पर्वत, ८ साउन – रोटरी क्लव अफ पर्वतको आठौं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०१७÷१८ का लागि निर्वाचित कार्यसमितिको एक कार्यक्रम गरी पदस्थापन गरिएको हो । एक सफल युवा उद्यमी विप्लब हमाल नेतृत्वमा रहेको नयाँ कार्यसमितिको पदस्थापन गरिएको थियो । सो अवसरमा बोल्दै रोटरी क्लवका डिस्ट्रिक गभर्नर नोमिनी किरणलाल श्रेष्ठले रोटरी क्लवले सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउँदै आएको बताए । सामाजिक, आर्थिक, शैक्षिक र स्वास्थ्य क्षेत्रको विकासका लागि क्लवले नेपालमा धेरै कामहरु गरेको बताउँदै उनले स्वार्थ भन्दा माथि सेवा भन्ने भावनालाई आत्मसाथ गरी मानव सेवामा लाग्न रोटरीयनहरुलाई आग्रह गरेका छन् । कार्यक्रमममा क्लवका असिस्टेन्ट गर्भनर नारायण शर्मा, रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाई लगायतले रोटरीले नेपालमा गरेका कार्यहरु, रोटरीको उद्धेश्यका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा धन्यवाद मन्तव्य निवर्तमान अध्यक्ष गोपि अधिकारीले दिएका थिएभने संचालन सचिब उत्तम अधिकारीले गरेका थिए । वर्ष २०१७÷१८ का लागि निर्वाचित अध्यक्ष हमाल क्रसर उद्योगी हुन् । उनले लामो समयदेखि पर्वतका जलजला ८ लस्तीमा क्रशर उद्योग संचालन गर्दै आएका छन् । जिल्लाकै सफल उद्यमीको रुपमा परिचित हमालले रोटरी मार्फत सामाजिक क्षेत्रमा लागेका हुन् । उनले पर्वत जिल्लाभरी सामाजिक, शैक्षिक, स्वास्थ्य लगायत जुन ठाउँहरु पिछडिएका छन् ती ठाउँहरुमा क्लवमार्फत विभिन्न सेवाहरु पु¥याउने आफ्नो योजना रहेको बताए । आफुले उद्योग व्यावसायमार्फत गरेको आम्दानीको केहि हिस्सा समाज विकासको क्षेत्रमा खर्चिने पनि उनको सोच छ । समाज परिवर्तनका लागि रोटरी क्लवजस्ता सामाजिक संस्थाहरुको भूमिकानै महत्वपुर्ण रहन्छ उनले भने ‘आफ्नो एक वर्षको कार्यकाललाई फलदायी र नमुना बनाउन निरन्तर क्रियाशिल रहन्छु ।’ यसअघि पनि विभिन्न पदमा रहेर काम गरेका हमाल रोटरीको नेतृत्वमा आएपछि क्लबमा आवद्ध र बाहिरबाट पनि परिवर्तनको आशा व्यक्त गरिएको छ । पदस्थापन सँगै निवर्तमान भएका अध्यक्ष गणेश पौडेलले क्लवको कलर र माईन्युट हस्तान्तरण गरेका थिए । सोहि अवसरमा रोट¥याक्ट क्लव अफ पर्वतका पनि पदस्थापन भएको छ । रोट¥याक्टका अध्यक्ष आरसी पौडेलले नवनिर्वाचित अध्यक्ष मिलन पौडेललाई कार्यभार हस्तान्तरण गरेका थिए ।