बजेट सक्ने नाममा यसवर्षमा बागलुङ जिल्लामा पुर्वाधार निर्माणका कामले गति पाए । असार महिना बढी वर्षा हुने महिना पनि हो । पुर्वाधार निर्माण गर्दा वर्षाको बेवास्ता गरि धमाधम काम गरिएको छ । वर्षाले प्रभावित गर्दागर्दै पनि निर्माण गरिएका संरचनाहरु गुणस्तरहिन हुन नौलो कुरा हो । यद्यपी बजेट सक्ने नाममा यसवर्ष पनि पानीमा पैसा बगाउने काम भएको छ । सयम रहुन्जेल हात बाँधेर बस्ने र आर्थिक वर्षको अन्तमा मात्रै हतार–हतार विकास निर्माणका कामहरु गर्ने प्रवृत्तीले योजनाहरु प्रभावकारी र दिगो बन्न सकेका छैनन् । हरेक वर्षको असारमा गरिने संचरना केही पनि टिक्न सकेका छैनन् । बागलुङ बजारमा हरेक वर्ष सडक कालोपत्रे गरिएपनि ति संरचनाहरु केही महिना पनि टिक्न सकेका छैनन् । र, हरेक वर्ष त्यही सडकमा कालोपत्रे र नाली निर्माणको नाममा लाखौं रुपैयाँ पानीमा बगाउनु पर्ने अवस्था छ ।
सडक कालोपत्रे गर्नु पुर्व दुवैतिर व्यवस्थित नाली अनिवार्य रुपमा निर्माण गर्नुपर्छ । जसले गर्दा सडकमा गरिएको कालोपत्रे लामो समयसम्म टिक्ने गर्छ । बागलुङ बजारमा यस्ता कैयन सडक छन् जहाँ नाली निर्माण बिना झारा टार्ने तरिकाले कालोपत्रे गरिएको छ । यसको सम्बन्धि निकायले अनुगमन गरेको देखिदैन । सडकका दुवैतर्फ नाली निर्माण नगर्दा सडकमा बग्ने पानीले कालोपत्रे कटान गरिरहेको छ । आर्थिक वर्षको अन्तमा बजेट फ्रिज हुन नदिन हतार–हतारमा विकास निर्माणका कामहरु गर्ने प्रवृत्तीले योजनाहरु प्रभावकारी र दिगो बन्न नसकेको बताएका हुन् । योजना सञ्चालनका क्रममा झन्झटिलो प्रक्रियाका कारण हुने सास्ती, सडक निर्माणका क्रममा वातावरणीय पक्षलाई ध्यान नदिँदा निर्माण गरिएका पुर्वाधारर कमसल बनेका छन् । जुन दिगो हुँदैनन् । सरकारी कार्यालयबाट प्रवाह हुने विकास योजना सञ्चालनका क्रममा हुने समस्याको बारेमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । अर्काेतर्फ चैतमा योजना सम्झौता गरेपनि असारमा आएर काम गर्ने प्रवृती उपभोक्तामा पनि व्याप्त छ । यसले गर्दा पनि पुर्वाधार विकासमा वर्षेनी चुनौती देखिदै आएको छ ।
सरकारी निकायबाट सञ्चालित योजना तथा कार्यक्रम र दैनिक रुपमा प्रदान गरिने सेवा प्रवाहका बारेमा सेवाग्राहीलाई जानकारी गराउन सक्ने होभने पनि असारे विकास रोकिन सक्छ । सरकारी कार्यालयबाट प्रवाह हुने योजनाको बारेमा स्वयम् उपभोक्ता पनि सचेत हुन जरुरी छ । आफ्नो गाउँ ठाउँमा हुने विकास निर्माणको कामलाई दिगो बनाउनको लागि समयमै योजना सम्झौता गरी काम थाल्नु पर्छ । पुर्वाधार निर्माणमा प्रयोग हुने सामाग्रीमा पनि उपभोक्ताले ध्यान दिनुपर्छ । पैसा कमाउने नाममा ठेकेदारले कमसल सामाग्री प्रयोग गर्ने गरेको उदाहरण प्रशस्त छन् । त्यसैले उपभोक्ताले सम्बन्धित निकायलाई निरन्तर अनुगमन गराउन दबाब दिनुपर्छ । जबसम्म असारे विकास प्रवृत्तिलाई हटाउन सकिदैन तबसम्म पुर्वाधार विकासलाई दिगो र प्रभावकारी बनाउन सकिदैन । असारे विकासले केवल राज्यको ढुकुटी मात्रै काम गर्छ । उपलब्धी हासिल गर्न सकिदैन । त्यसैले असारे विकासलाई निरुत्साहित गर्नको लागि सबैले ध्यान दिनुपर्छ ।
Previous Articleआंशिक प्राध्यापकद्वारा क्याम्पसमा ताला
Next Article राष्ट्रपतिलाई १६ करोडको गाडी ! हल्ला र वास्तविकता