बागलुङ, ६ साउन – चारतारे युवा क्लव (सिवाईसी) नेपालले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक नीति, कार्यक्रम तथा बजेट बिहिबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । संस्थाले देशका ६ जिल्लामा वित्तिय सुविधाको पहुँचबाट टाढा रहेका लक्षीत वर्गका लागि सञ्चालन गर्दै आईरहेको लघुवित्त कार्यक्रम अन्तर्गतको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिको अवसरमा आन्तरिक लेखा परिक्षक अधिकृत मुक्तिप्रसाद शर्माले वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत कार्यक्रम तथा बजेटमा कर्मचारी खर्च, कार्यालय सञ्चालन खर्च, वित्तिय खर्च, समुदायसंग सिवाईसी कार्यक्रम, तालिम गोष्ठि तथा क्षमता अभिबृद्धि कार्यक्रम, वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि, समयदान तथा समय व्यवस्थापन, सिप विकास तालिम लगाएतका कार्यक्रमका लागि ४ करोड ५२ लाख ३ हजार ३ सय २ रुपैया बजेट विनियोजन गरिएको छ । प्रस्तुत बजेटमा पिछडिएका जनताको आर्थिक अवस्थामा टेवा पु¥याउने, वित्तिय पहुँचभन्दा टाढा रहेका जनतालाई लघुकर्जाको माध्यमवाट सामुहिक जमानीका आधारमा कर्जा सुविधा प्रदान गरी आर्थिक क्रियाकलापमा संलग्न गराई बचत गर्ने बानीको विकास गर्ने, समुदायमा सिवाईसी कार्यक्रम अन्तर्गत संस्थाको कार्यक्षेत्र भित्रका प्रत्येक गाविसमा आकस्मिक कोष र मोटरबाटोको सुविधा नभएका गाविसमा स्टेचर सहयोग, समयदान तथा समय व्यवस्थापन कार्यक्रम अन्तर्गत समाजमा गुम्दै गैरहेको सामाजिक मूल्य मान्यता र असल परम्पराहरुको सम्वद्र्धन, संरक्षण र जगेर्ना गर्ने, कर्मचारीहरुको क्षतमा अभिवृद्धि तथा दक्ष कर्मचारीहरु उत्पादन गर्ने, सदस्यहरुलाई उद्यमशिलता विकास तालिमहरुको आयोजना, सामाजिक सुरक्षा तथा मानविय समवेदनामा सहयोग गर्ने लगाएतका विषयहरुलाई केन्द्रविन्दुमा राखिएको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराएका थिए । गरिब तथा पछाडि पारिएका लक्षित वर्गको जीवनयापनका लागि सुरुवात गरिएको लघुवित्त कार्यक्रममा पछिल्लो समयमा वित्तिय कारोबार मात्र गर्ने संस्थाले गर्दा समस्या सिर्जना भएकाले सिवाईसीले वित्तिय कारोवारका संगसंगै गैरवित्तिय सेवा सुविधाहरु समेत उपलब्ध गराई सदस्यहरुलाई उद्यमशिलतातर्फ डोहो¥याई आर्थिक तथा सामाजिक विकासमा वार्षिक नीति तथा कार्यक्रम लक्षित गरेकाले सोही अनुसार कार्यान्वयन गर्न शाखा कार्यालयलाई अध्यक्ष पौडेलले निर्देशन दिएका छन् । कार्यक्रममा संस्थाका संरक्षक पद्मनाथ शर्मा पौडेल र सल्लाहाकार देववहादुर श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए । जिल्लाको तित्याङमा स्थापना भएको संस्थाले हाल १९ वटा शाखा कार्यालयमार्फत देशका ६ जिल्ला र अप्रत्यक्ष रुपमा २५ जिल्लामा ३८ हजार लघुवित्त कार्यक्रमका सदस्यसंग काम गर्दै आईरहेको छ । संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका कार्यसमिति सदस्य सीता शर्मा र सञ्चालन प्रवन्धक संगीता शर्मा पौडेल र सहायक शाखा प्रवन्धक कृष्णा कँडेलले गरेका थिए ।
Previous Articleगाउँलेलाई बोइलर कुखुरा
Next Article निर्वाचन क्षेत्र निर्धारण आयोग गठन