म्याग्दी, २६ असार – पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको पहिलो गाउँसभा दरवाङ बजारमा सुरु भएको छ । गाउँसभामा आगमी आर्थिक वर्षका लागि नीति, योजना, बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालुले आगमी आर्थिक वर्ष ०७४÷०७५ का लागि निति,योजना, तथा कार्यक्रम सहित २५ करोड ५७ लाख ८३ हजार रुपियाँ बरावरको बजेट प्रस्तुत गरेकी छिन् । नेपाल सरकारको समानीकरण र सर्सत अनुदान गरि २४ करोड ८० लाख ४१ हजार, आन्तरिक स्रोतबाट २९ लाख ४२ हजार र संघिय पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत ४८ लाख गरि कुल २५ करोड ५७ लाख ८३ हजार वरावरको बजेट सार्वजनिक गरिएको हो । पर्यटन, कृषि, ग्रामिण सडक विपद् व्यवस्थापन,सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र गाउँपालिकाको केन्द्रको पूर्वाधार निर्माणका लागि बजेटमा विशेष जोड दिइएको कार्यकारी अधिकृत छविलाल सुवेदीले जानकारी दिए । गाउँस्तरमा व्यापक जनसहभागिता जुटाइ सहभागितामुलक तरिकाले योजना तुर्जमा गरिएको उनले बताए । नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले झण्डै दुई दशकपछि प्रस्तुत गरेको नीति कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा वोल्ने बक्ताहरुले स्थानीय तहमा प्राप्त बजेटको सफल कार्यान्वय गर्दै समृद्ध र नमुना गाउँपालिका बनाउनका लागि सवैको एकता हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले गाउँपालिकालाई आगामी पाँच वर्ष भित्र विकासको उचाइमा पु¥याउनु पर्नेमा विचार व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गाउँसभाका जेष्ठ सदस्य दिलिपकुमार सेरचनले लामो समय पछि निर्वाचित जनप्रतिनिधिहरुले गाउँको विकासका लागि बजेट तर्जुमा गर्ने अवसर प्राप्त भएको बताउँदै गाउँपालिकाको साधन र स्रोतलाई उच्चतम सदुपयोग गरि समृद्ध गाउँपालिका बनाउन सवैजना जुट्नु पर्ने बताए । कार्यक्रममा पूर्व जिविस सभापति ओमप्रकाश सेरचन, वडा नम्बर ७ विमका अध्यक्ष रेशम जुग्जाली, ६ दरवाङका सन्तनाथ सुवेदी र १ निस्कोटका टंक प्रसाद पुनले बजेटको सफल कार्यान्वय हुनुपर्नेमा जोड दिएका थिए । यस्तै नेपाली काँग्रेसका रेक वहादुर पुन,नेकपा एमालेका रघुनाथ न्यौपाने, माओवादी केन्द्रका कमल कुमार केसी र राजमोका छवि विश्वकर्माले बजेटको सफल कार्यान्वयको शुभकामना व्यक्त गरेका थिए । गाउँपालिकाका लेखापाल विष्णुप्रसाद शर्माको सञ्चालन, कार्यकारी अधिकृत छविलाल सुवेदीको स्वागत र अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष रोकाले स्थानीय स्रोतसाधनको समुचित परिचालन गर्दै जनताका अपेक्षाहरुलाई पुरा गर्न गाउँपालिका सक्षम हुने अपेक्षा व्यक्त गरेका थिए । पेश भएको निति कार्यक्रम र बजेट छलफल पश्चात असार ३० गते गाउँसभाले पास गर्ने जनाइएको छ । गाउँसभाले पास गरेपछि बजेट कार्यान्वयनको चरणमा प्रवेश गर्ने छ ।
Previous Article२०७४ असार २६ गते सोमबारको राशिफल
Next Article पत्रकार महासंघको १७ औं स्थापना दिवस