बागलुङ, २६ साउन-कांग्रेसले बानपा–९ तित्याङमा क्रियाशिल सदस्यहरुको भेला मंगलवार सम्पन्न गरेको छ । भेलाले पार्टी भित्रको गुट उपगुटको संस्कृति अन्त्य गर्नका लागि नेताहरुलाई आग्रह गरेका छन् । स्थानीय तहको निर्वाचनमा भएको घात र अन्र्तघातले पार्टीका उमेदवारहरु हारेको आरोप सहभागिले लगाएका थिए । गत निर्वाचनबाट पाठ सिकेर एकताबद्द भएर प्रदेश र संघिय निर्वाचनमा जानुपर्ने उनीहरुले सुझाव पनि दिएको तित्याङका सभापति राजु थापाले बताए । कार्यक्रममा कांग्रेस पूर्व सचिव ओमकार थापा,जिल्ला सदस्य ज्ञानु श्रीष, वडा नं. १० का सभापति भोजराज शर्मा, भूपूसैनिक संघका सदस्य चक्रबहादुर खड्का, किसान संघका अध्यक्ष भीमबहादुर खत्री, खुमबहादुर खत्री, भीमाकुमारी खड्का, राजु थापा, बद्रीप्रसाद पौडेल र ओमप्रकाश पौडेलले पनि बोलेका थिए ।