बागलुङ, १ भदौ -युनिक संचार सहकारी लिमिटेड द्वार प्रकाशित ढोरपाटन दैनिकको १४ औं वार्षिकोत्सव समारोह बिहिवार एक कार्यक्रमका विच सम्पन्न भएको छ । देशमा संकटकाल चलिरहेको समयमा स्थापना भएर लगातार १४ बर्ष सम्म प्रकाशित हुँदै आएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले संचारमाध्यमले सत्य लेख्ने साहस गरेर ईतिहासलाई सघाउनुपर्ने बताए ।
उनले बोल्नुपर्ने समयमा नबोलेमा ईतिहास लोप भएर जान सक्ने चिन्ता व्यक्त गरेका थिए । ‘संचारमाध्यमले जनताको पक्षमा र वास्तविक घटनालाई दर्पण भएर उजागर गर्नुपर्छ’ पौडेलले भने, ‘उनीहरुको कामलाई समाजले पनि उचित मूल्यांकन गर्नेछ ।’ विसंगती विरुद्ध बोल्न सक्ने संचारमाध्यमको गरिमा बढ्ने उनले बताए ।
असजिलो अवस्थामा पनि ढोरपाटनले दिएको निरन्तरतालाई उनले प्रसंसा पनि गरे । पौडेलले न्युनतम पारिश्रमिक दिने काममा पनि ढोरपाटनले अगुवाई गर्नुपर्ने उनको सुझाव समेत थियो । चुनौतीका बिच जन्मेकोले चुनौतीमै रम्म सक्नुपर्ने पनि उनले बताए ।
कार्यक्रकका सहभागिले ढोरपाटन दैनिकले दिइरहेको पाठ्य सामाग्रीको कारण निरन्तर टिक्न सकेको धारणा पनि राखेका थिए । उक्त अवसरमा बर्षभरी उत्कृष्ठ काम गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो । बर्षभरी नियमित विज्ञापन दिनेहरुबाट उत्कृष्ठ धौलागिरी अञ्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष
कुमार खड्का, नियमित स्तमभकारको रुपमा तिते करेलीका लेखक कृष्णराज शर्मा र महिला लेखिका तथा नवमाधुरी साहित्य पत्रिकाका सम्पादक पर्वतकी सरस्वती शर्मा जिज्ञाशुलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा ढोरपाटनमा काम गर्ने मध्ये उत्कृष्ठ कर्मचारीको रुपमा बजार प्रतिनिधि मनिषा शर्मालाई ७ हजार ५ सय रुपैयाँ नगद सहित पुरस्कृत गरिएको थियो ।
वार्षिकोत्सव उद्घाटन समारोहमा एमाले केन्द्रीय बैकल्पिक सदस्य गोविन्द नेपाली, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरे, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, सम्मानितहरु सरस्वती शर्मा जिज्ञाशु, कृष्णराज शर्मा,
नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष लगायतले बोलेका थिए । साथै उक्त अवसरमा ढोरपाटन दैनिकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि २१ हजार २ सय ५० रुपैयाँ नगद सहयोग दिएको थियो । पत्रिकाका सम्पादक हरिनारायण गौतमले उक्त रकमको चेक महासंघका अध्यक्ष दिल
शिरिषलाई हस्तान्तरण गरे । साथै महासंघको भवन निर्माणका लागि बरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरेले पनि १० हजार रुपैयाँ दिने घोषणा गरे । सम्पादक हरिनारायण गौतमको अध्यक्षता, पत्रकार ताराप्रसाद शर्मा स्टारको संचालन र कार्यकारी सम्पादक रामकृष्ण बोहोराको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।