प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै न कुनै समयमा वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो । अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई शीघ्रस्खलन मान्न थालिएको छ । यस्तो स्थितिमा यौनसम्पर्कबाट प्राप्त हुने सुख नपाइने कुरा सत्य नै हो । यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको मानिन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुन सक्छ । आफ्नो यौनजोडीलाई सन्तुष्ट तुल्याउन सक्दिनँ कि भन्ने चिन्ताले समस्यालाई अझ बढाउँछ । आक्कलझुक्कल शीघ्र स्लखित हुनु अस्वाभाविक होइन, त्यसैले यस्तो स्थितिमा खासै अनावश्यक चिन्ता गर्नु पर्दैन । धेरै चिन्ता गर्दा समस्या थप बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै पनि समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैंले अवलम्बन गर्न सकिने केही उपाय छन् ।
स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर केही बेर यौन क्रीडा रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने । पुरुष माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि शीघ्र स्खलन कम गर्न मद्दत मिल्छ । कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो स्थितिमा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले फाइदा पु¥याउँछ । पिसाब आउँदा रोक्न प्रयोग हुने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा मिल्छ । अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन्, जसले शीघ्र स्खलनलाई कम गर्न मद्दत पु¥याउँछन् । अभ्यस्त हुन निकै लामो समय लाग्ने भएपनि वीर्य स्खलन नियन्त्रणको अभ्यास पनि अर्को राम्रो उपाय हो ।
कन्डम प्रयोग नगरी गर्भ रोक्ने उपायः पुरुषले यौन सम्पर्कका बेलामा लिङ्गमा लगाउने कन्डम प्रयोग नगरी गर्भ रहन नदिने अन्य कतिपय प्रभावकारी उपाय छन् । खाने चक्की (पिल्स)ः हार्माेनयुक्त यी चक्की महिलाहरूले नबिराई दिनहुँ खाएर गर्भधिरोध गर्न सकिन्छ । यो चक्की दिनहुँ खाए महिलाको डिम्बाशयमा डिम्ब उत्पन्न हुँदैन र गर्भ पनि रहँदैन । यो चक्की खान बन्द गरे अर्को मासिक चक्रमै गर्भ रहने सम्भावना हुन्छ । तीनमहिने सुई (डिपो)ः डिपोप्रोभेरा सुईद्वारा दिइने हार्मोनयुक्त गर्भ निरोधको साधन हो । यसमा mभमचयहथउचयनभकतभचयलभ नामको औषधी हुन्छ । यो सुईले एकपल्ट दिएपछि तीन महिनासम्म काम गर्छ । यो सुईले महिलाको डिम्बाशयमा डिम्ब उत्पन्न हुँदैन र गर्भ पनि रहँदैन । सुई प्रयोग गर्न छाडे अन्य विधिको तुलनामा यस्तै चार महिनासम्म गर्भ रहन ढिलो हुनसक्छ । आईयूसीडी (कपर–टी)ः यो पनि महिलाले नै प्रयोग गर्ने साधन हो । यसलाई पाठेघरमा राखिन्छ । यो तामाबाट बनेको हुन्छ । यसले विशेष गरेर पाठेघरको भित्री वातावरणलाई परिवर्तन गर्छ । डिम्ब र शुक्रकीटको मिलन हुन तथा डिम्बलाई पाठेघरमा बस्न असहज बनाएर गर्भ रहनबाट जोगाउँछ । एकपल्ट राखेपछि यसले १२ वर्षसम्म काम गर्छ । यसमा हार्मोन नहुने भएकाले महिलाको मासिक चक्रमा प्रभाव पर्दैन भने यसलाई निकालेपछि अर्को मासिक चक्रमै गर्भ रहन सक्छ । इम्लान्टः हार्मोनयुक्त यो साधन पनि महिलाहरूले नै प्रयोग गर्नुपर्छ । सलाईको काँटीजस्तो तर केही लामै स–साना दुईवटा सिन्का महिलाको पाखुराको छालामुनि राखिन्छ । एकपल्ट राखेपछि यसले पाँच वर्षसम्म काम गर्छ । यसले डिम्ब उत्पन्न हुन नदिई तथा शुक्रकीट पाठेघरभित्र पस्न नदिई गर्भ रहनबाट रोक्छ । इम्लान्ट निकालेपछि केही महिनामै महिनावारी फर्कन्छ र गर्भ रहन सक्छ । क्यालेन्डर विधिको उपयोग गर्न महिला (दम्पती) ले आफ्नो महिनावारीका दिनहरूमध्ये कुन दिनहरूमा सम्भोग गरेमा गर्भ रहन्छ र कुन दिनहरूमा सम्भोग गरे गर्भ रहँदैन भन्ने कुरा थाहा पाउनुपर्छ । यसका लागि गर्भ रहने दिनहरू कहिले सुरु हुन्छ र कहिले सकिन्छ थाहा पाउन सिक्नुपर्छ । लिङ्ग–योनि मैथुन गरिरहेका जोडीले वीर्य स्खलन हुन लागेको जस्तो भएपछि पुरुषले आफ्नो लिङ्गलाई योनिबाट बाहिर झिकेर योनिक्षेत्रभन्दा बाहिर वीर्यको स्खलन गराउने विधिलाई बाह्य स्खलन विधि भनिन्छ, तर यसको प्रयोगमा अभ्यस्त नहुँदा गर्भ रहने जोखिम बढी हुन्छ । तपाईंलाई थाहै होला, स्थायी वन्ध्याकरण गराउँदा पनि कन्डम प्रयोग गर्नुपर्ने आवश्यकता रहँदैन ।
उपयुक्त गर्भनिरोधको छनौटः गर्भ निरोधको छनौटका सन्दर्भमा पनि स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गरिन्छ । वास्तवमा गर्भभिरोधको छनौट प्रयोग गर्ने व्यक्तिले गर्नुपर्छ । परामर्श लिएर सबै साधनका बारेमा जानकारी लिई आफूलाई उपयुक्त हुने किसिमको साधन छान्नुपर्छ । स्वास्थ्यकर्मी वा चिकित्सकले तथ्यपरक जानकारी उपलब्ध गराए तपाईंलाई त्यसको छनौट गर्न सहयोग गर्छन् । –साप्ताहिकबाट