लेख कार्की-आँगनको छेउँमा फ्यात्त हलो भुइँमा फ्याँकेर आरुबोटे काका घरतिर आए । जुठेल्नाका छेउँमा भाँडा माझ्दै गरेकी छोरीलाई भने, ‘ए चमेली ! जा भित्रबाट चिसो पानी लेर आ ।’टोपीले पसिना पुछ्दै पेटीमा बसे । चमेलीले मैलो जगमा पानी ल्याएर दिई ।काका जंगिए, ‘के हो यो ? जग माझ्न सकिनस् ?’चमेली चुपचाप उभिई ! ‘खै हेमने कहाँ मुन्ट्यो ? बाख्रा कराउँदै छन् त । गोठालो जाने बेला भएन रे ?’चमेलीले भनी, ‘दाइ त माथि कोठामा बसिरा’छ, रेडियो घन्का’र ।’काका कराए, ‘ए मालिक ! वस्तु फुकाउने बेला भएन ? कामकाज छैन, एउटा रेडियो भि¥यो, गाउँ घुम्यो, क्यारेमबोर्ड खेल्यो, हल्लियो । पैसा जति बेटारी किनेरै सक्ने भो । यसो समाचार आउँदा पो बजाउनु त, चौबीसै घण्टा औंरेजी समचार पनि बजाकै छ, हिन्दी गाना पनि बजाकै छ । अरू बेला त स्कुल जान्छ, कम्सेकम सन्सरबार त सघाउनुपर्छ घरमा ।’काका के–के भन्दै फलाक्दै थिए, हेमन्त चुपचाप काँधमा रेडियो र कम्मरमा बाँसुरी भिरेर लाग्यो गोठालो ।‘फेरि त्यो बलेम्पाको खेतमा वस्तु छोडिदिएर बाली खुवाएर आइज अनि आफैं हली बस्न जालास् । म सक्दिनँ बिगो तिर्न,’ काका फेरि कराए ।ऊ सुनेको नसुनेझैँ गरी गाईबाख्रा लगेर बाघमारे पाखामा छोडिदियो र चिलाउनेका ठुटामा बसेर बाँसुरी बजाउन थाल्यो ।एकछिन रोकिएको थियो, अलिक माथितिर एउटा गीत सुनियो, ‘वारि जमुना, पारी जमुना, जमुनाको फेंदैमा मनकामना ।’प्रस्टै थाहा भो, यो ऋतु नै हो । तर कहाँ छे ? यताउता हे¥यो, कतै देखेन । अलिक माथि खेतका छेउँमा नास्पातीको रुख हल्लिएको देख्यो । मज्जाले हे¥यो । पहेँलो भेस्ट र कालो फ्रक लगाएकी ऋतुलाई चिनिहाल्यो । आँखा स–साना भए पनि परेला निक्कै काला भएकाले ऋतुको नाम नै गाजली राखिदिएका थिए साथीहरूले ।‘गाजले खरायो रुख चढेछ, अचम्मै भो हौ,’ जिस्क्याउँदै हेमन्त त्यहीँ पुग्यो ।‘जे पायो त्यही चाहिँ नभन् है । अहिले मार्दिम्ला नि । अनि अलिक परै बस् । यो नास्पातीको रुख नछुनू, स्या लाग्न सक्छ ।’‘स्या लागेर के भो त ? कर्द, खुकुरी, बन्दुक नलागे भैगो नि,’ जिस्क्यायो हेमन्तले ।ऋतुले भनी, ‘पिसाच लाग्ला भनेको हौ, राईहरूले स्या भन्छ के ! बाहुन कति जिस्किरा’को ।’यी कुरालाई वास्तै नगरी हेमन्त बोल्यो, ‘ओए रिते, मलाई नि देन नास्पाती । एक्लै खान्छेस् ?’‘दिन्नँ ! मलाई नै जिस्क्याउँछस्, मैले नै तँलाई नास्पाती दिन पर्ने ?’