काठमाडौँ, ५ भदौ-साफ यू–१५ अन्तर्गतको तेस्रो खेलमा भुटानले श्रीलंकालाई फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो खेल खेलेको भुटानले श्रीलंकालाई ६(० ले हराएको हो । प्रतियोगितामा दोस्रो पराजय भोगेको श्रीलंकाले खेलको सुरुवातमा आफ्नो कप्तानलाई गुमायो । पाचौ मिनटमा चोट बोक्दै जिवाका चमोदले मैदान छाड्न पर्यो । भुटानले ८ औं मिनेटमा दोर्जी खान्दोको गोलमा अग्रता लियो । करिब ८ यार्डबाट गोल गरेपछि उनले पोर्चुगेली स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको शैलीमा सेलिब्रेट गरे । भुटानले दोर्जी खान्दोको गोलमा २४ औं मिनेटमा अग्रता दोब्बर गर्यो । किन्गा वाङ्गचुकले ३१ औं मिनेटमा ८ यार्डको बक्सबाट गोल गर्दै भुटानको अग्रता बढाए । खान्दोले ३५ मिनेटमा गरेको प्रहार क्रसबारमा लागेर पÞmर्किएपछि ह्याट्रिक गर्ने अवसर गुमाए । भुटानका क्लेजाङ्ग दोर्जीले ३ मिनेटमा दुइ गोल गर्दै भुटानलाई पहिलो हाफको अन्त्यसम्म ५(० को अग्रता दिलाए । उनले ४३ औं मिनेटमा र अतिरिक्त समयमा गोल गरेका थिए । भुटानले दोस्रो हाफमा पनि निरन्तर दबाब दिएपनि १ गोल मात्र गर्यो । खेलको अन्तिम मिनेटमा शेरुब दोर्जीले प्राहर गरेको कर्नरलाई सिद्धार्थ गुरुङले जालीको दिशा दिए । भुटानको जितसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ भने बंगलादेशको पनि अन्तिम चारमा स्थान पक्का भएको छ । मंगलबार हुने भुटान र बंगलादेश बीचको नतिजाले समूह ‘ए’ को बिजेताको टुंगो लगाउने छ । भोलिको खेलमा आयोजक नेपालले माल्दिभ्सको सामना गर्ने छ । माल्दिभ्ससँगको जितले नेपाललाई अन्तिम चारमा स्थान सुरक्षित गर्नेछ ।
Previous Articleम्याग्दीको पर्यटकीय स्वर्गाश्रम ओझेलमा
Next Article ८० बर्षमा विद्यालय !