भदौ -उज्बेकिस्तानमा सम्पन्न तेस्रो एसियन कप छनौट आई.टि.एफ तेक्वान्दो प्रतियोगिता २०१७ मा बागलुङका २ खेलाडीले रजत र कास्य पदक प्राप्त गरेका छन । इन्टरनेशनल तेक्वान्दो महासंघ (आई.टि.एफ) को आयोजनामा यहि २०१७ अगष्ट १९ र २० तारिखमा भएको सो आईटिएफ प्रतियोगितामा नेपालका तर्फबाट सहभागी भएका ६ जना खेलाडी मध्य बागलुङ ढोरपाटन नगरपालिकाका–३ जना र निसीखोला गाँउपालिकाका–१ जना गरि ४ जना खेलाडीले भाग लिएका थिए । सहभागी ४ खेलाडी मध्य ढोरपाटन नगरपालिका वडा नंं. ५ नाथुरीका दिपक गौतमले रजत पदक तथा वडा नं. १ बुर्तिबाङकी बसन्ती बुढामगरले कास्य पदक हात पार्न सफल भएका छन् । गौतमले ५२ केजी तौल समुहको स्पायरिङमा प्रतिस्पर्धा गरेका थिए । उनी सेमिफाईनल राउण्डको खेलबाट ताजकिस्तानका खेलाडीसंग पराजित भएका थिएभने बुढामगर ७२ केजी तौल समुहको स्पायरिङमा फाईनल राउण्डको खेलमा तुर्किस्तानका खेलाडीसँग पराजित हुनुपरेको परेको थियो । यस्तै उनिहरुले सेप्टेम्बर १ र २ तारिखमा ईन्डियाको नयाँ दिल्लीमा हुन गईरहेको आई.आई.सी तेक्वान्दो प्रतियोगिता २०१७ मा पनि प्रतिस्पर्धा गर्ने भएका छन ।