यत्तिकैमा माथि एउटा हाँगामा दाहिने र अर्को हाँगामा देब्रे खुट्टो राखेर नास्पाती टिप्दै गरेकी ऋतुलाई भुइँबाट हेरेर हेमन्तले जिस्क्याउँदै भन्यो, ‘मान्छे पनि रातोपिरो खालकी, भित्र पनि रातै लाउँदी र’छे …. हा हा !’ऋतु रिसाई !कस्सिएर नास्पातीको दानाले टाउकामा हानी । हेमन्त टाउको छाम्दै लड्यो ।ऋतु डराई । हतार–हतार भुइँमा झरी, ‘हेमन ! ओई हेमन !’हेमन्त बोलेन । झन् डराई ।‘ला… अब के गर्ने ? के भयो यस्लाई ?’ नजिकै खेतको एक अञ्जुली पानी ल्याएर छ्यापिदिई ।‘आच्छु … हि हि हि…’ गर्दै हेमन्तले ङिच्च दाँत देखायो ।ऋतुले रिसाउँदै भनी, ‘साले बाहुन, नाटक गर्नुपर्छ ? कस्तो डर लागेको ।’‘तँलाई चाहिँ जिस्कनै नहुने ? त्यत्रो नास्पातीले हान्न पर्छ ? म मरेको भए ? अनि एकछिन घुक्र्याको नि ।’हेमन्तको कुरा सुनेपछि मुस्कुराउदै बोली, ‘बम हो र नास्पाती– लाग्नेबित्तिकै मर्नलाई ? अनि तँलाई तल बसेर जे पायो त्यही भन्न पर्छ त ?’हेमन्त फेरि पनि जिस्किँदै थियो । ‘चुप् ! ला खा नास्पाती,’ हतार–हतार गरेर भुइँमा झर्दा रुख हल्लिएर झरेका तीन दाना नास्पाती बटुलेर दिई । एउटा आफैंले टोकी क¥याप्प ।यत्तिकैमा ऋतुका आँखा पुगे– ठूल्ढुंगाको पुछार बारीमा, जहाँ हेमन्तको सिँदुरी गाई र दार्मे गोरुले एकगरो मकै त खल्र्याप्पै भ्याइसकेछन् । दुई–चार बोट बाँकी थिए ।ऋतुले आत्तिँदै भनी, ‘ओए, पर र्हेत, तेरो गाईगोरुले मकै सकेछ । मास्तिर नाना घाँस काट्दैछ । देख्यो भने आपालाई कहिदिन्छ, छिटो जा ।’हेमन्त आत्तिँदै गएर त्यहाँबाट गाईगोरु निकाल्यो र उत्तीसेतिर लिएर गयो ।मनभरि कुरा खेलाइरह्यो, ‘यो कुरा बुवालाई थाहा भयो भने मार्नुहुन्छ ।’ उस्लाई बलेम्पाको भन्दा बढी डर आफ्नै बुवाको थियो । गाईबाख्रा सबै बाँध्यो र चमेलीलाई सोध्यो, ‘कान्छी बुवा खै ?’‘कुलो भत्केको छ रे, बनाउन जानु भा’छ ।’चमेलीको जवाफ सुन्नेबित्तिकै भन्यो, ‘कान्छी, बुवा ढिला आउनुभयो भने गाई दुहुनू है । म पनि आउन अलिक ढिला हुन्छ होला, हरि दाइले खै किन हो बोलाउनु भा’छ ।’ त्यसपछि ऊ क्यारमबोर्ड खेल्न गयो ।हेमन्त घर आयो, बुवा र बहिनी खाना खाँदै थिए ।‘कहाँ गा’थिस् ? बस् भात खान ।’ बुवाले यति भनेपछि खाना खायो र कोठामा सुत्न गयो ।उज्यालो भो । गाउँमा हल्ला चल्यो, बलेम्पाका मकैमा कस्ले वस्तु छोडेर खर्लप्पै बनाइदिएछ । बलेम्पा रिसले चूर बन्यो । खोजी जारी रह्यो । तर, कस्का वस्तुले खाए, जति हल्लीखल्ली गरे पनि पत्तै भएन । हप्ता दिन बित्यो । यो कुरा यत्तिकै सकियो ।