बागलुङ, २० साउन – धौलागिरी बहुमुखी क्याम्पसमा साउन ११ गते सम्पन्न त्रि.वि.कर्मचारी संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बिहिवार पदस्थापना गराइएको छ । त्रिभुवन विश्वविद्यालय अन्र्तगतको साझा संगठनको रुपमा रहेको कर्मचारी संघका नवनिर्वाचित पदाधिकारीलाई बधाइ दिदै क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले क्याम्पसको संर्वागिण विकासको लागी सम्पूर्ण पक्ष एक भएर लाग्नुपर्ने बताए । अञ्चलको मात्र नभएर यस क्षेत्रकै नमुना क्याम्पसको रुपमा विकास गर्नका लागी प्रध्यापक, कर्मचारी र विद्यार्थीहरुको त्रिपक्षीय सहकार्य अनिवार्य रहेको बताए । कार्यक्रममा त्रि.वि.कर्मचारी संघका केन्द्रिय उपाध्याक्ष गुरुप्रसाद कडेल, सहायक क्याम्पस प्रमुख धुव्रराज गौतम, ओमप्रसाद शर्मा, तिलकप्रसाद कंडेल, हरि प्रसाद पाण्डेय, त्रि.वि. प्रध्यापक संघका सभापति डिल्लीराज गौतम, क्याम्पसका प्रशासन शाखाका प्रमुख नारायणप्रसाद सापकोटा, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष मन वहादुर थापा(मनिष), प्रगतिशिल कर्मचारी संघका केन्द्रिय सचिव अम्विका रेग्मी, क्षेत्रिय उपाध्यक्ष कल्पना रेग्मी, प्रजातन्त्रवादी प्रध्यापक संघका सभापति सुभाष आचार्य लगायतले कार्यक्रममा आफ्नो भनाई राखेका थिए । कार्यक्रमा नवनिर्वाचित कर्मचारी संघका सभापति शिवप्रसाद उपाध्यायले क्यामपसको विकासका लागी सम्पूर्ण कर्मचारी र अन्य पक्षसंग सहकार्य गर्ने बताए । संघले क्याम्पसमा कार्यरत कर्मचारीको हक हित र अधिकारसंग आफ्नो भुमिका समेत प्रस्तुत गर्दै आएकोले यसको प्रभावकारीतालाई वढाउन थप सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । त्रि.वि. कर्मचारीसंघका अध्यक्ष डोलेन्द्र शर्माको अध्यक्षता, उपसभापति शिवप्रसाद उपाध्ययको स्वागत र सचिव भुपाल चालिसेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।