काठमाडौं, १३ असार – गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले विभिन्न कारणले अवरुद्ध हुने राजमार्ग आधा घण्टामा बल प्रयोग गरेर खुलाउनेसहितका कार्ययोजना सार्वजनिक गरेका छन । मंगलबार पत्रकार सम्मेलन गरेर गृहमन्त्री शर्माले अवरुद्ध राजमार्ग हटाउने योजनालाई प्राथमिकताका साथ प्रस्तुत गरे ।
‘राजमार्गलाई निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ। राजमार्गमा जुनसुकै बहानामा हुने कुनै पनि अवरोलाई आधा घण्टा भित्र आवश्यकता अनुसार बल प्रयोग गरी सूचारु गरिने छ’, गृहमन्त्री शर्माले प्रस्तुत गरेको कार्ययोजनामा उल्लेख छ। गृहमन्त्रालयद्वारा प्रस्तुत प्रशासन सुधार सम्बन्धी कार्ययोजना प्रहरीको चेन अफ कमाण्ड तोडेर भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन ।
अंग भंग भएकाहरुको स्वास्थ्य सेवा र सम्मानजनक अवकाशको व्यवस्था मिलाउने, गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर राख्ने, प्राप्त भएका गुनासालाई छानबिन गरी कार्वाही गर्ने, विरोध प्रदर्शन गर्ने निश्चित क्षेत्र तोक्ने, छाप्रोमा रहेका प्रहरी कार्यालय र आवासलाई व्यारेकमा बदल्ने, वैदेशिक रोजगारीमा ठकिने र बेचिने कार्य रोक्न दुतावासहरुमा प्रहरी सहचारीको खटाउने, १० मिनेट भित्र प्रहरी घटनास्थलमा पुग्ने व्यवस्था मिलाउने, अवकाश प्राप्त प्रहरी अधिकारीको पेन्सन सम्बन्धित जिल्लाबाट पाउने व्यवस्थामिलाउनेलगायत घोषणा पनि गृहमन्त्री शर्माले गरेका छन ।
बन्द राजमार्ग आधा घण्टामा खुलाउने गृहमन्त्रीको योजना (पूर्णपाठ)
Previous Articleजनताको बिकास स्थानीय तहबाट – सांसद छन्त्याल
Next Article अल्पसंख्यक कुमाल र एकल महिला आयआर्जनमा