कृष्ण प्रसाद शर्मा
चालिस लाख नेपाली बिदेशमा छन् । उता जोखिमयुक्त काम गर्ने सुचिमा नेपाली पर्दछन् भने यता जोखीमयुक्त सडक र एयरपोटका रुपमा हाम्रो देश दर्ज भएको छ । कोकाकोला बरु बिश्वका सबै कुनामा पुगेको छैन होला तर नेपाली कामदारका रुपमा पुगेकै छन् । देश कसरी चलेको छ त्यो सबैलाई थाहा छ । हाम्रो संसदिय समितिमा नेताहरूले गत बर्षको तुलनामा यो बर्ष रेमिटान्स घटेको कुरामा चिन्ता प्रकट गर्नु भएको समाचार पढेको थिए । अब पक्कै पनि थप नेपाली कामदार कसरी बिदेश पठाउने भन्ने रणनीति बन्दैछ होला तर अगिल्लो बर्ष भन्दा यो बर्ष बिमानस्थलमा आउने लासको संख्या किन बढे भन्ने चिन्ता र छलफल भने भएन । यतिमात्र होईन परिबन्धले बिदेशी भुमिमा जेल परेका करीब २५०० छन् तिनि बारे पनि छलफल भएन । अनाहकमा १० बर्ष सजाय काटेर भर्खर नेपाली फर्केकी न डोल्मा शेपा जस्ता बारे नै चर्चा भयो । यि सबै जोखिम केवल आफ्नो घर परिवार पाल्न नेपालीले उठाएका होईनन् कि यो राष्ट्रमा रहेका भीआईपी सर्वसाधारणले बुझ्नेगरी भन्दा उच्चपदस्थ अझै सामान्य भाषामा भन्दा ठुलाबढाका लागी उनिहरूको मनले आँटेको सबै पुयाककउनैका लागी समेत हो ।
हामी राजनैतिक समाचार प्रति खुव चनाखो हुन्छौ तर सामाजिक प्रति त्यति चासो दिंदैनौं । आखिर राजनीति गर्ने देखी उच्चपदस्थलाई पाल्न स्वदेशमा हुनेले तिरेको कर र बिदेशमा पुगेर बलिको बोको बनेका सबै नेपालीको श्रमबाट आर्जित रकमको यति विध्न दुरुपयोग भएको छ तर पनि हामी मौन छौ कि कि कोष उपयोग गर्ने हाम्रो कोही आफ्नै पार्टिका हुन भने कोही आफ्नै नातेदार । यही हाम्रो मौन स्विकृतिले उनिहरूको लागी थप बल पुगेकोछ । हामीले झट्ट बाहिरबाट हेर्दा देश नेताले मात्र लुटेरै सकियो कि जस्तो लाग्छ तर देश केवल नेताहरूले मात्र होईन कि सबै क्षेत्रका उच्चपदस्थले गर्दा डुबेको हो । कर्मचारी देखी सबै क्षेत्रमा हेरौं सकेको मिले सम्म सबैले लुटेका छन् । लुट्न खोज्नेलाई साथ पनि दिएका छन् । केही दिन अगाडी एउटा सहसचिव स्तरको कर्मचारीले गरेको घटाला अरबौको रहेछ जसको अंशियार अरु पनि रहेको हुँदा उनलाई समात्न हुने थिएन भनेर ठुल्ठुला नेताहरू समेत बोले । यसको अलवा हामीले धेरै कुरा पढेका र देखेका छौं जसमा हाम्रो रगत र पसिना जोडिएको छ ।
दुईचार दिन अगाडी मात्रै आर्थिक बर्षको अन्त्यमा खर्च हुन नसकेर फ्रीज हुन लागेको बजेट सक्न भनि १४४२ कर्मचारी गत दुई महिनामा बिदेश भ्रमण रहेको समाचार आएको थियो भने साँच्चै के हाम्रो बजेट यति धेरै छ कि फ्रीज नै भएर जान्छ । किन रमान्तर गर्न सकिंदैन । हुम्लामा हरेक बर्ष बालबालीकाहरु कुपोषणले मृत्य भएको खबर सुन्दछौ तर त्यहाँ पनि बजेट फ्रीज हुन्छ रे । जनता जसले समयमा कर तिर्छ, रेमिटान्स सरकारको बैधानिक च्यानल बाटै पठाउँदछ ती हरेक दिन गरीबका गरीब हुँदै छन् तर जसले त्यो पैसा उठाउँदछ उनीहर भने धनी बन्दै गएको छन् । यो लेख लेखी राख्दा हाम्रा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहल जी आफ्नो पत्नीको उपचारथकक थाईल्याड गएको समाचार आएको छ । उहाँले आफ्नो सम्पत्ति विवरणमा केवल एक कट्ठा जमीन र तीन तोला सुन देखाउनु भएको थियो । उहाँको विवरणले पक्कै पनि आफ्नो पैसाले उपचारको लागी लानु भएन होला । त्यस्तै केपी ओली, पुर्व राष्ट्रपति देखी ठुलाबढा सबै पालैपालो उपचारका लागी विदेश पुग्छन् । आजै मात्र निर्वाचन आयुक्तहरूलाई १४ करोडको गाडीको लागी खरीद प्रकृया अगाडी बढेको छ । यो सबै पैसा कसले बेहोर्छ ?
