बागलुङ, १२ असार – गल्कोट नगरपालिका–११ रिघामा ७ घर र एक बिद्यालय पहिरोको उच्च जोखिममा परेका छन ।निरन्तर रुपमा बर्षा हुन थालेपछि पहिरो खस्दा साबिक रिघा गाबिस वाड नम्बर ७ मनेवापाटाका ७ घर र एक बालज्योति प्राथमिक बिद्यालय पहिरोको जोखिममा परेको गल्कोट नगरपालिका–११ वडाका अध्यक्ष डम्बर श्रीसले बताए ।गत महिना खसेको सुख्खा पहिरोले बर्षायाम सुरु भएसँगै ठुलो रुप लिन थालेको श्रीसले बताए ।पहिरो मध्यपहाडी लोकमार्ग देखि करिब २ सय मिटर माथीसम्मबाट खसेको छ ।दिनहु माटो बग्न थालेपछि पहिरोदेखि लगभग २–३ सय मिटर माथी रहेका घर र बिद्यालय झर्न सक्ने स्थानिय लोकेन्द्र शाहीले बताए ।दरमखोला हाईड्रो ईनर्जीले पाईप बिच्छाउनका लागी लोकमार्गको कुना भागको सतहलाई फराकिलो बनाईरहेका कारण पहिरोले बिशाल रुप लिईरहेको शाहीको ठम्याई छ ।बर्षा याम सुरु भएका कारण निरन्तर पहिरो झर्ने गरेपछि बुर्तिबाङ, खर्वाङ, बागलुङ, काठमाडौ बाट आवतजावत गर्ने सवारी साधनहरु तथा यात्रुहरुलाई समस्या पर्ने गरेको छ ।