राजेशचन्द्र रा.भ.
नेपाली कांग्रेसका युवा नेता एंबम पुर्बमन्त्री गगन थापाले भारतले बनाएको अबैधानिक बाधको कारणले नेपालको तराई क्षेत्र प्रत्येक बर्ष डुबानमा परेको हुँदा सबै एकजुट भएर भत्काउन पहल गर्नुपर्ने बताए । हामीले नदिसंग गरेको व्यवहार चुरेसंग गरेको व्यवहार कै कारणले अहिले हामीले दुख पाइरहेको छौ । बागलुङ उद्योग बाणिज्य संघ अन्तरगत महिला उद्यमि बिकास समितिले आयोजना गरेको दोस्रो तीज महोत्सबको उद्घाटन गर्दै थापाले उक्त कुरा बताए पछि अहिले राजनीति तंरङ छाएको छ अहिले सबै ठाउँमा नेपाली कांग्रेसका युवा नेता गगन थापाले दिएको अभिब्यक्ति कै चर्चा चलेको छ हाम्रो छिमेकी भारतले हाम्रो सिमानामा बनाएको बाधले गर्दा तराई डुबानमा परेको हुँदा हामी सबैले एकजुट भएर भारतसंग त्यो बाध भत्काउन माग गर्नुपर्ने कुरा सत्य तथ्य मै आधारित छ । थापाले लोकतान्त्रिक चोकमा बागलुङका बासिन्दासंग भने हामीले भारतसंग आँखा जुधाएर कुरा गर्नुपर्ने जुन तर्क राख्नुभयो त्यो एकदमै मनन् योग्य छ अब सबै मिलेर त्यसलाई ब्यबहारमा उतार्न सक्नुपर्छ । गगनले त्यो अभिब्यक्ति दिएपछि अहिले फरक राजनीति आस्था राख्ने महासयहरूले संसदमा बाध भत्काउने प्रस्ताव राख्न चुनौती दिएका छन् । अहिले कांग्रेसको सरकार छ । गगन थापा अहिलेका चर्चित युवा नेता मध्यमा पर्छन् उनले जुन कुरा बागलुङबासी सामु राखे त्यो कुरा भोली गएर ब्यबहारमा लागू गर्न सक्छन् कि सक्दैनन् त्यो त हेर्न बाकी नै छ । हामी राष्ट्रियताको सवालमा एक भएर संसदबाटै सिमानामा बनाइएको बाध भत्काउन भारतसंग आँखा जुधाएर कुरा राख्न सक्नुपर्छ । अब हामीले यो सवालमा एक हुन नसके प्रत्येक बर्ष डुबानमा परिरहने कुरामा भने दम छ । हुनत आफुलाई राष्ट्रबादी पार्टी भनेर दाबी गर्ने शक्तिहरू समेत अहिले राष्ट्रियताको सवालमा एक हुनुपर्ने अबस्था छ तर हामी काम भन्दा पनि कुरा मा बिश्वास गर्छाै । अहिले तराई मधेस किन कसरी डुबानमा पर्छ भन्ने कुराको ज्ञान हामीमा हुन जरूरी छ । भारतसंग भएको असमान सन्धि कोशी सम्झौता कै कारणले आज प्रत्येक बर्ष हामी आफै हाम्रो भुमिमा डुब्न बाध्य भएका छौ । भारतले हाम्रो सिमानामा लगाएको बाध कै कारण अहिले तराई मधेस जलमग्न भएको छ । संबिधान संशोधनको नारा लगाउने राजपाका नेता अहिले कानमा तेल हालेर बसेका छन् । प्रभुको अगाडि दासहरूले एक शब्द बोल्न सक्दैन प्रभुले जे आदेश दिन्छ त्यो मान्नु भन्दा अर्को कुनै तर्क छ न त कुनै मनमा लागेको कुरा समेत अभिब्यक्त गर्न सक्दैनन् अबस्था यस्तो भएर पनि होला । साच्चै हामीले हाम्रो देश स्वाधीन छ स्वतन्त्र छ कुनै देशको गुलाम भएन भनेर ठुलो भाषण छाट्छौ तर हामीले भने अनुसार साच्चिकै स्वाधीन छ त भनेर छातीमा हात राखेर हालेर भन्ने हो भने त्यो अबस्था भने अझैसम्म देखिएको छैन । युवा नेता थापाले भने अनुसार हामी एकजुट हुनलाई कसले छेकेको छ, रोकेको छ । हामी बाहिर देखिन राष्ट्रबादी भएर केही अर्थ राख्दैन मन देखि राष्टबादी हुन जरुरी छ । साच्चै हामी जतिसुकै दास भएपनि छिमेकी प्रभुले हामीलाई डुबानबाट उतार्न मद्दत गर्दैन भन्ने कुरा स्पष्ट छ । भारती परराष्ट्रमन्त्री सुस्मा स्वराज नेपाल भ्रमण आउँदा खेरी न त सरकारले मधेसमा डुबान भएर लाखौं नेपाली जनताको बिचल्ली भएको बारे एक शब्द समेत