गगन थापाले स्वास्थ उपचारका लागी नेता एवं उच्च पदस्थलाई पन्ध्र लाख बनाउन खोजे पनि चोर बाटोबाट सुजता कोईरालालाई लाखौ उपलब्ध गराई छाडे बिमलेन्द्र निधिले । लाग्थ्यो सुजता कोईरालाले राज्यको रकम नलिएरै पनि उपचार गराउने हैसियत छ तर सोचको कुरा रहेछ । भीआईपीले गर्दा बाटोघाटोमा मात्रै समस्या होईन जीवनभर उनिहरूको लागी नै गरीबीकरण तिर उन्मुख छौं । सेना र प्रहरीका उच्चपदस्थको घरमा अर्दली राखेका १२०० कर्मचारी छन् भन्ने समाचार आएको थियो । आजकालको जमनामा यसरी घरायासी कामकाजका लागी भनेर लाखौं खर्चेर तयार पारेको सुरक्षाकर्मि राख्न मिल्छ त ? कार्यरत मात्र होईन अवकास भएको १० बर्ष भईसकेका सेना पुलिसका उच्चपदस्थका घरमा रहेका यि जवानहरूको आर्थिक भार कसले बेहोर्दछ साथै यो मानवीय कार्य पनि होईन ।
देशका ठुलाबढाले उपचार खचकक, आवास, यातायात देखी आफ्नो परिवार एवं नातागोताका लागी समेत घुमाउरो पाराले देशको कोषमा लुट मच्चाएका छन् । काठमाण्डौमा हिजै मात्र बालबालिकाहरू स्कुलबाट फर्किदैं गर्दा नालीमा परेर बगायोको दृश्य देखेका छौं भने एघार बर्षिय एक बालिकाको त मृत्यु समेत भयो । हार्दिक श्रद्धाञ्जली लेख्ने समय पनि छैन उच्चपदस्तलाई । हाम्रा सडक कति जोखिमपुर्ण छन् तर बजेट भने हामीले ठुलाबढाको खर्चमा सकेका छौं । काठमाण्डौमा महल र आफ्नै गाडी भएका उच्चपदस्थहरूले समेत राष्ट्रको सुविधा भनेर आँफु भाडामा बसेर सरकारले दिएको सुविधा आवास सुविधा र गाडी लिएका छन् । यो उच्चपदस्थको मनोमानीमा निरिह जनताले सहेकै छन् ।
पदमा छउन्जेल उनिहरूले सुविधा लिनु ठीक हो पद छोडे पछि पनि आज सम्म सुविधाको गाडी लिएर तरकारी किन्न जाने भीआईपीका कारण कति ठाउँमा सामान्य झाडापखलाबाट मृत्युभएको छ । एउटै देशमा एउटा नागरिक सामान्य जीवनजल र सिटामोल नपाएर मर्ने अर्कोले आजीवन राज्यको कोष उपयोग गरिरहने यो कस्तो न्याय हो । जनता कहिले सम्म गरीब भएरै धनीलाई पाली राख्ने । आउनुहोस् उच्च पदस्थका नाममा राज्यको कोष जसमा जनताको रगत र पसिना छ त्यसलाई लुट्ने छुट नदिऊ ।