बागलुङ, २१ असार – जिल्लाको पश्चिमी क्षेत्र बुर्तिबाङदेखि रुकुमको लुकुम जोड्ने सडकखण्डमा पहिरो खसेपछि यातायातका साधनहरु ठप्प भएका छन् । निसी, भल्कोटहुँदै रुकुमसम्मका यात्रुले सास्ती खेप्न बाध्य भएका छन् । त्यस्तै देबिस्थानखोला बढेपछि बुर्तिबाङदेखि निसीसम्मको सडक पनि अवरुद्व भएको छ । विभिन्न ठाउँमा पहिरो गएर हिलो र चिप्लो भएर गाडीलाई मात्र होइन मानिस र घोडा खच्चरलाई समेत असहज भएको छ । ‘पहिले गाडी निरन्तर आबातजावात गर्दा हामी बिहान बुर्तिबाङ गएर बेलुकी समान लिएर घर फर्किन्थ्यौ तर अहिले बिहान हिडेपछि बेलुकासम्म बुर्तिबाङ पुग्छौ’ –निसीका स्थानिय अमरसिंह विश्वकर्माले भने । निसिखोला वारपरका मानिसहरु पनि डर र त्रासमा बुर्तिबाङ–निसी–भल्कोटको यात्रा गर्दा सास्ती खेपिरहेका छन् । त्यस्तै बर्षातका कारण निसीखोला गाँउपालिकाको वडा नँ ६ को टोड्के भन्ने स्थानमा घरमुनी र माथिदेखि पहिरो खस्दा स्थानीय श्यामबहादुर बिश्वकर्मा सहित करिब आधा दर्जन घर जोखिममा परेका छन् ।
Previous Articleकर्जा संकट र कारणहरु
Next Article नारायणस्थानका चन्द्रबहादुर गौतम बेपत्ता