काठमाडौं, १७ साउन – कोरियाली प्रायद्वीपले यसअघि पनि युद्ध झेलिसकेको छ । सन् १९५० मा उत्तर कोरियाका वर्तमान सुप्रिम नेता किम जोङ उनका हजुरबुवा किम इल सुङले दक्षिण कोरियामाथि हमला गर्ने निर्णय गरेका थिए । अमेरिकाले यस युद्धमा मध्यस्थता गर्ने प्रयास गरेको थियो ता कि युद्ध रोक्न सकियोस् । तनाव तीन वर्षसम्म जारी रहृयो र दुवै तर्फबाट ठूलो जन–धनको क्षति पुग्यो । ६० वर्षपछि अहिले यस प्रायद्वीपमा पुनः एक अलग प्रकारको तनाव देखिएको छ । आफ्नो परमाणु परीक्षणबाट किम जोङ उनले अन्तराष्ट्रिय समुदायलाई चुनौती दिइरहेका छन् । यसै महिनाको सुरुवातमा उत्तर कोरियाले इन्टरकन्टिनेन्टल ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गर्रुयो र दाबी ग¥यो कि क्षेप्यास्त्रले अमेरिकाको अलास्कासम्म हमला गर्न सक्छ । तत्कालै अमेरिकी बिदेशमन्त्रीले यसबारेमा बिज्ञप्ति जारी गरी परीक्षणको भत्र्सना गर्दै भने, ‘यस क्षेप्यास्त्र परीक्षण पछि अमेरिका, हाम्रा सहयोगी र संसारका लागि खतरा थपिएको छ ।’ केहि बिशेषज्ञहरुको मान्यता यो छ कि तीन वर्षभित्र उत्तर कोरियाले यस्तो क्षेप्यास्त्र बनाउनेछ जसले लस एञ्जलस शहरसम्म आक्रमण गर्न सक्षम हुनेछ । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चेतावनी दिएका छन् कि तनाव जारी रहँदा उत्तर कोरियासँग एक ठूलो ‘संघर्ष’को सम्भावना छ । यदि यस प्रायद्वीपमा जारी तनाव बढिराख्यो भने के होला ? खासगरी विश्वका ठूला परमाणु शक्तिहरुको ध्यान पनि यसै प्रायद्वीपमा छ ।
उत्तर कोरियाको पहिलो युद्ध
सन १९५० मा कोरिया युद्ध सुरु भएको थियो । त्यस समयमा अहिलेका महाशक्ति अमेरिका र सोभियत संघ, दोस्रो विश्वयुद्धपछि आफ्नै मुलुकको पुर्नगठनमा लागेका थिए । प्रायद्वीपको उत्तरी क्षेत्रमा सोभियत संघले कब्जा गरिराखेको थियो भने अमेरिकाले दक्षिणी क्षेत्रमा सैन्य सहयोग गरिरहेको थियो । जुन २५ मा सोभियत संघ र चीनको समर्थन लिएर उत्तर कोरियाले दक्षिणमाथि धावा बोल्यो । अमेरिकाले ‘कम्युनिष्ट’को हमलालाई सामना गर्न दक्षिण कोरियामा सेना पठायो । अमेरिकाको सहयोगमा दक्षिण कोरियाको राजधानी सियोल दुई महिनाभित्रै स्वतन्त्र पनि गराइएको थियो । तर, प्रायद्वीपलाई एउटै बनाउनका लागि आफ्नो सेना उत्तर पठाउने अमेरिकाको निर्णयमा चीनले कडा बिरोध ग¥यो । सबै पक्ष एटम बम र परमाणु बमका कुरा गर्न थाले । तुरुन्तै कोरिया प्रायद्वीपलाई एक गर्नका लागि तेस्रो विश्व युद्धसम्मका कुराहरु हुन थाले । तीन वर्षपछि तनाव केही शान्त भयो, तर कुनै शान्ति सम्झौता भएन । अमेरिकी जाँच एजेन्सी सीआईएमा कोरियाली मामलाकी जानकार सू टेरी भन्छिन्, ‘लाखौं कोरियाली नागरिक मारिए, करीव एक लाख बच्चा अनाथ भएभने करोडौं मानिस बिस्थापित हुन पुगे ।’ उनी भन्छिन्, ‘प्योङयाङ पूरै ध्वस्त भएको थियो, त्यहाँ एउटै भवन पनि थिएन जो सग्लो होस् ।’ २७ जुलाई १९५३ मा दुवै पक्ष अस्थायी रुपमा युद्धबिरामको सहमतिमा हस्ताक्षर गर्न सहमत भए । तर भनिन्छ कि ६४ वर्षपछि पनि दुवै मुलुकबीच जहिले पनि युद्ध हुनसक्ने अवस्था छ । यस इलाकामा शत्रुता बढिरहेको छ । उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको बैमनश्यता बढिरहेको छ । कुनै पक्षले सचेतता नअपनाउने होभने कुनैपनि बेला युद्ध हुनसक्छ । कोरिया विश्वमा तेस्रो धेरै सेना भएको मुलुक हो ।
