म्याग्दी, ६ भदौ-जिल्लाको बेनीनगरपालिका–४ तातोपानीमा एकबर्षको अवधिमा १४ हजार ९ सयभन्दा बढी विरामीले स्नान गरेका छन् । प्राकृतिक उपचारस्थलको रुपमा परिचित कुण्डमा गत आर्थिक बर्षमा शुल्क तिरेर स्नान गरेका थिए । कुण्डमा जिल्लाको विभिन्न गाउँपालिकाका साथै छिमेकी जिल्ला बाग्लुङ, पवर्त, मनाङ, मुस्ताङ पोखरा, काठमाडौ, भैरहवा, चितवन, नेपालगंज, धरानलगाएतका क्षेत्रबाट आएका विरामीबाट शुल्क र चन्दा बापत ४२ लाख आम्दानी भएको तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताए ।
शाक्यले दिएको जानकारी अनुसार १४ हजार ४ सयले टिकट लिएर पाँच दिन देखी दुईहप्ता सम्म स्नान गरेपनि स्थानीय र घुम्न आएकाले भने निशुल्क स्नान गर्ने गरेको बताए । हरेक बर्ष स्नान गर्न आउने विरामीको संख्या बढ्न थालेपछि कुण्डले आसपासका क्षेत्रमा आम्दानीबाटै पूर्वाधार विस्तारलाई समेत प्राथमिकता दिएको छ । कुण्डको आम्दानीले स्थानीय सरस्वती माविमा १० जना शिक्षकलाई तलव सहित भौतिक पूर्वाधारमा बर्षेनी १६ लाख सहयोग गर्ने गरिएको छ भने स्वास्थ्य सहित विभिन्न पूर्वाधार विस्तारमा ९ लाख गरी २५ लाख खर्च भन्दा बढी स्थानीयस्तरमै खर्च गर्ने गरिएको छ ।
म्याग्दी खोलाको नजिक रहेको कुण्डलाई हरेक बर्ष कटान गर्ने गरेको अवस्थामा तथबन्ध निर्माण सहित आवश्यक पूर्वाधारमा समेत कुण्डको आम्दानी प्रयोग गर्ने गरिएको समितिले जनाएको छ । एकजना विरामीले एक साता देखी १६ दिनसम्म स्नान गर्ने गरेका छन् । मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रममानिस्कने विरेनुन स्वादको तातोपानी आउने गरेको छ । जमिनभित्रबाट बिरेनुनको गन्धमानिस्कने तातोपानीपोखरमा सङ्कलनगर्ने गरिन्छ । चिकित्सा पद्धतीबाट उपचार गरेर आजित भएका विरामीको रोजाईमा कुण्ड पर्ने गरेको छ । आफन्त र सहयोगी लिएर कुण्डमा आएका विरामीहरू फर्कने बेलामा उत्साहित भएर फर्कने गरेको उदाहरणहरु रहेका छन् । पुरुष र महिलालाई फरक– फरक समय तालिका रहेको कुण्डमा गम्भीर दुर्घटनामा परेर अस्पतालमा बसेका विरामी चिकित्सकले डिस्र्चाज गरेपछि कुण्डमा एक महिना सम्म स्नान गर्ने गरेको पाइएको छ ।
कुण्डमा बार्षिक अवलोकनमा आउने, स्थानीय लगाएत गरी पाँच हजार भन्दा धेरैले बिना शुल्क स्नानगर्ने गरेका छन् । एउटा विरामीले आफुँलाई निको भएपछि अर्कोलाई प्रचार गर्ने गरेकाले पनि बर्षेनी ३ हजारको हाराहारीमा विरामी बढेको ब्यवस्थापन समितिका सदस्य कुमार केसीले बताए । गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नानगर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने भएप िनगर्मी मौसममा माक्स र आवश्यक सतर्कता अपनाउने गरिएको छ । ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुचीनहुने लगायतका स्वास्थ्य समस्याभएका बिरामीहरुका लागि तातोपानी कुण्ड प्रकृतिको बरदान बनेको छ । बेनी नगरपालिका, धौलागिरि गाउँपालिकाको मुदी, रघुगंगा गाउँपालिकाको दग्नाम र अन्नपूर्ण गाउँपालिकाको घार लगाएतजिल्लाभर करिव एकदर्जन तातोपानी कुण्ड फेला परेको छ ।