रूपन्देही, १४ असार – बुटवल ज्यामिरेका ५४ वर्षीय समर गाहाले मंगलबार गाउँलेहरूलाई बिहान ४ बजे नै उठ्न उर्दी गर्दै थिए । किनकि बिहान ४ बजे नउठ्ने हो भने बुधबार हुने स्थानीय तहको चुनावका लागि उनीहरू मत खसाल्न पाउँदैनन् ।
बुटवल उपमहानगर–१२ मा पर्ने ज्यामिरे बस्तीका बासिन्दा मतदान केन्द्रसम्म पुग्न तीन घण्टा पैदल हिँड्नुपर्छ । बुटवलभित्र यस्तो विकट क्षेत्र छ भन्दा पत्यार लाग्दैन । तर यथार्थता यही हो, जहाँ दुई महिनासम्म पनि प्रमुख–उपप्रमुखका उम्मेदवार पुगेनन् ।
ज्यामिरेको मतदान केन्द्र नयाँ गाउँ उच्च माविमा तोकिएको छ । देशमै उत्कृष्ट सहरका रूपमा बुटवल उपमहानगर चिनिए पनि तीन घण्टा पैदल हिँडेर मतदान केन्द्र जानुपर्ने पीडामा सर्वसाधारण छन् ।
Previous Articleप्रदेश नम्बर १, ५ र ७ मा विहान ७ बजेदेखि मतदान
Next Article ‘प्रहरीले उजुरी लिन मान्दैन’