बागलुङ, १३ असार-अल्पसंख्यक कुमाल महिला र एकल महिलाहरु यतिवेला आफ्नै ब्यवसाय मार्फत आयाआर्जनमा क्रियाशिल हुन थालेका छन । उनीहरुले आधुनिक कृषि गरी कुखुरा पालन ब्यवसाय सञ्चालन गरेर आफ्नो आम्दानी बढाउन थालेका हुन ।
आफ्नै मेहनतले अर्थाेपार्जन गर्न लागेका जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका १ र २ का कुमाल र एकल महिलालाई थप ब्यवसायी वनाउन पशुपंक्षीमुलुक आयआर्जन तथा क्षमता विकास र कुखुरा पालन सहयोग कार्यक्रम सञ्चालन गरिएको छ ।
सत्कर्म नेपाल, आमा मिलन केन्द्र र महिला मानव अधिकार रक्षक संजालको आयोजनामा सांसद क्षेत्र बिकास कार्यक्रम अन्तरगत जिल्ला समन्वय समितिको सहयोगमा पशुपंक्षिमुलक आयआर्जन तथा क्षमता बिकास र कुखुरापालन सहयोग कार्यक्रममा बुर्तिवाङमा सम्पन्न भयको छ । सो कार्यक्रममा दुई वडाका करिव ६० जना महिलाको सहभागिता रहेको र उनीहरुले उन्नत जातको कुखुरा पालन ब्यवसाय शुरु गरेको सत्कर्म नेपालका कार्यकारी प्रमुख सिताराम थापाले वताए ।
समाजको पिंधमा रहेको दोस्रो दर्जामा दरिएका सिमान्तकृत र बिभेदपुर्ण व्यवहार सहन वाध्य पारिएका दलित, एक्कल महिला र अलपसंख्यक कुमाल महिलाहरुलाई आधुनिक कृषि प्रबिधि अपनाई अर्थाेपार्जन गर्न सीप बिकास र बिउबिजन तथा उन्नत जातका कुखुरा सहयोग गरेको कार्यकारी प्रमुख थापाले बताए ।
कार्यक्रममा वार्ड सदस्य गौमति कुमाल र पानमति रामदामले पहिले आफुहरुले परम्परागत कुखुरापालन गरेको भएपनि अहिले भने आधुनिक र उन्नत जातको कुखुरा पाली राम्रो आम्दानी गर्न सफल भएको वताए ।
सो अवसरमा सांसद ज्ञान कुमारी छन्त्यालले गरिब, दलित, एकल र अल्पसंख्यक महिलाहरुले ब्याबसाय गरि आफुहरु आत्मनिर्भर हुन थालेको खुशी ब्यक्त गर्दै थप ब्यवसायी वन्न सुझाव दिईन । सांसद छन्त्यालले सोही अवसरमा पाँच सय उन्नत जातको कुखुराको चल्ला बितरण गरिन । आमा मिलन केन्द्रका अध्यक्ष ज्ञानु थापामगरको अध्यक्षतामा समपन्न कार्यक्रमको संचालन दिलमाया पौवीले गरेकी थिईन ।
Previous Articleबन्द राजमार्ग आधा घण्टामा खुलाउने गृहमन्त्रीको योजना (पूर्णपाठ)
Next Article गोरखा जेल ब्रेकको ‘झुटो’ फिल्ड रिपोर्टिङ