अनेक कुराहरू खेलिरहने हेमन्तको मनमा आज अलिक नौलो कुरा खेल्यो– राइनी छुच्ची छे तर कति इमान्दार । कति राम्री । बाझ्छे, जे पायो त्यही भन्छे, फेरि मेरा गल्तीहरू लुकाइदिन्छे । के यो माया हो ? मन एकोहोरियो । मन लाग्यो झन् नजिक हुन । के–के सोच्यो र रङ्गायो सादा कागज–‘ऋतु !भन्नु खासै केही छैन । र पनि, तँलाई केही लेखेर पठाउन मन लाग्यो । खै किन–किन अचेल तेरो मात्र याद आउँछ । मनमा त तँ त्यतिबेलैदेखि पलेंटी कसेर बसेकी होस्, जतिबेला साकेलामा सँगै नाचेका थियौं । तैंले चिन्डोबाट मेरो टाउकोमा जाँड छर्कि्दिएकी थिइस्, मैले गाला चिमोटिदिएको थिएँ । तैंले झापट हानेकी थिइस्, म रिसाएझैँ गरेको थिएँ अनि ‘सरी’ भनेकी थिइस् । त्यसपछिका प्रत्येक क्रियाकलाप आगोमा घ्यू बने, तँप्रति आकर्षित हुनलाई । कुरा यत्ति हो, थाहै नपाई तँलाई माया गर्न थालेछु । के तँलाई पनि यस्तो केही महसुस हुन्छ ? हुन्छ भने पनि, हुन्न भने पनि ऋतु एकपटक जवाफ पठा ल ! चिठीको जवाफ लेखिस् भने यो चिठी पाएको भोलिपल्ट नास्पातीको रुखमुन्तिर चिलाउनेको ठूलो रुख छ नि, हो त्यसैको फेंदमा दर्शिन ढुंगाले छोपेर राख्नू ल । आजलाई यत्ति । बाँकी जवाफ पठाइस् भने है त !उही माया गर्न थालेको मान्छे हेमन्त ।’चिठी त लेख्यो, तर दिने कसरी ? सोच्यो, कमललाई दिन पठाउँछु । फेरि सोच्यो, ‘हैट ! त्यो साले शैतान छ, आफैं आँखा लगाइराखेको छ । च्यातेर फ्यालिदिन सक्छ । च्यातिफाले मात्र त ठीकै हो, फेरि आफैंले अर्को लेखिपठायो भने…? हैट ! आफैं दिन्छु ।’अनेक कुराहरू सोच्दै कोल्टे फर्किंदा फर्किंदै भुसुक्कै निदाएछ ।उठेर गाई दुहुँदै थियो, चमेलीले भनी, ‘दाइ, बुवाले भन्नुभ’को– केराबारी जा रे !’‘किन ? कस्कोमा ?’‘अस्ति भैंसी लगेको पैसा बाँकी छ रे ! ९ हजार आज दिने भनेको छ रे मूलघरेले !’हेमन्तलाई के चाहियो र ! मूलघरे भनेको ऋतुकै पल्लो घर हो ।मूलघरेको घर पुग्नुभन्दा पहिला बलेम्पाकै घर आउँछ । बूढा खाटमा बसेर चुरोट तानिरहेका थिए ।हेमन्तले गोजीमा चिठी छाम्दै यताउता हे¥यो । ऋतुलाई कतै देखेन र लाग्यो मूलघरेकोतिर । बूढा घरमै रहेछन् । हेमन्तलाई देख्नेबित्तिकै कुरा बुझिहाले र भने, ‘ए बाबु, तिमी आयौ ? ल बस ।’मूलघरे बूढीले सोधिन्, ‘बाबु छ्याङ बनाइदिऊँ ? खान्छौ ?’हेमन्त, ‘खान्नँ तिम्मा ।’मूलघरे बूढाले ६ हजार दिँदै भने, ‘बाबु, ३ हजार पुगेन । सोमबार म आफैं ल्याइदिन्छु । आपालाई यही भन्नू है ।’‘हुन्छ तिप्पा’ भनेर हेमन्त पैसा लिएर फर्किंदै थियो, घाँस बोकेर आउँदै गरेकी केटीसँग जम्काभेट भो ।‘ओ बाहुन कता ?’ऋतु रै’छे, जिस्क्याइहाली ।