कृष्ण प्रसाद शर्मा
यदि हामी अन्तराष्ट्रिय स्तरका ठूला–ठूला बहुराष्ट्रिय कम्पनीमा केही सेवा लिन पुग्यौ वा फोनबाटै सम्पर्क गर्यौं भनेपनि सेवाग्राहीसंग कति मिजासले बोल्छन् । ईमेल पठाएरै केही कुरा बुझ्न खोज्यौं भनेपनि सम्मानजनक प्रतिउत्तर आउँछ । हवाई जहाजमा गरिने दुव्र्यवहारका छिटफुट बाहेक राम्रो सेवा र सत्कार पाउँछौं । कतिपय एयलाईन्स बदनामी पनि भएका छन् तर सालाखाला अन्तरराष्ट्रिय कम्पनीमा हामीले पाउने सेवा राम्रो नराम्रो जे भएपनि उनीहरूको मिठो प्रस्तुती यादगार लाग्छ । काम नै नबने पनि त्यसको कारण स्पष्ट दिन्छन् । काम नहुँदा पनि व्यवहारले भने दुःखी हुनु पर्दैन तर यसको ठीक विपरित हामी कहाँ हाम्रा सेवा दिने संस्थाहरूको सेवाभन्दा बढी उनीहरूको तितो प्रस्तुती जीवनभर यादगार रहन्छ । हुन त मान्छेको स्वभाव राम्रो भन्दा नराम्रो कुरा छिटो दिमागमा पुग्छ र अक्सर भुल्दैनौ पनि तर यो हाम्रो मानवीय स्वभाव मात्र नभई भोगेको तितो यथार्थले गर्दा समेत हो ।
निजी सेवाप्रदायक संस्थाहरू भन्दा हामी कहाँ सरकारी सेवामा कार्यरत कर्मचारीहरू बढी असभ्य र त्यही अनुसारको स्कुलिङ समेत रही आएको पाउँछौं । नेटवर्क सम्पर्क हुन नसके पछि दुर–संचारले पुन सम्पर्क गर्न भनी राखिएको भ्वाईस म्यासेजबाहेक त्यहाँका कर्मचारीको बोल्ने तरिका जगजाहेर छ । सार्वजनिक यातायातदेखी अस्पताल हुँदै सुरक्षा निकायका मान्छेहरूको ब्यवहार देख्दा उदेक र दुःख लाग्छ । बेलायत जस्ता बिकसित मुलुकमा प्रहरीसंग बालबालिका सानैदेखी धेरै नजिकिएर बोल्छन् भने उनीहरूको सेवाप्रति पनि विश्वास छ । त्यहाँका प्रारम्भिक शिक्षा सिकाईमा स्कुलमा आँफुलाई केही समस्या परे पहिला तीन वटा नौ डायल गर्नु भनेर सिकाईन्छ त्यसैले पनि बेला मौकामा हामी समाचार बढ्छौ कि तीन चार बर्षका नानीहरूले प्रहरी, दमकल लगाएतका सेवामा फोन गरेर आफ्नो र परिवारको धनजनको क्षति हुनबाट जोगाएका छन् । तर हामी कहाँ प्रहरी प्रशासन भन्ना साथ नाक खुम्चाउने स्थिति छ भने भनेको बेला फोन लाग्नु र समयमा आईपुग्नु दन्त्य कथा जस्तै हो तर कतै–कतै मतदान केन्द्रमा फालेको बम टिपेर फाल्ने हवलदार दुर्गा बहादुर राना जस्ता पनि नभएका होईन ।
हाल चीनका लागी नेपाली राजदूत लीलामणी पौड्याल मुख्य सचिव रहँदा उहाँले सेवाग्राहीलाई मुस्कान सहितको सेवाको उद्घोष गर्नु भएको थियो । पछि प्रहरीमा पनि यस्तै घोषणा गरियो तर व्यवहार भने ठीक यसको विपरित पाईयो । आजका दिनमा पनि सेवाग्राहीसंग नझर्कीन बोलेको धेरै थोरैलाई याद होला । नेपालका सरकारी सेवामध्ये अस्पतालमा नर्स र डाक्टरहरू एवं अन्य सेवाप्रदायक ठाउँमा मान्छेको खस्रो बोलीले कान पाक्छ भने कतिपय ठाउँमा गाली गलौज नै समेत गर्दछन् । तर डाक्टरलाई पिट्ने र हस्पिटल तोडफोड गर्नेलाई भने भुल्न भएन । यातायतमा ड्राईभरले किलिन्टरलाई बोलेको भाषा, सुरक्षाकर्मीले आँफु भन्दा तल्लो दर्जाका मान्छेलाई गरेको व्यवहार घृणित नै लाग्छ । प्रहरी र सेनाले त्यहाँ भित्र प्रयोग गर्ने शब्दहरू बाहिर सुनाई