पर्वत, २६ साउन-नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन पर्वतको मोदी गाउँपालिका कमिटी गठन भएको छ । मंगलवार सम्पन्न मोदी गाउँपालिका स्तरीय उद्योगी ब्यपारीको भेलाले कृष्णबहादुर सुबेदीको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरेको हो । कमिटिको उपाध्यक्षमा टंक चापागाई, सचिबमा गोबिन्दबहादुर केसी र कोषाध्यक्षमा मिनाकुमारी उपाध्याय रहेका छन् । त्यसैगरी सदस्यहरुमा बमबहादुर पौडेल, टिकाराम तिमिल्सिना, सेती पौडेल, लोकबहादुर क्षेत्री, गोबिन्द सुबेदी, श्याम केसी, गमुकुमारी शाही हमाल रहेका छन्भने २ सदस्य कार्यसमितिले पछि थप गर्ने बताईएको छ । भेलाले ६ सदस्यीय सल्लाहकार समिति पनि चयन भएको छ । जसमा गंगा तिमिल्सिना, मनबहादुर पौडेल, भिमप्रसाद चापागाई, गौरस पुन, टिकाबहादुर सुबेदी र गणेशबहादुर लामीछाने रहेका छन् । भेलालाई सम्वोधन गर्दै राष्ट्रिय उद्योग व्यापार संगठन प्रदेश नं ४ का संयोजक गोपी अधिकारीले उद्योगी, व्यावासायीहरु आफ्नो व्यावसायिक सुरक्षा र आफ्ना हक अधिकार सुनिश्चित गर्नका लागि एकजुट हुनुपर्ने बेला आएको बताए । उनले व्यावसायीहरुले पनि मर्यादित रुपमा व्यावसाय गर्न पाउनुपर्ने बताउँदै राज्यले विभिन्न बहानामा उद्योगी व्यावासायिलाई दिने दुःखको अन्त्य हुनुपर्नेमा जोड दिए । कार्यक्रममा माओवादी नेता मनबहादुर पौडेल, भिमप्रसाद चापागाई लगायतले पनि बोलेका थिए । संगठनका जिल्ला अध्यक्ष गणेश लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत गंगा तिमिल्सिना र संचालन जिल्ला सचिब खड्गप्रसाद खनालले गरेका थिए ।