देखिभेटिरहेकै केटी भए नि आज हेमन्त झसंग भयो । मुटु फुत्केलाझैं भयो, जस्लाई ऊ चिठी दिन तड्पिरहेको थियो ।र भन्यो, ‘केको बाहुन बाहुन नि ? मेरो नाम छैन ? खालि बाहुन नभन् है ।’ऋतुले हाँस्दै भनी, ‘हेरहेर रिसाको । अस्ति त खुब किराँत्नी भन्दै थिइस् त !’हेमन्तले चिठी थपक्क हातमा राख्दै भन्यो, ‘ल–ल अब चुप लाग् । यो एक्लै पढ्नू ।’‘के हो यो ?’ ऋतु सोद्धै थिई ।‘मनकामनाबाट आएको सन्देश हो । यो एक्लै पढ्नुपर्छ ।’हेमन्त टाप कस्यो ।ऋतुले घर पुगेर घाँस बिसाउनेबित्तिकै हेरी, छक्क परी । चिटचिट पसिना आए । फेरि पढी । भएन । हतार–हतार आफू पढ्ने–सुत्ने कोठामा छिरी र फेरि पढी । ऐना हेरी । आफू आफूजस्तै लागेन । फेरि पढ्दै थिई, आमा भान्साबाट कराइन्, ‘ऋतु ! ए ऋतु ! खाना खानु आइजा । आपा, नाना, खुशेलाई नि बोला ।’खाना खाएको पनि पत्तै भएन । के गरौं, कसो गरौं, के भनौं, के कसरी जवाफ दिऊँ ? मन त ऊ पनि पराउँथी, भन्न सकेकी थिइन । एक्कासि मनमा सुनामी आयो….. पीरतिको ।यता हेमन्तलाई खुल्दुली भयो– के गर्ली ? गाली गर्ने पो हो कि ! आपा दाइहरूलाई भन्ने पो हो कि ? चिठी लेखी भने के लेख्ली ? के माया गर्ली त ? फेरि एक्लै बोल्यो, केटीले पारा ल्याउली त ? र, एक्लै मुस्कुरायो अँध्यारोमा । कुरा खेलाउँदा खेलाउँदै निदायो ।ब्युँझदा घाम माथि आइसकेको रहेछ । आज बुवाले नि बोलाएनन्, न चमेलीले बोलाई । हेमन्त उठ्यो र यताउता सानातिना घरायसी कामहरू ग¥यो । मनको खुल्दुली मेटाउन हतार भो । ऋतुले नास्पातीको रुखमुन्तिर ठूलो चिलाउनेको रुखछेउँमा दर्शिन ढुंगाले चिठी छोपी कि छोपिन होला ?सरासरी गयो । आफूले बताएको ठाउँतिर हे¥यो, केही देखेन । अलिक पर चल्ला काढ्न पोथी ओथारा बसेझैं दर्शिन ढुंगो सेतो कागज छोपेर बसिरहेको देख्यो । मुटु फुत्त बाहिर हाम्फाल्लाजस्तै भो । ढुंगो हटायो र कागज समायो । टक्क अडियो एकछिन र खोल्न सुरु ग¥यो । फेरि सोच्यो, घरमै गएर पढ्छु । चिठी गोजीमा हाल्यो र लाग्यो घरतिर ।‘हेमन्त !कहाँबाट सुरु गरौं लेख्न । आफूलाई त चिठी लेख्न नि आउन्न । चिठी पढेर मनमा डर, लाज र मायाको एकै पटक भुइँचालो गएको छ । म भेट्न चाहन्छु । शनिबार वस्तु यतै ल्याउनू । त्यतै भेटेर कुरा गरौंला ल ।’घरमा आएपछि खोलेर पढेको कागजमा जम्मा यत्ति नै थियो । तर धेरैथोक भयो हेमन्तका लागि । हिसाब ग¥यो– आज बिहीबार, पर्सि शनिबार । सोच्यो, किन अर्कै स्कुल जान परेको त्यसलाई ? एउटै स्कुल भए दिनैपिच्छे भेट्न त पाइन्थ्यो । भेट्नलाई पनि शनिबार नै पर्खनुपर्ने भो । आखिर क्लास पनि बराबरी छौँ । फेरि सोच्यो– हुन त ठीकै भयो । हाम्रो स्कुलमा भएकी भए त्यो अरुणे, इन्द्रे, रमेशेजस्ताले मलाई कहाँ गरिखान दिन्थे र !