बागलुङ, २३ असार – जिल्लामा अध्ययरत सम्पूर्ण अपाङ्गगता भएका बालबालिकाको तथ्याङ्गक अद्यवधि गर्ने उद्देश्यका साथ आजदेखि बागलुङका जिल्ला लेखा जोखा केन्द्रको कार्यालय संचालनमा आएको छ । जिल्ला शिक्षा कार्यालय बागलुङको पहलमा धौलागिरी बहिरा आवासीय माध्यमिक विद्यालय बागलुङका लेखा जोखा केन्द्र स्थापना गरिएको हो । केन्द्रको उद्घाटन जिल्ला शिक्षा अधिकरी विष्णुप्रसाद मिश्रले गरेका थिए । उद्घाटन पछि बोल्दै जिशिअ अधिकारीले विद्यालय बाहिर रहेका अपाङगता भएका विद्यार्थी र अध्ययर विद्यार्थीको तथ्याङ्ग अद्यवधि भएका सम्पूर्ण बालबालिकालाई विद्यालय पहुँचमा लिन सकिने बताएका थिए । तथ्याङ्गक अभावमा योजना निर्माण र बजेत विनियोजनमा समस्या हुने बताउँदै समावेशी शिक्षालाई प्रथामिकताका साथ अगाडी बढाउने बताएका थिए । कार्यक्रममा प्लान इन्टरनेशन क्षेत्रीय कार्यालय बागलुङका प्रमुख नितु आचार्य, अपाङ्गगता भएका व्यक्तिहरुको संजाल बागलुङका सचिव होमनाथ शर्मा, नेपाल गाजा डेभलेपमेन्ट फाउन्डेसनका सूर्य कँडेल लगायतले बोलेका थिए । कार्यक्रम धौलागिरी बहिरा आवासीय माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य केवी राना मगरको अध्यक्षता, लेखाजोखा संयोजक सुमित्रा शर्माको स्वागत र जिल्ला शिक्षा कार्यालय बागलुङका विद्यालय निरीषक प्रकाश वझाको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा मिरा विष्टले दोभाषे गरेकी थिइन ।