बगलुङ, १२ साउन-बागलुङमा संचालित तीन दिने बाल न्याय प्रणाली सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको आयोजना, उच्च अदालत बागलुङ वार एसोसिएसनको संयोजनमा तालिम सम्पन्न भएको हो । तीन दिन सम्म संचालित उक्त तालिममा पर्वत र म्याग्दी जिल्लाका कानून व्यवसायी, पत्रकार, अधिकारकर्मी, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरीको महिला तथा बालबालिका हेर्ने सेलका प्रमुख समेत गरी ३० जनाको सहभागिता थियो । फौजदारी र देवानी मुद्धाको क्षेत्रमा कानून अनुसार कारवाही गरिने प्रकृयामा बालबालिकाले कसुर गरेको भेटिएमा उनीहरुलाई दिइने न्याय कस्तो हुनुपर्छ भन्ने बिषयमा तालिम केन्द्रीत भएको फाउन्डेसनका व्यवस्थापक सूर्यप्रसाद कंडेलले बताए । तालिममा काठमाण्डौ स्कुल अफ लका सहप्राध्यापक सुरज बस्नेत र प्लान ईन्टरनेशनलका प्रशिक्षक मिनराज पन्थीले सहजीकरण गरेका थिए । बालबालिकाले फौजदारी प्रकारका अपराध गरेपनि अन्जान र कसैको वहकाउमा लागेर गर्ने भएकोले उनीहरुको मुद्दालाई देवानी प्रकृतिबाट हेरिनुपर्नेमा कानून व्यवसायीलाई प्रशिक्षणा दिइएको हो । नेपालको बालबालिका सम्बन्धी कानून, बालबालिका सम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणा लगायतले पनि बालबालिकाको कसुरलाई बिज्याईको संज्ञा दिएको छ । बालबालिकाले गरेको बिज्याईलाई १४ बर्ष सम्मको भएमा कारवाही नगरी अभिभावकको जिम्मा लगाउने, नियमित विद्यालय जाने वातावरण मिलाउने काममा कानून व्यवसायीले सहजीकरण गर्नुपर्ने बस्नेतले बताए । उक्त अवसरमा बालबालिकाको मुद्दामा काम गर्दा अपनाउनुपर्ने कार्यविधिलाई छोटो बनाउनका लागि प्रहरी, सरकारी वकिल र न्यायाधिसले समेत छोटो प्रकृयाबाटै मुद्दा टुंगो लगाउने, सुधारका काम थाल्ने र बोलीचालीमा समेत सभ्यता प्रकट गर्नका लागि अपनाउन सकिने उपाया बारे कार्ययोजना निर्माण गरिएको थियो । सैद्धान्तिक सहित व्यवहारिक रुपमा समेत परिवर्तनको अनुभूति दिनका लागि सहभागिले बनाएको कार्ययोजना अनुसार सुधारका काम पनि गर्दै जाने सहभागिले प्रतिवद्धता समेत जनाएका छन् । प्रशिक्षार्थी