बागलुङ, २४ साउन – जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर–४ तंग्रामका २४ बर्षिया बिष्णु श्रीस पुनको उपचारमा सहयोग पु¥याउनको लागि दी साइनिङ डान्स ग्रुप बागलुङले आर्थिक संकलन अभियान सुरु गरेको छ । लुपस रोगबाट प्रताडित बनेर जिवन मरणको दोसाँधमा पुगेकी पुनको उचारमा सहयोग गर्नको लागि आईतबारदेखि बागलुङका चोकचोकमा नृत्य प्रस्तुत गरेर आर्थिक संकलन गर्न लागिएको डान्स हलका संचालक कृष्ण संयोगले बताए । डान्स ग्रुपले आईतबार लोकतान्त्रीक चोकमा र सोमबार जिपपार्कमा नृत्य प्रस्तुत गरेर सहयोग संकलन गरेको छ । परिवारले उपचार खर्च पु¥याउन नसक्ने अवस्था सिर्जना भएपछि आफन्त शुभेच्छुकको पहलमा गठन गरिएको बिष्णु श्रीस पुन उपचार सहयोग समितिको सहकार्यमा अभियान सुरु गरिएको दी साइनिङ डान्सहलका संचालन संयोगले बताए । श्रीसको अहिले ग्राण्डि अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ । उपचारका लागि अझै ३२ लाख भन्दा बढी खर्च लाग्ने अस्पताल स्रोतले जनाएको बताईएको छ ।
पहिरो पीडितलाई राहत
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर १ र २ मा गत साउन २० गते पहिरोका कारण ज्यान गुमाएका परिवारका सदस्य जनही १ लाखका दर र पुर्ण रुपमा घर भत्किएका परिवारका सदस्यलाई १० हजारका दरले जिल्ला प्रसाशन कार्यालय बागलुङबाट प्राप्त भएको राहत सोमबार मृतक परिवारका सदस्यलाई हस्तान्तरण गरिएको छ । निसीखोला गाउपालिका वडा नँ २ मा पहिरोका कारण मृत्यु भएका मनीमान छन्त्यालको श्रीमती नन्दकली छन्त्याल छोरी गिता छन्त्याल र बुहारी बिन्दु छन्त्यालको आफन्त सिता छन्तयाललाई प्रति सदस्य१ लाख रुपैयाका दरले ४ लाख र १० घर पुर्ण क्षति भएका परिवारलाई १० हजारको दरले बितरण गरिएको छ । त्यस्तै वडा नँ १ हुल्दीमा मृतक खगिसरा सिँजालीको परिवारमा नाती गिर बहादुर सिँजालीलाई नगद १ लाख र घर घर पुर्ण क्षेति भएबापत १० हजार गरी १ लाख १० हजार हस्तान्तरण गरिएको छ । त्यस्तै मुचुल्काका आधारमा निसीखोला गाउपालिका वडा नमबर २ का भुपाल छन्त्याल, प्रेम बिक र वडा नमबर ३ का भद्रे कामी र जुना कामीको परिवारलाई १०म् १० हजार रुपैयाका दरले राहत हस्तान्तरण गरिएको छ । बितरण गरीएको राहत कार्यक्रममा निसीखोला गाँउपालीका अध्यक्ष तारानाथ पौडेल, एकृकीत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, प्रहरी सहायक निरीक्षक नारायण शर्मा निसीखोला गाउपालिका वडा नम्बर १ का अध्यक्ष ईन्द्रबहादुर मल्ल २ का अध्यक्ष कुविर बिक ३ का अध्यक्ष जुनबिक्रम साहि लगाएतको सहभागितामा राहत रकम हस्तान्तरण गरिएको हो ।
Previous Articleपार्थिवले लाशको मर्म बुझ्दैन
Next Article दुई निर्वाचन क्षेत्र कायम गर्न आग्रह