हाम्रो समाजमा धेरै बालबालिकाहरु पारिवारिक वातावरण र घरको आर्थिक अवस्थाका कारण बेसहारा बन्दै गएका छन् । अहिले पनि बागलुङ नगरका सडकपेटीमा उनीहरुले दिन र रात गुजार्न विवश छन् । यस्ता बेसहारा बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकाय नभएका पनि होइनन् । तर, ति संस्थाहरुको बेवास्ताको कारण उनीहरुले सडकपेटीलाई आफ्नो संसार बनाएर रमाउन विवश छन् । यस्ता बालबालिकालाई समाजमा स्थापित गर्नु हामी सबैको दायित्व हो । तर, हामी हाम्रो दायित्वबाट बिमुख बनिरहेका छौ । हामीलाई केवल आफ्नो हिट कसरी हुन्छ भन्ने मात्रै चिन्ता छ । यसले केवल हामीलाई मात्रै होइन हाम्रो समाजको विकासमा समेत अवरोध सिर्जना गरेको हुन्छ । परिवारबाट अपहेलित भएर बेसहारा बनेका बालबालिकाहरु विस्तारै कुलतमा फसिरहेको प्रत्यक्ष देखिरहेका छौ । उनीहरुको आनीबानी प्रति पनि अभ्यस्त भईसकेका छौ । तर, उनीहरुलाई सही मार्गमा ल्याउनको लागि कुनै पहल गर्न सकेका छैनौ । सडकपेटीमा बेसहारा जिन्दगी बिताईरहेका बालबालिकाहरुको भविष्यबारे हामीले केवल होटलमा सेमीनार चलाएका छौ । वास्तविकतामा भने काम गरेर देखाउन सकेका छैनौ ।
हाम्रो समाजमा यस्ता पनि संघ संस्था छन् जसले बेसहारा बालबालिकाको क्षेत्रमा काम गरेर उदाहरण पेश गरेका छन् । त्यस्ता संस्थाहरुलाई सहयोग र हातमालो गर्नु हामी सबैको दायित्व हो । मालिका सेवा समाजको सक्रियतामा बानपा–५ मालिकाका दुई बेसहारा बालबालिकाले निशुल्क रुपमा आवासिय शिक्षा पाउने भएको खबर हिजो मात्र आएको छ । जुन निकै नै सह्रानिय छ । मालिका सेवा समाज र न्यू ओयसिस एकेडमीले मालिकाका बेसहारा बालबालिका सिमा शर्मा र संयोग शर्मालाई निशुल्क रुपमा आवासिय सुविधासहित कक्षा नर्सरी देखि १० कक्षा सम्म निशुल्क पढाउने व्यवस्था गरेको हुन् । सामाजिक सञ्जालमार्फत मालिका सेवा समाजले दिर्घकालिन शैक्षिक अक्षयकोष स्थापना गरि बालबालिकालाई आवासिय सहितको निशुल्क शिक्षा दिने बताईएको छ । गत असार १ गते सर्पको टोकाइबाट आमा रिता शर्माको निधन भएपछि सामान्य परिवारका सिमा र संयोग बेसहारा बनेका थिए । उनीहरुका बुबा गोन्दि शर्मा रोजगारीको लागि खाडि मुलुक छन् ।
मालिका सेवा समाजले बालबालिका पढाऔं अभियान शुभारम्भ गरेको छ । यो अभियानमा हातमालो गर्दै अगाडि बढ्ने सरकारी निकाय र नागरिक समाजको पनि उत्तिकै जिम्मेवारी छ । यो अभियानमा हामी सबैले साथ दिनुपर्छ । हाम्रो समाजमा पढ्न नपाएका धेरै बालबालिकाहरु छन् । बेसहारालाई शिक्षाको उज्यालो दिन हामीले हाम्रो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ । सिमा र संयोग मात्रै होइन बागलुङ नगरका सडकमा बेसहारा जीवन बिताईरहेका बालबालिकालाई विद्यालयसम्म ल्याउनु पर्छ । मालिका सेवा समाजले स्थापन गरेको अक्षयकोषमा स्वदेश तथा विदेशमा रहेका सामाजिक व्यत्तित्वहरुबाट ८ लाखभन्दा वढि रकम जम्मा भइसकेको जनाईको छ । यो कोषमा सक्दो रकम सहयोग गरेमात्रै धेरै बालबालिकाहरुले विद्यालयको मुख देख्न पाउने छन् । बालबालिका भनेका देशका कर्णधार हुन् । उनीहरुको संरक्षण गर्नु हामी सबैको दायित्व हो । यसबाट हामी पछि हट्नु पहुँदैन ।
Previous Articleमतदाता नामावलीमा नाम दर्ता गराउने बढे
Next Article पार्थिवले लाशको मर्म बुझ्दैन