शनिबार पधेँरामा नुहाएर आयो । घरभित्र पस्नेबित्तिकै चमेलीले भनी, ‘दाइ आज गाउँलेहरू सबै मिलेर चमेरे भञ्ज्याङमा पोखरी खन्ने रे ! घरको एकजना जानुपर्ने रे ! बुवाले भन्नुभ’को तँ जा रे ! म गोठालो जानु रे !’हेमन्त अक्क न बक्क भयो एकछिन र सोध्यो, ‘बुवा खोइ ?’‘माथ्लो गाउँमा घिमिरे बा बित्नु भो रे, बुवा उतै जानुभो ।’मलामी गएका बूढा अब साँझ नपरी आउँदैनन् भन्ने अनुमान ग¥यो र हेमन्तले भन्यो, ‘कान्छी ! आज मेरो धेरै ढाड दुखेको छ । पोखरी खन्न तँ जा, गोठालो म जान्छु ।’चमेली, ‘अँ… खुब ! छोरी मान्छे गएर हुन्छ होला नि !’हेमन्त, ‘हुन्छ के, गएर यताउता सकेको सघाउने त हो । मान्छे नभएपछि मर्नु भएन त ।’चमेलीले मानी । हेमन्त खुसी हुँदै गाईबाख्रा फुकाएर लाग्यो गोठालो ।पहिलाजस्तै गाईबाख्रा लगेर छोडिदियो र ढुंगामाथि बसेर माथितिर हे¥यो । ऋतुलाई कतै देखेन । रेडियो खोल्यो, सुन्न मन लागेन बन्द ग¥यो । फेरि माथि आँखा तन्कायो । यतिबेला भने डोको बोकेर घाँस काट्न आउँदै थिई ऋतु । उसले छरपस्ट भएका गाईबाख्रा एकै ठाउँ भेला ग¥यो र हस्याङफस्याङ गर्दै लाग्यो, नास्पातीको रुखतिर ।‘ढिला गरिस् त ।’हेमन्तको कुरा सुन्नेबित्तिकै ऋतुले भनी, ‘खास त आउनै अप्ठ्यारो लागिराथ्यो तर … !’‘तर के ?’’‘केही हैन ।’‘के साँच्चै माया गर्छस् ?’‘तँलाई के लाग्छ ? मैले चुट्किला लेखेर पठाएको ?’‘हा हा,’ ऋतु हाँसी मात्र । हेमन्त बोल्यो, ‘के तँलाई माया लाग्दैन र ?’‘लाग्छ, तर लागेर के गर्नु ?’‘लागे माया गर्नू नि, के गर्नु भन्नु ? हा हा ।’‘तँ बाहुन, म किराँती । यो कसरी सम्भव छ ?’‘मायाको जात हुन्छ र ? विश्वासका सामु असम्भव के छ ?’‘समाजले छुट्याउँछ नि त ।’‘हाम्ले अपराध गरेको हो र ?’‘कहिलेसम्म माया गर्न सक्छस् ?’‘सास छउन्जेल ।’‘मरेपछि गर्दैनस् ?’‘थाहा छैन ।’‘हा हा हा …’कुरा गर्दागर्दै दुई घण्टा बितेको पत्तै भएन । स्यार्रर गरेर पानी प¥यो । ऋतु झसंग भई र भनी, ‘ला… डोको रित्तै छ, घाँस काटेको छैन । घर कसरी जाने अनि ?’ उकालो दगुर्दै भनी, ‘तँ पनि जा छिटो । ओढ्ने रैनछ, भिज्छस् ।’‘हुन्छ’ भनेर हेमन्त ओरालो हानियो । धन्न आज गाईगोरुले कसैको बाली खाइदिएनछन् । एक्लै मुस्कुरायो र सबै वस्तु भेला गरेर घरतिर कुदायो ।