बागलुङ, २५ साउन – गत साता पहिरोमा परेर ज्यान गुमाएका निसीखोला–१ र २ का पिडितलाई जिल्ला प्रशासन कार्यालयले १ लाख रुपैयाँको दरले राहत सहयोग गरेको छ । जिल्ला दैविप्रकोप उद्धार समितिको तर्फबाट उक्त सहयोग गरिएको हो । अघिल्लो बर्ष सम्म यस्ता पिडितलाई समितिले ४० हजार रुपैयाँ मात्र दिने गरेकोमा यो बर्ष देखि बढेर १ लाख पुगेको हो । घर भत्केका परिवारलाई पनि उक्त समयमा १० हजार रुपैयाँको दरले सहयोग गरिएको हो । साउन २० गते गएको पहिरोले निसीखोला २ का मनबहादुर छन्त्यालको श्रीमती नन्दकली, छोरी गिता, बुहारी बिन्दु र आफन्त सिताको मृत्यु भएको थियो । त्यस्तै वडा नं। १ हुल्दीमा पनि पहिरोले खगिसरा सिंजालीको मृत्यु भएको थियो । प्रहरी मुचुल्काको आधारमा निसीखोला २ का भुपाल छन्त्याल, प्रेम विक, वडा नं। ३ का भद्रे कामी र जुना कामीको परिवारलाई पनि १० हजार रुपैयाँका दरले राहत दिइएको हो । उक्त अवसरमा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, एकीकृत सेवा केन्द्र बुर्तिवाङका प्रमुख जनक थापा, प्रहरी सहायक निरिक्षक नारायण शर्मा, वडा अध्यक्षहरु इन्द्रबहादुर मल्ल, कुविर विक र जुन विक्रम शाहीले उपस्थितिमा राहत वितरण गरिएको हो ।
Previous Articleक्याम्पसलाई सहयोग गर्ने नगरप्रमुखको प्रतिवद्वता
Next Article गल्कोट ताराखोला जोड्ने पुल मर्मत