बागलुङ, २१ असार – बानपा–१४ साविक नारायणस्थान गाविस नेपानेका करीव ६० वर्षिय चन्द्रबहादुर गौतम तीन दिनदेखी बेपत्ता छन् । परिवारिक श्रोतका अनुसार, गौतम यहि असार १८ गते बिहान ५ बजेको समयमा घरबाट निस्केका हुन् र अहिलेसम्म सम्पर्कमा आएका छैनन् । रोजगारीका लागि दुबई गएका गौतम डेढ हप्ता पहिलेमात्र घरमा आएका थिए । गौतमले जेठी श्रीमती बितेपछि अर्की श्रीमती ल्याएका र दुबै श्रीमतीहरुबाट ६ सन्तान रहेका छन् । जेठी श्रीमती तर्फका सन्तान ठुला भैसकेका र कान्छी पट्टीका सन्तान सानै रहेको स्थानीयले बताए । बेपत्ता गौतमको खोजीमा जुटिरहेका परिवारजनले खोजी कार्यमा सहयोग गर्न सबैसंग अनुरोध गर्दै फेला पारेमा नजिकको प्रहरी कार्यालय वा उनकी बुहारी ज्वाला गौतमको मोवाईल ९८४६४८४७८१ मा खबर गर्न अपील गरेका छन् ।