भरत बागलुङे
करको महत्व र करप्रति नागरिकको उत्तरदायित्वको विषयमा नेपाली समाज अभैm पनि भयग्रस्त मानसिकतामा बाँचिरहेको छ । यसको खास कारण राज्यले वैज्ञानिक कर नीतिको निर्माण र कार्यान्वयन नगर्नु तथा करको विषयमा आम सर्वसाधारण नागरिकलाई भूइँतहबाट बुझाउन नसक्नु एकअर्थमा बुझाउने चेष्टा नगर्नु नै हो । बालबालिकाहरुलाई विद्यालय तहबाटै करको विषयमा सिकाउने बुझाउने र नागरिकलाई करप्रति उत्तरदायि बनाउने नीति नियम या इच्छाशक्ति नहुनु नै कर एउटा हाउगुजी बन्नुको कारक हो । करको सही सदुपयोग नहुनु र बढ्दो भ्रष्टाचार करप्रति नागरिक अनिच्छाको अर्को कारक हुनसक्छ । बढ्दो राजनैतिक अस्थिरता, नागरिकप्रतिनिधिको अभाव र राजनैतिक दलको भागबण्डे विकासे नीतिले पनि करप्रति नागरिक उत्साहपूर्ण रुपमा सहभागी बन्न सकिरहेको देखिदैन । बैसठ्ठि त्रिसठ्ठिको बसन्त विद्रोहले स्थापित गरेको राज्यको पुर्नसंरचनाको सपना एकहदसम्म पुरा भएको विद्यमान अवस्थामा करको महत्व अरु बढी सान्दर्भिक तथा अनिवार्य बन्न पुगेको छ । संविधानले व्यवस्था गरे अनुरुप राज्यको पुर्नसंरचना र स्थानिय तहको निर्वाचनले नागरिकमा समृद्धिको तृष्णा अरु बढेको छ । परिवर्तित राज्यको स्वरुपले बढाउने खर्च, विकासप्रतिको नागरिकको चासो तथा जनप्रतिनिधि सम्मुख खडा भएको विशाल उत्तरदायित्व र चुनावी प्रतिवद्धताको भूतखेदाईबाट ती दुर पुग्ने वातावरण छैन, सधैं उधारो सापटीमा जिन्दगीको चक्र घुमाउने माग्ने परिपाटी र रेमिट्यान्स माथीको निर्भरताले स्थानिय तहमा जागृत समृद्धिको भोक मेट्न गाह्रो छ ।
आयात–निर्यात र राष्ट्रियस्तरका ठूला उद्योग, कलकारखाना, वित्तिय संस्था या नाफामुलक संस्था बाहेक भुइँतहमा उठाइने घर जग्गा कर, साना उद्यम, व्यापार आदि इत्यादिबाट लिइने करमा नागरिकलाई उत्तरदायि बनाउनु र कर तिर्ने बानीको विकास गराउनु पुर्नसंरचित राज्यका इकाइहरुको लागि ठूलो चुनौती हो । दुरदराजाका अत्यन्तै अविकसित वस्तिहरुलाई राजनैतिक पहुँच या नाफा घाटाको कोपभाजनमा नगरपालिका घोषणा गरिनु, पूर्वाधारविहिन वस्तिहरुलाई ठूलो इकाइमा रुपान्तरण गर्नु र विकास तथा प्रशासनिक खर्चका फेहरिस्त अवैज्ञानिक र पपुलिष्ट शैलीमा निर्माण गर्नुले आर्थिक रुपमा संकटग्रस्त बन्ने त्यस्ता इकाईहरुको स्थायी आम्दानी करलाई वैज्ञानिक स्वरुपमा बदल्न सकिएन भने हामी सधैं परनिर्भर बनिरहनुको विकल्प रहनेछैन । भ्रष्ट संस्कृति, राष्ट्रसेवकदेखि राजनीतिज्ञसम्मको कमाउ र विलासितापूर्ण जीवन व्यतित गर भन्ने