दिल शिरीष
‘उठ, तिमि तिमी उठ, तिमी नउठे उठेकाहरु नै तिमीलाई कुल्चेर अघि बढ्न बाध्य हुनेछन् ।’
स्वामी विवेकानन्दले कुनै बेला उल्लेख गर्नुभएको यो उद्गारले आज पनि मानिसहरुलाई केही जागृत बनाउँछ । निदाएकाहरुलाई ब्युझाउन, ब्युझेकाहरुलाई उठाउन, उठेकाहरुलाई हिड्न, हिडेकाहरुलाई दौडन, दौडेकाहरुलाई नथाक्न प्रेरित गर्न यो वाक्य निकै शक्तिशाली बनेर हामी वीच उपस्थित छ । एउटै वाक्य हो, जसमा यति ठुलो शक्ति र सामथ्र्य छ । एउटै बाक्य हो, जसबाट शव्दहरुको÷लेखनीहरुको अर्थ र महत्व बुझ्न बुझाउन काफी छ । गहिरिएर सोच्यौ भने हाम्रो मन मश्तिष्कमा शव्दहरुले व्यवहारहरुमा उथलपुथल ल्याइदिने गरि ठुलो द्धन्द्ध बनाई दिन्छ । फेरी स्मरण गरौ ः मात्र यो बस् एक वाक्य मात्र हो ।
एउटा वाक्यले एक होइन, अनेक जिन्दगीलाई परिवर्तन गर्न सक्ने सामथ्र्य राख्छ भन्न यो उदाहरण काफी छ । यसै कारण साहित्य÷पत्रकारितालाई समाजको ऐना÷मार्गदर्शन भन्ने गरिएको होला । यसो भनिनुमा आख्यानका शंकरप्रसाद लामिछानेहरु, कविताका गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा र भूपी शेरचनहरु निश्चय पनि सदावहार सिर्जनाका नायक बनेर उभिएका छन् । जसको अंशहरुले पनि क्षणभरमा मनमा भूइचालो ल्याइदिने सामथ्र्य राख्दछन् । मनहरुको पहाडमा डोजर र स्काभेटर चलाइदिने क्षमता राख्दछन् । एक पटक यो कविताको अशं पढौ ।
यो हल्लै हल्लाको देश हो
कानमा इयरफोन लगाउनु पर्ने वहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन् ।
–भूपी शेरचन
मलाई याद छैन, यी कति समय अघि लेखिएका कविता हुन् । तर यी हरफ आजको समयमा पनि आजैका लागि लेखिए जस्तो÷हाम्रै लागि लेखिए जस्तो÷मेरै लागी लेखिए जस्तो सर्वत्र आभाष हुन्छ । यो कविता भोलीका दिनमा पनि यसैगरी सुनिनेछ÷सुनाइनेछ÷बहस गरिनेछ÷चर्चा गरिनेछ÷समिक्षा गरिनेछ । कारण यो कवितामा कति कति सन्देश छ, दम छ, अनी छ जीवन र जिवन्तता । म यो दृष्टान्त किन प्रस्तुत गरिरहेको छु भने साहित्यमा लेखिने एक वाक्य, कवितामा लेखिने एक हरफले पनि जीवनहरुमा धेरै ठुलो अर्थ राख्छ भन्ने बुझ्न र बुझाउन यी उदाहरण काफी हुन्छन् भन्ने मेरो इरादा हो ।
हो, आजकाल नेपाली साहित्य, धौलागिरी, बागलुङको साहित्य अलि बढी तरल र सतहमा देखिएको छ । अपवाद वाहेक उतिसाह्रो दम पाउदिन । यो मेरो अंहमता होइन, यसो हुनुमा म पनि धेरथोर जिम्मेवार हुन सक्छु । धेरैले भन्छन्–‘बजारमा आएको चर्चित पुस्तक पढेर मलाई निदाउन सघायो कारण पुस्तक पढ्न थाल्यो की अल्छी लागेर हाइ आउछ ।’ यो म कुनै आग्रह पुर्वागह्र विना भन्दैछु । पछिल्लो समय सतही साहित्यको उर्लदो भेलले साहित्य भनेको लेख्नु मात्र हो भन्ने मान्यता जर्वजस्ती स्थापित गर्न खोजिरहेछ । यो बुझाइले कोही आफुलाई लेखक र साहित्यकारका रुपमा परिचित गराइरहेछ र गराउन प्रयत्नशिल छ भने त्यो दुर्भाग्य मात्र हुनेछ । यस्तो लेखन उसको रहर र शोख मात्र हुनेछ । कुण्ठा व्यक्त गर्ने एक अस्त्र मात्र हुनेछ । त्यस्ता व्यक्तिहरु ठुलो भ्रमजालबाट आजै मुक्त हुदाँ साहित्य र पत्रकारिता दुवैका लागी पनि लाभदायक हुन्छ । कदापी लेखन साहित्य भनेको लेख्नु मात्र हुन सक्दैन । हुन त म लेखन÷साहित्यको फेहरिस्तमा व्यापक परिभाषा दिने सामथ्र्य र हैसियत राख्दिन तर एक पाठकका