बागलुङ, २६ साउन-ताराखोला गाउँपालिकाको आयोजनामा गाईघाटमा आमभेला सम्पन्न भएको छ । भेलाले गाईघाटलाई पर्यटकीय क्षेत्रको रुपमा कसरी अगाडि बढाउने, भौतिक पुर्वाधारको ब्यवस्था लगायतका बिषयमा बिशेष छलफल गरेको छ । ताराखोला गाउँपालिकाको पर्यटकीय स्थल गाईघाटको महत्व बढ्न थालेपछि त्यसको पुर्वाधार निर्माणमा बिशेष जोड दिने गाउँपालिका प्रमुख प्रकाश घर्तिले बताए । घर्तिले स्थानियको राय, सुझाव, सल्लाहका आधारमा गाईघाटको बिकासलाई अगाडि बढाउने बताए । घर्तिले झरना ब्यवस्थापन प्रमुख समस्या भएको भन्दै भेलाबाट गठित समितिले झरनाको ब्यवस्थापनसँगै पर्यटकिय, धार्मिक रुपमा कसरी अगाडि बढाउने भन्ने बिषयमा ध्यान केन्द्रित गर्ने बताए । उक्त कार्यमा ताराखोला गाउँपालिकाले समितिसँग समन्वय गर्ने उनको भनाई छ । सम्पन्न भेलाले पुर्णबहादुर थापाको संयोजकत्वमा १३ सदस्यीय गार्ईघाट क्षेत्रबिकास समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा डिलकुमारी घर्ति, सचिवमा डम्बरबहादुर थापा, सहसचिवमा मनबहादुर लामिछाने, कोषाध्यक्षमा पदमबहादुर खत्री रहेका छन् । समितिको सदस्यहरुमा ईन्द्रबहादुर लामिछाने, कृष्णप्रसाद गैरे, सिता सापकोटा, दिलबहादुर घर्ति, भुमिकला नाउसा, लिलामाया बिक, कमला बिक र जितमाया सापकोटा रहेका छन् । भेलाबाट गठित समितिको पहिलो बैठकले साउन २८ गते प्रारम्भिक योजना बनाई सार्वजनिक गर्ने र त्यसलगतै काम अगाडि बढाउने समितिका अध्यक्ष पुर्णबहादुर थापाले जानकारी दिए । कार्यक्रममा डम्बर थापा, सञ्जय कुमार श्रेष्ठ, पुरन थापा लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम ताराखोला गाउँपालिकाका प्रमुख प्रकाश घर्तिको अध्यक्षता, गाउँपालिका सदस्य तेजुमाया भण्डारी परियारले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।