सक्नु हुँदैनन । आमा–बा, एकल महिला, गरीब एवं माग्नेहरू देखी बाध्यतावश सडकमा भौंतारिनु परेका मान्छेहरूलाई जोडेर होचाउने गरिने गाली अति निन्दनिय छन् । यसको प्रभाव उनीहरूको परिवारमा समेत सुन्न पाईन्छ । सार्वजनिक यातायातका क्रममा पैसा माग्दा र पैसा फिर्ता गर्दा भोग्ने व्यवहार तपाई हाम्रो दैनिकी बनेको छ । गाडीमा सवलङगलाई त कस्तो व्यवहार गर्छन भने अझ अपाङगता भएका मान्छेलाई दुव्र्यवहारपुर्ण एवं अमानविय चरित्र देखाईन्छ ।
भनिन्छ अस्पातालका डाक्टर र नर्सको बोलीले बिरामीको आधा उपचार गर्दछ अर्थात नरम र सभ्य बोलीले बिरामीलाई हौसला र राहत पुग्दछ तर हामी कहाँ थोरै समस्या लिएर अस्पताल पुगेको भए थप समस्या बोकेर फर्किनु पर्छ । खस्रा र असब्य शब्द सुन्नु पर्छ । वद्ध वृद्धा बिरामीहरु आफ्नै बाआमा सरह हुन, बालबच्चा आफ्नै भाई बहिनी सरह हुन भन्ने सामान्य चेत समेत नराखी काम गरिरहेका छन् । सरकारीका अस्पतालका कर्मचारीको तलब भत्ता प्रत्येक नागरिकको करबाट असुल गरिन्छ तर तिनै नागरिक बिरामी भएर अस्पताल पुग्दा व्यवहार निकै असभ्य तवरले गरिन्छ । कतिपय अस्पतालमा बिरामीलाई फोहोरी भनेर आफ्नो नाक थुनेर कुराकानी समेत गरेको देखिन्छ । कतिपयको पीडाको कहर उनीहरूको लागी गनगन हुन्छ । राम्रोसंग हात समातेर समेत हिडाउन खोज्दैनन् । औषधी समेत खान नसक्नेहरूलाई औषधी समेत खुवाउन आनाकानी गनेकक यि यस्ता सयौ असब्य एवं दुव्र्यवहार दिनप्रति दिन देखिन्छ । पैसा तिर्न नसकेको भनौं अझ आफान्त समेत नरहेका विरामीलाई गाली गलौज समेत गरिन्छ । वीर अस्पतालको लाईनमा गएर एक पटक बस्नुस् अनि थाहा हुन्छ । हुन त जाजरकोट, गुल्मी, पाल्पा जस्ता जिल्ला अस्पतालमा काम गर्ने त्यस्ता डाक्टरहरू समेत छन जसले आफ्नै तलबको केही प्रतिशत मासिक रुपमा आर्थिक अभावमा उपचार गराउन नसकेकालाई सहयोग समेत गरेका छन भने धरानको बि.पी कोईराला अस्पतालमा समेत निकै उदार मन भएका डाक्टर तथा नर्सहरू छन तर नेपाल पचहत्तर जिल्ला भएको देश हो जहाँ हुम्ला र जुम्ला पनि पर्दछ ।
सरकारी कार्यालयमा धेरै थोरैलाई मात्र उनीहरूको कुर्सिमा देख्न पाईन्छ नत्र अधिकांश क्यान्टिनमा देश बनाउने गफमा हुन्छन् । काम लिएर गएको सेवाग्राही दुई चार घण्टा कुराउने कुरा सामान्य जस्तो लाग्छ । सेवाग्राहीलाई तपाई भनेर संवोधन गर्न त परै जाओस् ठाडो ठाडो ए भाई ए बैनी के चाहियो ? भन्ने गर्दछन् । जनताले कर तिरेपछि कर्मचारीले काम गर्न कर लाग्छ । सेवाग्राहीलाई दुई चार शब्द मिठो बोलेर सेवा दिँदा के जान्छ होला कि प्रायःधेरै कर्मचारीको बोलीमा रुखोपन देखिन्छ । नहुने काम भएपनि राम्रो शब्दले हुँदैन भन्दा के जान्छ ? । सेवा शुल्क तिरी सकेपछि सेवाग्राहीलाई असल ब्यवहार गरौं । तलब बाहेक दिईने भत्ता र अन्य सुविधाको मतलब बुझौं । सेवा सहित असल व्यवहार पाउने हरेक सेवाग्राहीको अधिकार होभने सेवाग्राहीले पनि सेवाप्रदायलाई सम्मान गरौ ।
Previous Articleविषाक्त फलफुलले जनस्वास्थ्यमा असर
Next Article पर्वतमा खानेपानी आयोजना निर्माण