केही दिनअिघ मात्रै जिल्लाको रेश गाविसको जिरेदीमा जीप दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाए भने केही गंभीर घाईते भए । घाईतेहरुले अहिले पोखरामा उपचार भईरहेको छ । बाटो रहेको ढुंगा पन्छाउने क्रममा एक्कसी जीप गुड्दा त्यो गंभीर दुर्घटना हुन पुग्यो । वर्षा यामसंगै ग्रामिण सडकहरु हिलाम्ये, चिप्लो र जोखिमपूर्ण हुँदा दुर्घटना हुने गरेका छन् । रेशमा जीप दुर्घटना भएको केही दिन बित्न नपाउँदै हटिया बजार नजिकै जीप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । सामान्य घाईते भएका दुई जनाले स्थानिय पोलिक्लिनिकमा उपचारपछि घर फर्किएका छन् । जीपमा सवार चारैजना चालक रहेको बुझिएको छ । २ जना चालक भने सम्पर्कमा आएका छैनन् । प्रहरीले घटनाको छानविन गरिरहेको बताएको छ ।
प्राविधिकको जाँच बिना खनिएका बागलुङका ग्रामिण सडकहरु जोखिमपूर्ण छन् । जोखिमपुर्ण सडक, क्षमता भारभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिका कारण दुर्घटना निम्तिएका हुन् । ग्रामिण सडकमा गुड्ने गाडीलाई ट्राफिक नियम पालना गराउन नसक्दा चालकहरुले ओभरलोड प्यासेन्जर राख्ने गरेका छन् । अर्काेतर्फ निकै पुरा सवारी साधन भएको कारणले पनि दुर्घटना निम्तिएका छन् । यस्ता थोत्रा गाडीले राम्रोसंग काम नगर्ने भएको हुँदा कहिले के हुन्छ भन्ने कसैलाई थाहा छैन । यस्ता थोत्रा गाडीहरुलाई विस्थापित गर्न सक्ने होभने पनि दुर्घटनाको जोखिम न्युनिकरण गर्न सकिन्छ । यसतर्फ ट्राफिक प्रहरीले विशेष चासो देखाउनु पर्छ । ट्राफिक प्रहरीमा पनि आवश्यक जनशक्तिको अभाव हुँदा सबै ठाउँमा आफ्नो सेवा विस्तार गर्न नसक्ने तितो यथार्थ हामी माझ छ । ट्राफिक प्रहरीमा पर्याप्त जनशक्ति उपलब्ध गराउनको लागि पनि सरोकारवाला निकायले केन्द्रमा दबाब दिन जरुरी छ । अर्काेतर्फ सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा अनियन्त्रीत भई दुर्घटना भएका उदाहरण प्रशस्त छ । त्यसैले केही वर्षअघि प्रयोगमा ल्याईएको बे्रथ लाईजलाई पुन प्रयोग ल्याउनु पर्छ । जसले चालकलाई सचेत बनाउने काम गर्छ ।
नेपालमा प्रत्येक दिन सडक दुर्घटनाबाट ५ जनाको मृत्यु, ३१ जना घाइते र वर्षेनि १७४४ जनाले ज्यान गुमाउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर प्रतिवर्ष १३ लाख मानिसले सडक दुर्घटनाबाट ज्यान गुमाउँछन् । जीवनलाई जीवन्त गराउने, अर्थतन्त्रलाई चलायमान गराउने, आर्थिक समृद्धिमा टेवा दिने माध्यम भएकाले सडक सुरक्षित हुनुपर्ने विश्वव्यापी मान्यता छ । सडक दुर्घटनाको अर्को प्रमुख कारण चालकको लापरबाही देखिन्छ । अध्ययन अनुसार, दुर्घटनाको ६७ प्रतिशत कारण चालकको हेलचेक्र्याइँ वा लापरबाही हो । तीव्र गतिमा सवारी चलाउने, जोखिम मोलेर अप्ठेरो बाटोमा सवारी हाँक्ने, कामको लोड, हेलचेक्र्याइँ तथा रिसाउने, प्राविधिक चेकजाँच नगर्ने, कम उमेरमा हेभी सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने दुर्घटनाका कारण हुन् । त्यसैले यस्ता विषयमा चालकलाई सचेत बनाउने होभने सडक दुर्घटनालाई कम गर्न सकिन्छ ।
Previous Article२०७४ असार २५ गते आईतबारको राशिफल
Next Article चुनौतीमै छ माओवादी केन्द्र