व्यक्तिवादी संस्कार संस्कृतिलाई हटाउन सकिएन र संकटग्रस्त समयमा दीर्घकालीन सोच, नीति, नियम र नागरिकमुखि अर्थतन्त्र निर्माण गर्न सकिएन भने विकासमा नागरिक राज्य साझेदारीलाई परिपक्व बनाएर लैजान सकिएन भने अनि भूइँमा हेरेर अर्थतन्त्रको निर्माण गर्न सकिएन भने भिक्षामा प्राप्त पैसाले हाम्रा प्रदेशहरु ती समृद्धितिर पक्कै जान सक्नेछैनन् ।
अहिले पनि हामी ऋणसापटी र अनुदानमुखी बजेटमा विकासलाई जोडेर केवल मृगतृष्णा पालेर बाँचिरहेका छौँ पञ्चायतकालमा जसरी, प्रशासनिक र तलब भत्तामा राज्यको खास आम्दानी खर्च गरेर दातामुखि हामी आर्थिक वर्षको अन्तमा विकासमा एकैपटक भ्mवाम्म हामफालिरहेका हुन्छौँ जसले विकास बजेटको केही प्रतिशत मात्र रकम खर्च र दुरुपयोग भइरहेको छ परिणाम हामी फेरी पनि हिजोकै अवस्थामा बाँच्न अभिषप्त छौँ । यस्तो विषम अवस्थामा राज्यको पुर्नसंरचना र स्थानिय तहको निर्वाचनबाट जनतामा बढेको समृद्ध राष्ट्रको सपनालाई पुरा गर्नु चोमोलुङ हिमालको आरोहण जत्तिकै कठिनपूर्ण र चुनौतीपूर्ण छ यद्यपी यो अवसर पनि हो मुलुकको विकास र समृद्धिको युगीन सपनालाई साकार तुल्याउने । चुनौतीहरुबीच हामीसँग मौज्जुदा विविधतायुक्त जलवायु र प्राकृतिक विविधताले कृषि, फलफुल, जडिबुटि, पशुपालन, जलचर र पर्यटन व्यवसायलाई गैरराजनैतिक आँखाले हेर्न सक्ने हो भने त्यसबाट प्राप्त हुने आम्दानीले राष्ट्र र नागरिक दुवैको जीवनमा उल्लेख्य सुधार प्राप्त हुनेछ । आप्mनै खुट्टामा उभिएर निर्माण गरिएको अर्थतन्त्र नै समृद्ध राष्ट्र निर्माणको लागि बलियो आधार पनि हो । अवैज्ञानिक र हतार हतारमा पैसाको आवश्यकतालाई परिपूर्ती गर्ने नाममा करको दायर बढाउनु भन्दा वैज्ञानिक रुपमा प्रदेशहरुको विविधतालाई अध्ययन गरी स्वयम् प्रदेश, नगरपालिका र गाउँपालिकाले नै करको स्वरुप निर्धारण गर्नु र नागरिकले तिरेको कर नागरिकको समुन्नतिको लागि भन्ने नारालाई आत्मासाथ गर्नसके हामीले देखेको समृद्ध समाज निर्माण हुन कठिन छैन ।
सपनाविहिन र लक्ष्यविहीन यात्राले हामीलाई समृद्धितिर हैन विनासतिर डो¥याउने छ । प्रगती र विकासको पहिलो पाइला चालिरहँदा हामीले संसारका उन्नत राष्ट्रहरुबाट सिक्नु पर्ने थुप्रै दृष्टान्तहरु छन् । कतिपय विपन्न राष्ट्रहरुले चालिस पचास वर्षको छोटो अवधिमा हासिल गरेका आर्थिक उन्नती र विकासका कुराहरु हाम्रो लागि सपना जस्तै लाग्न सक्छन् । कुनै बेला नेपालले खाद्यान्न अनुदान दिने दक्षिण कोरियादेखि मलेशिया र श्रीलङ्कासम्म हाम्रो सम्मुख उन्नती