बागलुङ, १ साउन-बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि ६९ करोड २३ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपमेयर सुरेन्द्र खडकाले सार्वजनिक गरेको बजेट अन्तर्गत नगर कार्यपालिका र वडा कार्यालय संचालन सेवा तथा अनुदानजमा ६ करोड १९ लाख, संस्थागत पूजी निर्माणमा ७५ लाख, नगरका मुख्य सडक स्तरोन्नतीमा १४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । सार्वजनिक बजेटमा सडक तर्फ १५ करोड ८९ लाख, खानेपानी आयोजना तर्फ एक करोड ७५ लाख, वडा नम्बर ४ को दावगह्मा बसपार्क निर्माणको लागि ४० लाख, भौतिक पूर्वधार तर्फ ५ करोड, वडा नम्बर १, २, ३ र ४ मा सहरी सडक तथा नाली निर्माणको लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै सहरी पूर्वाधार विकास तर्फ २६ करोड, आर्थिक सामाजिक विकास तर्फ रोजगारी प्रबर्धनका लागि २० लाख, कृषि हाट बजारको लागि १० लाख, गरिवसँग नगरपालिका कार्यक्रमको लागि २५ लाख, विपत व्यवस्थापनको लागि १० लाख, गरिवी न्युनिकरणको लागि ४६ लाख, लक्षित वर्ग मुल प्रवाहिकरण तर्फ ५० लाख, सडक बत्ति तर्फ एक करोड २५ लाख, युवा तथा खेलकुद विकास तर्फ एक करोड ६५ लाख विनियोजन गरिएको उपप्रमुख खडकाले जानकारी दिए । पञ्चकोट, भैरवस्थान, मालिका र रगवैकटेश्वर, निरयघाट क्षेत्र विकास कार्यक्रम तर्फ एक करोड, पर्यटन, पूर्वधार, पार्क, पोखरी, प्राकृतिक सौन्दर्यटता निर्माण संरक्षण तथा होमस्टे संचालन तर्फ ५० लाख, पर्यटन सूचना केन्द्र संचालनको लागि १० लाख, सवारी पार्किङ्ग स्थल निर्माणको लागि ३० लाख, पत्रकार महासंघको भवन निर्माण गर्न १० लाख, आर्थिक तथा सामाजिक विकास तर्फ ७ करोड ५१ लाख विनियोजन गरिएको छ । नगरपालिकाको पूजीँ निर्माण कार्यक्रम अन्तर्गत डोजर ट्रिपर खरिको लागि ५० लाख विनियोजन गरिएको छ । जनस्वास्थ्य तथा सरसफाई तर्फ ४० लाख, सामाजिक सुरक्षा भत्ता वितरणको लागि १० करोड, विषयतग शाखा कार्यक्रम संचालन गर्न २४ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरमा संचालित सवै प्रकारका योजना तथा कार्यक्रमको कार्यान्वय गर्दा पूर्वसम्भाव्यता अध्ययन, सम्झौता अनुगमन, सार्वजनिक परिक्षण र अनुगमन मूल्याङ्गकन गरी योजना कार्यान्वयन तथा अनुगमन प्रक्रियालाई प्रभावकारी बनाइने नगरप्रमुख जनकराज पौडेलले बताए ।
निसीखोलामा साढे २८ करोड र बडिगाडमा ३४ करोडको बार्षिक बजेट पेस
निसीखोला गाउँपालिकाले आज आफ्नो पहिलो गाउँसभाबाट आर्थिक बर्ष २०७४÷७५ को लागि बार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी कार्कीले प्रस्तुत गरेको बजेट वक्तव्यमा कुल २८ करोड ३५ लाख ४६ हजारको बार्षिक बजेट, नीति तथा कार्यक्रम पेश गरिएको थियो । जसअन्तरगत वित्तिय समानिकरणतर्फ रु १८ करोड ५१ लाख २२ हजार ५ सय, ससर्ततर्फ ९ करोड र चालुतर्फ २२ लाख २४ हजार ५०० विनियोजन गरिएको छ । त्यस्तै, पूँजिगतर्फ कुल बजेटको १८ करोड ८२ लाख ५ हजार र विकासतर्फ कुल बजेटको ११ करोड, ३४ लाख २१ हजार ५ सय विनियोजन गरिएको छ । त्यस्तै, भनव निर्माणको लागि १४ करोड, सिप विकास तथा सचेतनाको लागि ७ लाख, कृषि नर्सरीका लागि १ लाख ८६ हजार ५ सय, लक्षित समूहका लागि ५१ लाख ६० हजार, वालविकासको लागि २ लाख ७३ हजार, औषधि खरिदको लागि ३ लाख, संचार क्षेत्रको लागि ८ लाख ५० हजार, कृषि सडकका लागि ४२ लाख, वडा कार्यालयको मर्मतको लागि ७ लाख र इलाका प्रहरी कार्यालय भवनको लागि ४ लाख विनियोजन गरिएको छ । गाउँसभामा बोल्दै गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले गाउँपालिका सञ्चालनको लागि आवश्यक ५ वटा कानुन सम्बन्धि विद्येयक पनि पेस गरेका थिए । साथै उनले पारित गरिएको बजेटले समेट्ने योजनाहरुलाई स्थानीय बजेटबाटै संबोधन गरिने र बाँकी ठूला गुरुयोजनाहरुलाई सम्पन्न गर्नको लागि केन्द्रिय बजेटको माग गर्ने बताए । बजेटमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन विकास, कृषि आधुनिकीकरण तथा लक्षित बर्गको उत्थान गर्ने नीति तथा कार्यक्रम ल्याइएको छ । कार्यक्रममा गाउँकार्यपालिका सदस्य महेनद्रकुमारी घर्ति, वडा नं १ का अध्यक्ष इन्द्रबहादुर मल्ल, वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्मा, वडा नं. ३ का अध्यक्ष जुनविक्रम शाही तथा वडा नं. ३ का सदस्य नरबहादुर शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम गाउँपालिका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षता तथा कार्यकारी अधिकृत सञ्जय अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यसैगरी, बडीगाडखोला गाउँपालिकामा आज ३३ करोड ८२ लाख ४३ हजार बराबरको बार्षिक बजेट बजेट, नीति तथा कार्यक्रम पेस गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष अम्बरबहादुर श्रीसले प्रस्तुत गरेको बजेट वक्तव्यमा पँुजिगततर्फ रु १६ करोड १६ हजार १५ हजार, चालुतर्फ रु ३ करोड ४७ लाख ४० हजार, ससर्त १२ करोड ७६ लाख ६५ हजारको नीति तथा कार्यक्रम राखिएको छ । बजेटमा आन्तरिक राजश्व संकलनतर्फ ६३ लाख १५ हजार समेटिएको छ । त्यस्तै, विकास पूर्वाधारतर्फ गाउँपालिकाका १० वडामा गरी रु १० करोड ७० हजार विनियोजन गरिएको छभने लक्षित वर्गको लागि १ करोड ३६ हजार विनियोजन गरिएको छ । त्यस्तै, बजेटमा एक वडा एक कृषि कार्यक्रम समेटिएको छ, त्यसका लागि १० लाख विनियोजन गरिएको छ । त्यस्तै, वातावरण तथा जलस्रोत संरक्षणको लागि एक वडा एक पोखरी कार्यक्रम पनि राखिएको छ, जसका लागि कुल बजेटको १० लाख विनियोजन गरिएको छ । त्यस्तै, प्रत्येक वडामा विजुलीको पोल खरिद गर्नका लागि १ करोड विनियोजन गरिएको छ । प्रथम गाउँसभामा प्रमुख अतिथीको रुपमा बोल्दै नेकपा एमाले संघीय मामिला तथा केन्द्रिय विभाग सदस्य सुनिल शेरचनले सफलतापूर्वक आगामि बर्षको बजेट पारित गरेकोमा शुभकामना व्यक्त गरे । उनले बार्षिक नीति तथा कार्यक्रममा समेटिएका लक्षहरु अत्यन्तै सान्दर्भिक भएकोले त्यसलाई पुरा गरी समृद्ध गाउँपालिका बनाउन स्थानीय स्रोत र साधनहरुको अधिकतम सदुपयोग गर्न आग्रह गरे । त्यस्तै, कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसका हेमेन्द्र घर्ति, राष्ट्रिय जनमोर्चाका भिमसेन वन लगायतले विकाससँग सम्बन्धित हरेक गतिविधिमा अधिकतम रुपमा जनसहभागिता रहेको खण्डमा मात्र बजेटको उद्देश्य पुरा हुने धारणा व्यक्त गरेका थ्एि । कार्यक्रम गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता र कार्यकारी अधिकृत दुर्गा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleपशुसेवा कार्यालयको प्रगति ९८ प्रतिशत
Next Article दक्षिण कोरियाको न्यूनतम तलब १६.४ प्रतिशत बढ्ने