मायाको रफ्तार बढ्यो । चिठी बाक्लै ओहोरदोहोर हुन थाले । भेटघाट बाक्लिन थाल्यो । दुबैका लागि यो पृथ्वी मायाकै खम्बामा अडिएको अनुभूति हुन थाल्यो । खाएको, कतै नजिकै गएको, आफ्नो स्कुलतिर भएको, भनौं स–साना घटना, स–साना कुरा पनि एकर्कामा सेयर हुन थाले । हामीले पढेका शेक्सपियरका रोमियो–जुलियट र देवकोटाका मुनामदनको भन्दा निकै माथिको प्रेमजस्तो प्रगाढ हुन थाल्यो । दुबै जना हरेक पल एक अर्काकै कल्पनामा समर्पित हुन थाले ।० ० ०‘हेमन ! तँ भोलि आरुटार जा र फुपूलाई लिएर आइज । पोहोरको तीजमा पनि जुठो प¥यो भनेर आइन । यसपालि त जसरी नि लिएर आइज,ू खाना खाँदाखाँदै बुवाको कुरा सुनेर हेमन्त थोरै खुसी भयो । किनकि आफू आठ वर्षको हुँदा आमा खसेपछि आफूलाई आमाजस्तै लाग्ने उनै फुपू थिइन् । असाध्यै माया गर्थिन् दाजु बहिनीलाई नै ।‘हुन्छ बुवा’ भन्यो र खाना खाइसकेर कोठातिर गयो । रेडियो खोल्यो । गीत बज्यो– ‘झन् माथि सा¥यो झन् तल झर्छ हाई मेरो फरिया….’तीजको गीत बजिरहेको रहेछ । एक्लै हाँस्यो र मनमनै भन्यो, त्यस्का बाजे तीजको गीत हो कि रत्यौलीको ठट्यौली ? सोच्यो– आरुटार फूपू लिन जाने खबर ऋतुलाई भनूँ । फोन थिएन, त्यसैले रेडियोको भोलुम घटायो र लेख्यो–‘प्रिय ऋतु,मुटुभरिको माया ।आज धेरै केही लेख्दिनँ । तीजका लागि म फूपू लिन आरुटार जाँदैछु, शनिबार म गोठालो आउँदिनँ है । अब सोमबार मात्र फर्कन्छु फूपू लिएर । हे बिजुलीको तार तार तार, ऋतु तिम्लाई भेटौँला अर्को शनिबार । हा हा…। बाँकी आएर लेखौँला, भेटौंला आजलाई यत्ति । लब यु !’बिहानै लगेर ठूलो चिलाउनेको रुखनजिकै दर्शिन ढुंगाले छोपिदियो र फर्केर खाना खायो अनि छाता बोकेर लाग्यो आरुटारतिर ।यता ऋतुले चिठी हेरी र उफ्फ गरी । अचेल दिनैपिच्छे चिठी दिनेलिने बानी परेको छ । बरु घरमै भएर हप्ता दिनै चिठी नआए र नभेटे पनि त्यति साह्रो हुन्न थियो होला, घरमा नहुने भनेपछि चार दिन पनि चार वर्षजस्तो लाग्यो ।मंगलबार ८ बजेतिर ठूलो चिलाउने नजिकै गई । दर्शिन ढुंगो एक्लै सुतिरहेको रहेछ । फरक्क फर्केर खाना खाई र स्कुल गई । साँझमा गएर फेरि हेरी, ढुंगा एक्लै छ । फर्केर आई खाना खाएर पढ्न बसी । अर्थशास्त्रको नोट बनाउँदै थिई । कलमभरि हेमन्त दौडिरह्यो । पानाभरि हेमन्त नै छरपस्ट भो । दिक्क लाग्यो । झ्याप्प बत्ती मारी र सुती । मनमा कुरा खेल्न थाले । आउनेबित्तिकै चिठी लेख्नुपर्ने, किन लेखेन ? कि आएन ? उसका बारे कुरा गरे पनि कोसँग गरौं ? मनले सोच्यो, बिहान घरतिरै जाऊँ । फेरि लाग्यो, कामबेगर कसरी जाऊँ ? कसैले सोधे किन आएको भन्ने ? अनेक सोच्दासोच्दै भुसुक्क निदाई ।