ढोरपाटन दैनिक आजदेखि १५औ बर्षमा प्रवेश गरेको छ । प्रकाशनपछिका अत्यन्तै अफठ्यारा विगतलाई झेल्दै आज हामी यो दिनसम्म आईपुगेका हौंै । सामाजिक इतिहासका दृष्टिले यो त्यति लामो अवधि नहोला तर हामीले यो डेढ दशकमा परिवर्तनका लागि भएका लामा लामा घुम्तिहरु पार गरेका छौ । पत्रकारिताको ब्यवसायिक यात्रा पनि चूनौतीविचमा नै पार गरेका छौ । नेपाली समाजमा छोटो समयमा भएका ठूला ठूला परिवर्तनको साक्षी वन्दै आफ्नो यात्रालाई अगाडि वढाइरहदा यहाँहरुले गर्नु भएको माया र सदभावबाट नै ढोरपाटन दैनिक धौलागिरीवासीका विचमा अग्रणी सञ्चारगृहका रुपमा स्थापित हुन सफल भएको कुरा सगौरव भन्न चाहन्छौ । यो अवसरमा हामी हाम्रा श्रद्धेय पाठक, सहयोगी विज्ञापनदाता, उत्साही विक्रेता, लगनशील कर्मचारी र सिर्जनशील पत्रकारहरुप्रति हार्दिक आभार प्रकट गर्दछौ । अस्थिर राजनीतिका कारण नेपालको समृद्धिको यात्रा जहिले पनि धरापमा पर्दै आएको छ । नयाँ संविधान निर्माण भएपनि त्यसको वास्तविक कार्यान्वयन निर्वाचनपछि मात्रै हुने कुरा प्रष्ट छ । मुलुकलाई स्थिरता र आर्थिक समृद्धितर्फ लैजान निर्धारित समयसीमा ०७४ माघ ७ गते भित्र तीनै तहको निर्वाचन समपन्न गर्नु अपरिहार्य छ । लोकतान्त्रिक पद्धति अंगालेको मुलुकमा आवधिक निर्वाचनले मात्रै राजनीतिक धराप नियन्त्रण गर्छ । पछिल्लो पटक दुई चरणमा समपन्न भएका स्थानीय तहको निर्वाचनले नेपालको राजनीति संगलिनेमा आशा पलाएको छ । स्थानीय, संघिय र प्रदेशसभाको निर्वाचन समपन्न भएपश्चात मात्रै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भई विकेन्द्रित शासन प्रणाली र स्थानीय सरकारको अनुभुती गर्न पाईनेमा नेपाली जनता आशावादी छन । दुई चरणमा भएका स्थानीय तहको निर्वाचनमा प्राय सवै राजनीतिक दलले मुलुकको समृद्धिका लागि आर्थिक विकासलाई राजनीतिक एजेण्डाको रुपमा अगाडि सारेका छन । आर्थिक विकासवाट मात्रै स्वदेशमा रोजगारीको सिर्जना सम्भव छ । त्यसका लागि स्थानीय सरकारले सञ्चालन गर्ने कार्यक्रम नै सेतुका रुपमा अगाडि आउनेछन । अव स्थानीय सरकार जिम्मेवार नहुदाँसम्म आर्थिक समृद्धि सम्भव छैन । त्यसैले हामीले १४ औं बार्षिकोत्सव मनाइरहदाँ ‘समृद्धिका लागि स्थानीय सरकार’ विशेशांक प्रकाशन गरेका छौ । यसले कम्तीमा पनि आमनागरिकलाई आर्थिक समृद्धिको दिशामा अगाडि वढ्न जागृत गराउने र स्थानीय सरकारका प्रतिनिधीहरुलाई जिम्मेवार वन्न वौद्धिक दवाव सिर्जना गर्नेछ भन्नेमा हामी विश्वस्त छौ । समृद्धिको सपना साकार पार्न सरकारको एकल प्रयासवाट मात्रै सम्भव छैन, नीजि क्षेत्रको अग्रसरता पनि उत्तिकै आवश्यकता छ । यसमा सञ्चार माध्यमको तर्फबाट आफ्नो जिम्मेवारी पुरा गर्न हामी हरतरह लागिरहन प्रतिवद्ध छौ ।अन्त्यमा, यहाँहरुको साथ र सहयोगमा मात्रै वाँचीरहनसक्ने छौ भन्ने विश्वासका साथ ढोरपाटन दैनिकको १४ औं बार्षिकोत्सवको अवसरमा हजुरहरु सवैलाई हार्दिक शुभकामना ।
Previous Articleसंघीयता भित्र समृद्विको खोजी
Next Article ढोरपाटनको १४ औं वार्षिकोत्सव कार्यक्रम