बागलुङ, २५ असार – सुचनाको हकलाई प्रयोग गरेर जिल्लामा हुने गरेको भ्रष्टाचार र अनियमिततालाई अन्त्य गर्नुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । राष्ट्रिय सुचना आयोगको सहयोग नेपाल पत्रकार महासघं केन्द्रिय समितिको समन्वय र बागलुङ शाखाको आयोजनामा शनिबार सम्पन्न भएको सुचनाको हक बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै वक्ताहरुले सुचनाको हक सम्बन्धी बिभिन्न ऐन नियम र कानुन बनेपनि ब्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै सुशासन र नागरिकको अधिकार सुनिश्चित गर्नका लागि सुचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । सरकारी निकायमा रहेका जिम्मेवार व्यक्तिलाई सुचना अधिकारी तोकिए पनि सहज रुपमा सुचना उपलब्ध नभएको वक्ताहरुले गुनासो गरेका थिए । ‘सरकारले आमनागरिकको सूचना पाउने अधिकारको सुनिश्चित गरेको छ’ वक्ताहरुले भने, ‘सरकारी कार्यालयसंग सर्वसाधारणको प्रत्यक्ष पहुँच अझै पुग्न सकेको छैन ।’ कार्यक्रममा जिल्लामा सुचनाको हक अधिकार कार्यान्वयन एवं अनुभव लगायत आगामी दिनमा गर्नुपर्ने परिवर्तनका बिषयमा छलफल भएको थियो । शैक्षिक, सामाजिक, आर्थिक विकासका हरेक गतिबिधीहरु जनतामाझ पु¥याउने काम सञ्चारकर्मीहरुले गरेकाले सरकारी कार्यालय सुचनामैत्री बन्नुपर्ने वक्ताहरुले बताएका थिए । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले प्रत्येक कार्यालयमा प्रभावकारी सेवा प्रवाह र पारदर्शी बनाउनका लागि सुचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी घनश्याम सापकोटाले सुचनाको हकका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बागलुङ नगरपालिका कार्यालयका सुचना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी, जिल्ला करदाता सेवा कार्यालयका प्रमुख सुर्यप्रसाद चापागाई, जिल्ला कृषि बिकास कार्यालयका सुचना अधिकृत बिप्लव अधिकारी, नेपाल पत्रकार महासंघ बागलुङ्ग शाखाका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभणडरी, सल्लाहकार ज्ञानेन्द्र गौतम, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, प्रेस चौतारी नेपालका सचिव रामकृष्ण शर्मा लगायतले बोलेका थिए । सो अवसरमा पत्रकार गणेश पौडेल, किरण आचार्य, नविन शिशिर विक, र सज्जन कुमार ंिसहले सुचना हकबारे जिज्ञासा राखेका थिए । कार्यक्रम महासंघका अध्यक्ष दिल श्रीषको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत र सचिव राम थापा अबिरलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleचुनौतीमै छ माओवादी केन्द्र
Next Article सहिखोलाघाटमा झोलुङे पुल निर्माण