बागलुङ, १२ साउन- बागलुङका दुई जना फुटबल खेलाडी नेपाल अन्डर १८ छनौटको प्रशिक्षणमा सहभागि भएका छन् । दोस्रो साफ यू–१८ फुटबल च्याम्पियनसीपको लागि बोलाईएको बन्द प्रशिक्षणमा बागलुङका निशान थापा मगर र आशिष केसी पर्न सफल भएका हुन् । दोस्रोे ललित स्मृति यू १८ फुटबल प्रतियोगितामा सहभागिता जनाएका खेलाडीबाट ६४ जनालाई बन्द प्रशिक्षणमा बोलाईएको उक्त प्रशिक्षणमा पर्न सफल भएका हुन् ।
जिल्लामा अमर आदर्श स्पोर्टस क्लब र चिल्ड्रेन लाईफ स्पोर्टस क्लबबाट फुटबल खेल्दै आएका निशान थापा मगर र फ्युचर स्पोर्टस् क्लबबाट फुटबल खेल्दै आएका आशिष केसी पहिलो पटक ललित स्मृति प्रतियोगितामा फ्रेण्डस क्लबबाट खेलेका थिए ।
फ्रेण्डस क्लबलाई सेमिफाइनल सम्म पु¥याउन महत्वपूर्ण भुमिका खेलेका कप्तान निशान र डिफेण्डर आशिष नेपालको बन्द प्रशिक्षणमा पर्न सफल भएकोमा खुसी भएको बताएका छन् ।
अहिले ६४ जनालाई प्रशिक्षण दिईता पनि अब ५, ६ दिनमो ३० जना खेलाडी छनौट गरिने र पछि खेलको लागि २३ जना खेलाडी छनोट गरिने छ । दोस्रो साफ यू–१८ फुटबल च्याम्पियनसीपको समूह चरण अन्तर्गत डिफेन्डिङ च्याम्पियन नेपाली युवा टिमले माल्दिभ्स र श्रीलंकासँग खेल्ने छ ।
यस्तै यू–१८ मा छनौट हुने खेलाडीहरुले अक्टोबर ३१ देखि ९ नोभेम्बरसम्म हुने यू–१९ च्याम्पियनसिप छनौट प्रतियोगिता पनि खेल्नेछन् । किर्गिस्तानले आयोजना गर्ने समुह ए को उक्त छनोट खेलहरुमा नेपालले किर्गिस्तान, ओमान, युएई र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ ।
बागलुङका खेलाडीले यस अगाडी अन्डर १४ सम्म छनौट प्रशिक्षणमा सहभागिता जनाए पनि अन्डर १८ को बन्द प्रशिक्षणमा सहभागिता जनाएको पहिलो पटक हो ।
Previous Articleनेपाली क्रिकेटरले एक वर्षको तलब पाए
Next Article २०७४ साउन १३ गते शुक्रबारको राशिफल