बागलुङ, १२ असार – नेकपा एमाले जिल्ला कमिटि बागलुङको दोश्रो पूर्ण बैठक बडिगाड गाउँपालिकाको खर्वाङ बजारमा सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक बसेको बैठकमा चुनावको समिक्षा तथा आगामी रणनीतिको विषयमा छलफल भएको छ । बैठकले स्थानीय तहको निर्वाचनमा वाम तालमेलका कारण उपलब्धि भएको र आगामी निर्वाचनमा पनि तालमेललाई कायमै राख्नु पर्ने निष्कर्ष निकालेको छ । बैठकले ४ स्थानीय तहमा विजयी हासिल गर्नु सकारात्मक भएको र जिल्लामै जनसंख्याको हिसावले ५०.८१ प्रतिशत नेतृत्व एमालेले गरेको निष्कर्ष निकालेको छ । बैठकमा नेकपा एमाले स्थायी कमिटि सदस्य तथा प्रदेश संगठन कमिटि प्रदेश नं. ४ का संयोजक किरण गुरुङले स्थानीय तहको संचालन र जन प्रतिनिधिको भूमिका विषयमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए । उनले जनप्रतिनिधिहरुले जनतालाई सहज र सर्वसुलभ सेवा दिने गरी संरचना, कानुन र बजेट बनाउन सुझाव दिएका छन् । बैठकले असार साउन र भदौमा ३ महिने आर्थिक सुदृढीकरण अभियान संचालन गर्ने, प्रत्येक गाउँ तथा नगर वैठक तत्काल संचालन गर्ने, आर्थिक काम पारदर्शिता कायम गर्न दोहोरो लेखा प्रणाली र वैंकिङ प्रणाली सुरु गर्ने, यहि असार १७ गते बुर्तिवाङमा र २१ गते बागलुङमा जनप्रतिनिधीहरुको लागी एक दिने पभभस््रशिक्षण कार्यक्रम संचालन गर्ने, पुष्पलाल स्मृति दिवस र मदन जयन्ती रचनात्मक कार्यक्रमका साथ मनाउने लगाएतका निर्णय गरेको छ । बैठकले जिल्ला समन्वय समितिको निर्वाचनमा वाम तालमेल गर्ने, विज्ञहरुको समुह निर्माण गरि स्थानीय सरकारको संरचना निर्माण, कानुन निर्माण तथा वजेट विनियोजनमा जनप्रतिनिधिलाई सहयोग गर्ने, निर्णय गरेको छ । त्यस्तै बैठकले २८ जनालाई जिल्ला सल्लाहकार परिषद्मा मनोनयन गरेको छ । यस्तै आर्थिक विभाग प्रमुख भुपाल चालिसेको संयोजकत्वमा ५ सदस्यीय आर्थिक कार्यदल निर्माण गरेको छ । जसको सदस्यहरुमा गणेश थापा, वावुराज कार्कि, पुनम शर्मा र दिपक गौतम रहनुभएको छ । त्यस्तै वैठकले पार्टीको आधिकारीक वेव साइट संचालन गर्न तथा पार्टीको मुखपत्र आह्वानलाई नियमीत प्रकाशन गर्न सचिव लाल थापाको संयोजकत्वमा समिति निर्माण गरेको छ । बैठक जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता तथा सचिव लाल वहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।