हिसावले जे जस्तो अपेक्षा गर्दछ, त्यो अपेक्षा उसको स्वभाविक आंकाक्षा र अधिकार भित्र पर्दछ भन्ने म ठान्दछु । एक लेखक÷सर्जकका हिसावले लेख्ने मान्छेले पाठकको अपेक्षा, चाहना÷आंकाक्षा÷सामयिक आवश्यकतालाई सम्वोधन गर्नु लेखकिय दायित्व भित्र पर्दछ । तर पछिल्लो समयमा युवा पुस्ताका लेखक सर्जक र पत्रकारहरु पनि आशत्ति÷आत्मरति÷आपसी प्रशंसामा बढी केन्द्रित हुन थालेको आरोप छ । देशव्यापी रुपमा हेर्दा साहित्यमा पनि राजनीति÷गुट÷उपगुट अनी आरोप प्रत्यारोपका श्रृखंलाले साहित्य लेखनको गरिमा, बिश्वसनियता र यस प्रतिको पाठकको दृष्टिकोणमा पनि ठुलो वदलाव आएको यथार्थतालाई हामीले स्वीकार्न जरुरी छ ।
भनिन्छ, ‘लेखे कथा बन्छ, नलेखे व्यथा बन्छ,’ यो भनाईले पनि साहित्यको आवश्यकता र मर्मलाई धेरै हद सम्म उजागर गरेको छ । गीत, गजल, कविता, मुक्तक, आख्यान भनेर लेखिएका सिर्जना र कृतिको कोरा कल्पना र कुण्ठाले पाठकहरुलाई बिचलित बनाउन थालेको छ । कतै बेला बखत आयोजना हुने कार्यक्रममा नयाँ सर्जकका पुराना सिर्जना सुन्ने सुनाउने पनि सर्जक साहित्यकारहरुको परम्परा जस्तो वन्न थालेको छ । साहित्य लेख्दिन तर सुन्न पढ्न मन पराउछु भनेर कार्यक्रममा गएकाहरु पनि फगत समय व्यतित गरेकोमा पछुतोपना व्यक्त गर्दै वाहिरिनु अर्को दुर्भाग्य हो । यो निश्चय पनि साहित्य र साहित्यमा समर्पित भएकाहरुका लागि सुखद बिषय हुँदै होइन । अर्को कुरा साहित्य भने वियोगमा पर्नेहरु लाग्ने र उनीहरुले कनिकुथी लेख्ने बिषय हो भन्ने भ्रमलाइ पनि अझै चिर्न बाँकी छ । त्यसका लागि युवा पुस्तामा वढ्दो निराशा, पलायन, विकृति रोक्न पनि सशक्त साहित्यले भुमिका खेल्न सक्छ । त्यसका लागि समसामयिक सिर्जनशिल रचनात्मक कार्यहरु गर्न जरुरी छ । तर यो कसले गरिदिने ? आजको पैसावाल समाजमा यो टड्कारो प्रश्न हामी बीच छ । जिन्दगीको हिसाव गर्नेहरु÷नाफा घाटा जोखना गर्नेहरु साहित्यका लायक हुँदैनन् । यसका लागी स्वयंसेवी तत्परता आवश्यक हुन्छ । समाज प्रतिको दायित्व सम्झिने विशाल हृदय हुनुपर्छ । साहित्यले जीवनलाई समृद्ध बनाउन सहयोग पु¥याउछ भन्ने बिश्वास हुनुपर्छ ।
अन्त्यमा, यस्तो भन्दै गर्दा मेरो लेखन क्षमतामा प्रश्न उठ्न सक्छ । म आफुले त्यस्तो सिर्जना गर्ने दम्भ र मनोरोगले ग्रस्त बनेर यो लेख लेखेको छैन । म चाहन्छु की लेख्न सक्ने कैयन सर्जकहरु यहाँ छन् । ती की ओझेलमा छन्, कि निरुत्साहित बनेर÷बनाएर पलायन भएका छन् की अल्छि गरिरहेका छन्, की पेशा रोजगारले फुर्सद पाएका छैनन् । तीनीहरुले अब फेरी लेख्नुपर्छ । यही अवस्थामा मौनता साँधेर रमिता हेरिरहन मिल्दैन । र लेखनमा कमजोर छ भन्ने महुशुस भएकाहरुले अलि बढी अध्ययन, साधना र सिर्जनामा थप मेहनत गर्नुपर्छ । साहित्य मार्फत समाजलाई सही दिशा तर्फ मार्गदर्शन गर्न प्रेरित गर्नुपर्छ । छिटो र धेरै प्रकाशन गर्ने चाहमा लाग्ने र सस्तो लोकप्रियतामा रमाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ । यि र यस्तो बिषयलाई अहिलेको युवा पुस्ता÷युवा सर्जक र पत्रकारहरुले बढी मनन गर्न सके साहित्य र पत्रकारिता समृद्ध हुनुका साथै यस प्रतिको आकर्षण, सम्मान, दृष्टिकोणमा सकरात्मक परिवर्तन आउन सक्छ । जसले समाजलाई पनि सोही अनुसार निर्दिष्ट गर्न सफल हुनेछ ।