र प्रगतीका वैभवमा हामी नेपालीलाई कामदारको रुपमा बोलाईरहेका छन् । भोकबाट गुज्रिरहेका र भोकको लागि संघर्ष गर्ने ल्याटिन अमेरिकी मुलुक क्युवा हाम्रो लागि अर्को प्रगतिको मार्गदर्शक बन्न सक्छ । उनाइस सय नब्बेमा जब सोभियत संघको पतन भयो त्यसपछि सोभियत संघलाई उखु र उखुजन्य पदार्थ तथा सुर्तीजन्य पदार्थ बेचेर अर्थतन्त्र चलाई रहेको क्युवा सबै भन्दा ठूलो सङ्कटमा फस्न पुग्यो । एकातिर कम्युनिष्ट शासन भएकै कारण अमेरिका लगायतका राष्ट्रको नाकाबन्दि अर्कोतिर सहयोगी मुलुकको पतनले क्यास्ट्रोको क्युवालाई दैनिक जीवन सञ्चालन गर्न पनि धौ–धौ परिरहेको थियो । क्युवा पन्ध्रवर्षसम्म दुःखसँग लडिरहेको थियो सन् २००५ मा सारा क्युवालीले सरकारको राष्ट्रिय संकल्पमा हातमा हात मिलाएर जब आर्गनिक खेती गर्ने निधो गरे त्यसले क्युवाको भोक, शोक र दुःखलाई एकसाथ अन्त्य गर्न पुग्यो र क्युवा फेरी सुखको मेलोमा फर्किन पुग्यो । प्राकृतिक विविधताले राष्ट्रिय संकल्प गर्न सके या प्रदेशहरुले आप्mनो पहिचानलाई आत्मासाथ गर्न सके र नागरिकस्तरबाट राष्ट्रिय या प्रादेशिक संकल्पमा लाग्न सके अबको पचास वर्षमा नेपाल पनि दक्षिण कोरिया जस्तै आर्थिक रुपमा सम्पन्न राष्ट्र बन्न सक्नेछ ।
बढ्दो बेरोजगारीले युवाहरुको पलायन पनि तीब्ररुपमा बढिरहेको छ । राष्ट्रिय अभिलेखले बताईरहेको छ हरेक दिन वैधानिक रुपमा पन्ध्र सय युवाहरु रोजगारीको लागि मुलुक छोडिरहेका छन् । युवाहरुको पलायनले ठूलो मात्रमा खेती योग्य जमिन बाँभैm बस्न पुगेको छ भने अर्कोतिर भुमाफियाहरुले खेतीयोग्य जमिनलाई कब्जा गरेर घडेरीको रुपमा व्यापार गरिरहेका छन् । हरेक प्रदेशले स्थानिय तहदेखि नै जमिन, जल र जङ्गललाई दलालहरुको हातबाट जोगाउनु र युवामुखि आर्थिक नीति निर्माण गर्नु समृद्धिको लागि प्रमुख र महत्वपूर्ण कुरो हो । स्वाधिन अर्थतन्त्रको लागि गतिशील नीति नियम र कानुन बन्नु जरुरी छ भने उत्तिकै गतिशील राज्यसत्ता, राजनैतिक दल र प्रशासनिक निकायहरु बन्नु जरुरी छ, जसले हामीलाई नागरिकप्रति उत्तरदायि सरकार र मुलुक र सरकारप्रति उत्तरदायि नागरिकमा परिचित गर्नेछ र यसो गर्न सकिएन भने हामी कर्मकाण्डको आधुनिक अवतारी बाहेक अर्थोक के हुन सक्छौँ ? समयले प्रश्न गरिरहनेछ, सधैं यक्ष प्रश्नहरुको भीमकाय पहाडमुनि हामी गफाडीहरुको परिचयमा बाँचिरहनेछौँ अभिषप्त ! अस्तु
Previous Article‘देश विकासमा अझै बढि योगदान गर्नुहोस्’
Next Article सामाजिक–सांस्कृतिक रुपान्तरण सहितको आर्थिक समृद्वि