जुठेल्नाको छेउँमा भाँडा माझ्दै थिई, घरमाथिको पिपल गल्र्याम्म ढल्यो । आम्मा … ! भनेर चिच्याई । सपना रहेछ । जुरुक्क उठी र लामो सास फेरी । बाहिर पानी सरर परिरहेको रहेछ । केराका पात बजिरहेका थिए । टिनको छानो उसैगरी बजिरहेको थियो । तीन–चार घुट्की पानी पिई र फेरि सुती ।‘रिते… हन तेरो उठ्ने बेला भएन ? कति सुत्नुपरेको हँ ?’ आमाको आवाज सुनेर उठी । पानी पर्न छोडिसकेको रहेछ । पँधेराबाट एक गाग्री पानी ल्याई र फेरि गई ठूलो चिलाउनेको रुखनजिकै । दर्शिन ढुंगो उसैगरी सुतिरहेको रहेछ । फरक्क फर्की र फेरि स्कुल गई ।मनमा हेमन्त नाचिरह्यो ।‘किन निराश हँ ? बिरामी छेस् ?’ विनीताको प्रश्नलाई जवाफ दिँदै भनी, ‘केही भा’छैन ।’दिनभर मुडअफ भइरह्यो । सरहरूले के–के पढाए, खासै हेक्का रहेन । स्कुलबाट फर्की र किताब कोठामा फ्यात्त फ्याँकेर ठूलो चिलाउनेतिर लागी । दर्शिन ढुंगो पल्टाई । उस्तै खाली ठाउँ । अब त्यही ढुंगोदेखि रिस उठ्यो । रिसले आगो भई । बरर आँसु झारी र दर्शिन ढुंगोलाई एक लात्ती दिएर अलिक तल पल्टाइदिई अनि फर्की घरतिर ।कोठामा गएर घोरिएर अस्तिको चिठी पढ्दै थिई । आमाले भनिन्, ‘ए रिते ! तरकारी काटेर ठीक्क पारेको छ, आइज र पका त, मलाई के भएर टाउको दुख्यो ।’मन त थिएन खानलाई । नखाए पनि पकाउन त नाइँ भन्न भएन, आमाले भनेपछि । लागी भान्सातिर र पकाउन थाली ।बलेम्पा बूढा भैंसीलाई दाम्लो बाट्दै थिए । यत्तिकैमा बूढाले भने, ‘ओई जेठा, रेडियो खोल् न । ७ बजिसकेछ, समाचार सकिन लागिसक्यो होला । ७ बजेर ४ मिनेट गैसकेछ ।’बलेले रेडियो खोल्यो र रूपाकोट एफएम लगायो ।रेडियो बज्यो, ‘तपाईं अहिले सुन्दै हुनुहुन्छ, रूपाकोट सामुदायिक रेडियो १०५ मेगाहर्ज । भर्खरै प्राप्त समाचारअनुसार अविरल वर्षाका कारण साप्सुखोलामा आएको बाढीले आज दिउँसो बगाएका दुईजना मानिसलाई भण्डारेघाटमा उतारिएको छ । मृत्यु हुनेमा आरुटार–३ की ३६ वर्षीया पार्वती अधिकारी र रानीपुर–७ का १६ वर्षीय युवक हेमन्त भट्टराई रहेको पुष्टि भएको छ ।’बलेम्पा बूढा बाट्दै गरेको दाम्लो फुत्त छोडेर ‘के रे ! के रे !’ भन्दै थिए । अँगेनाबाट तरकारी निकाल्दै गरेकी ऋतुले समातेको कराई फुत्तै छोडिदिई र आफू भुक्लुक्कै त्यहीँ ढली ।तरकारी अँगेनामा घोप्टियो र झ्वाइँ ग¥यो ! बाह्रखबरीबाट ।
Previous Articleएक वर्षमा ७ खर्ब रेमिट्यान्स भित्रियो
Next Article गर्भपतनपछि हुने सम्भावित खतरा