काठमाडौं – वर्षातमा भिज्नुमा बेग्लै आनन्द छ । तर भिजिसकेपछि आफ्नो यौवन कसरी लुकाउँ भन्ने चिन्ताले युवतीलाई गाँज्ने गर्दछ ।
यस्तै, चिन्ताले भरिएको गीत ‘वर्षिनु वस्र्यो…’ सार्वजनिक गरिएको छ । मणि शर्मा (रिजाल)को शब्द र दीपक जंगमको संगीत रहेको गीतमा वाँनीका प्रधानको स्वर छ ।
वर्षातको झरी र यससँग जोडिएर आउने जीवनका विविध पाटोलाई समावेस गर्ने कोसिस गरिएको गीत भिडियो सहित सार्वजनिक भएको हो । रिलिज भएको एक हप्तामै गीतले राम्रो चर्चा पाइरहेको छ । मनीका चार वर्ष अघि एल्वम ‘समन’ बजारमा आएको थियो । यम बरालको स्वर रहेको एल्बमले पनि राम्रो चर्चा पाएको थियो ।
गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा सुमी मोक्तान र सुवास तिमिल्सिनाले अभिनय रहेको छ । भिडियो सञ्जय बरालले निर्देशन गरेका हुन् । निशान घिमिरेले सम्पादन र बुद्ध लामाको छायाँकन भिडियोमा छ ।