राख्न सकेको देखिएन । साच्चै हामी कति सम्म लाचार छौ आफ्नै घरमा आएको छिमेकीका सरकारका प्रतिनिधि समक्ष एक शब्द बोल्न सक्दैनौं अनि भारतमा गएर भन्ने कुरा त धेरै टाढाको बिषय भयो । अहिले देशमा पंचायती ब्यबस्था छैन गणतन्त्र छ । देशमा जनताको छोरी राष्ट्रपति भएको अबस्था हो । हामीलाई अझैसम्म देशको व्यवहार गरिदैन हामी पनि प्रभुसंग मन्त्री बन्न प्रधानमन्त्री बन्न आर्शिबाद लिन बिरामी भएको बहाना बनाउँदै दिल्ली जान्छौं प्रभुले भनेको सबै सर्त मान्छौ अनि देश फर्कन्छौ प्रभुकै इसारा अनुसार चल्छौ हामी प्रभुको दास बन्न तछाडमछाड गर्छाै आफ्नै पार्टीको सरकार ढालेर अर्को शिखण्डी सरकार बनाउछौ अबस्था यस्तो भएपछि छिमेकीले हामीलाई नहेपे कसलाई हेप्छ ? कुरा घामझै छर्लङ्ग छ । अहिले बर्षा यामले मधेस तराई डुबानमा पर्दा खेरी हामीले राष्ट्रबादको कुरा गर्ने अनि समस्या समाधान भए फेरि चुपचाप बस्ने हाम्रो चलन भएको कारणले पनि हामी आफै ठगिएका छौ । हामी अहिले बाढीबाट प्रभावित भएका छौ अहिलेको राष्ट्रबादीको बिदेशी दलाल सबै सबै डुबानबाट पीडित छौ कति क्षति भयो भन्ने लेखाजोखा छैन सरकारसंग । न त बस्ने बाँस छ न त खाने गाँस छ जनतासंग । यसरी नै चलिरहेको छ नेपालीको दैनिकी अहिले राहतमा पनि राजनीति चलेको छ । हुनत अहिले भएको तीज महोत्सबमा कांग्रेस युवा नेता गगनलाई ल्याएकोमा पनि धेरैबाट आलोचना गरियो । महिला को महान चाड तीजमा किन महिला मन्त्री सभासद नल्याईकन पुरूष ल्याउने काम गरियो । अहिल तराई बाढीबाट प्रभावित भएर जनता मरेको समयमा किन यहाँ महोत्सब गरेर रमाइलो गर्नुपर्ने भनेर पनि आलोचना नभएको हैन तर तर्कको लागि तर्क गर्न जतिपनि सकिन्छ तर नियत राखेर कुरा गर्नु भनेको राजनीति गर्नु हो । हामीले जहाँ पनि राजनीति गर्ने चलनले गर्दा सबै ठाउँमा बेथिति हँुदै गएको हो बागलुङमा भएको कार्यक्रममा गगनले दिएको अभिब्यक्ति भने दमदार मान्न सकिन्छ तर त्यसलाई ब्यबहारमा उतार्न जरुरी छ । हामीले कुरामात्र हैन अब साच्चिकै काम गर्न जरुरी छ । अहिले सम्म भएका असमान सन्धिसंझौता खारेजी अबैधानिक रूपमा बनाइएका बाध कुटनैतिक ढंगले भत्काउने अभियान थाल्न जरुरी छ । अहिले जुन कुरा गगनले बागलुङमा आएर बोलेका छन् त्यो कुरा भोलीका दिनमा संसदमा पेश गर्ने सवालमा अडान कायम रहन्छ कि रहँदैन त्यो त्यति बेला थाहा हुने कुरा हो । अहिलेसम्म भएको बाढीको समीक्षा गरेर सरकारले नयाँ रणनीति बनाउन जरुरी छ । अब सधै दास बनेर हैन मालिक बनेर हिड्ने हिम्मत गर्न सक्नुपर्छ । देशको सवालमा राष्ट्रियताको सवालमा हामी सबैको एउटै नीति हुन जरुरी छ । तराईमा जाडो बढ्दा पहाडले छेक्नुपर्छ भन्ने नेपाली राष्ट्रिय गितको भावना मर्म अनुसार हामी सबै एकजुट हुन सकेमात्र हामी बलियो हुन्छौं । हामी आफै डुबानमा पर्ने बाध बनाउन दिएर हामीले ठूलो बहादुरी गरेको कुरा गर्ने भारतसंग भएको सम्झौतामा हामी ठगिएका छैनौ भनेर दलाली गर्नु कहाँ सम्मको राष्ट्रवाद हो अब भने सबैले बुझ्न जरुरी छ । यो बर्ष भएको क्षतिबाट पाठ सिकेर अब आउने वर्षालाई हामीले रणनीति बनाउन जरुरी छ । नेपाल डुबाउने बाध भत्काउन कुटनैतिक पहल गर्न जरुरी छ । हैन भने अन्तराष्ट्रिय जनमत जुटाएर भए पनि त्यो बाध भत्काउने भुमिका सरकार र प्रतिपक्ष सबैले खेल्न जरुरी छ ।