क्षति कल्पना भन्दा बाहिर
जानकारहरुका अनुसार पहिलो केहि घण्टामा सयौंको संख्यामा क्षेप्यास्त्र छोडिन सक्छ र त्यसो हो भने सियोल पूरै ध्वस्त हुनसक्छ । केहि मिनेटमै मिसाइल उत्तर कोरियाबाट सियोल पुग्छ र त्यहाँ रहेका साढे दुई करोड मानिसलाई तत्काल सुरक्षित स्थानमा सार्न पनि असम्भव छ । युनिभर्सिटी अफ जर्ज टाउनमा सेन्टर फर सेक्योरिटी स्टडिजका विश्लेषक तथा अमेरिकी सेनाका कर्नेल भइसकेका डेभिड म्याक्सवेल भन्छन्, ‘अनुमानकै कुरा गरौं न, युद्ध भइहाल्यो भने पहिलो दिन नै ६४ हजारसम्म मानिस मारिन सक्छन्, जुन प्रकारको हानी हुन्छ, त्यसको हामी कल्पनै गर्न सक्दैनौं ।’ सन् १९५० को जस्तै उत्तर कोरिया चाहन्छ कि उ आफ्नो सेनालाई दक्षिणतर्फ पठाएर दक्षिण कोरियाको साथ सम्झौता गर्ने र कोरियाली प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा राख्ने । त्यतिबेला उत्तर चाहँदैनथ्यो कि अमेरिका दक्षिणको सहयोगका लागि आओस् । तर, अहिले समीकरण यस्तो बनेको छ कि दक्षिणलाई अलिकति केही भएको अमेरिका हेरेर बस्नै सक्दैन । एंगेलो स्टेट युनिभर्सिटीमा डिपार्टमेन्ट अफ स्टडिज सेक्योरिटी एण्ड क्रिमिनल जस्टिसका प्रोफेसर ब्रुस बेच्टोल भन्छन्, ‘अमेरिका दक्षिण कोरियालाई उत्तरमा कहिल्यै बिलय हुन दिँदैन ।’ पेन्टागनमा उत्तरपूर्वी एशिया मामलाका जानकार बेच्टोल भन्छन्, ‘युद्ध भयो भने पहिलो साता हाम्रा पाइलटहरुका लागि धेरै काम हुन्छ । हाम्रो पहिलो प्रयास यो हुन्छ कि हवाई क्षमताको पूर्ण प्रयोग गरी उत्तर कोरियालाई अगाडि बढ्नबाट रोक्नु र सँगसँगै धेरैभन्दा धेरै हतियारको खेप ओसार्नु । तर जसैजसै उत्तर कोरिया अमेरिका सेनाको दबावमा आउँछ, युद्ध अझै कडा हुनसक्छ र यो परमाणु युद्धमा परिणत हुनसक्छ । बेच्टोल भन्छन्, ‘यस युद्धमा परमाणु हतियार ‘वाइल्ड कार्ड’ जस्तो हुन्छ । तर यदि यसको प्रयोग भएन नै भने पनि यस क्षेत्रमा पारम्परिक युद्ध हुँदा अनुमान नै गर्न नसकिने क्षति हुनेछ ।’ उनी थप्छन्, ‘अन्दाज गर्नुपर्दा युद्धको पहिलो सातामा तीनदेखि चार लाख मानिसको मृत्यु हुनसक्छ । या बीस लाखभन्दा बढीको ।’ तर युद्ध यत्तिमै समाप्त हुनेछैन । अगाडिका युद्धहरुजस्तै यसपटक उत्तर कोरियाको सरकारलाई सत्तामा रहन दिँइदैन र यस युद्धले जबर्जस्ती रुपमा कोरियाली प्रायद्वीप एक बनाउने प्रयास हुनेछ । (बीबीसी हिन्दीबाट अनुवादित)
Previous Articleअधिकारीचौरमा किसान पाठशाला
Next Article जमीन खण्डीकरण गर्ने कार्य रोकौ