काठमाडौं, १ साउन– आफूले अघि सारेको आठ बुँदे माग पूरा गर्न असार ३१को अल्टिमेटम सरकारले गुजारेको भन्दै डा. गोविन्द केसीले अनसन बस्ने घोषणा गरेका छन् । माथेमा आयोगको प्रतिवेदन अनुसार आफूहरुले दिएको सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने उनको माग रहेको छ ।
डा. केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै साउन ९ गते अपराह्न ४ बजेबाट आफूले अनसन शुरु गर्ने बताएका हुन् । डा केसीले यसअघिको सहमति अनुसार आईओएमलाई थप स्वायत्तता दिनु पर्ने, आइओएम डीनको सिफरिस अनुसार सहायत डिन र क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने लगायतमा माग अघि सारेका छन् ।