बागलुङ, ११ असार – बागलुङ नगरपालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटी कालिमाटी उपशाखाको दोश्रो अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले आगामी ४ बर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेकोे छ । जसमा सभापति युगेन्द्रप्रसाद खनाल, सदस्य हरुमा तेजप्रसाद निउरे, प्रकाश गैरे, सोमराज पाण्डे, हिराबहादुर क्षेत्री, नन्दलाल गौतम, यामप्रसाद निउरे, दिनेश पन्त, जमुना पौडेल रहेका छन् । साथै बिधान बमोजिम उपसभापति, सचिव, कोषाध्यक्ष, उपसचिव र सहकोषाध्यक्ष समितिको बैठकले सदस्यहरु मध्येबाट चयन गर्नेछ र बाँकी २ सदस्य समितिले चयन गर्नेछ । अधिवेशनको बागलुङ नगरपालिका वड नं ७ का वडाध्यक्ष खगराज पाण्डेले उद्घाटन गरेका थिए । कार्यक्रममा विगत ४ वर्षको कार्यप्रगति सचिव प्रकाश गैरेले प्रस्तुत गरेका थिए । कार्यक्रममा सदस्यहरुका तर्फबाट पदमबहादुर गौतम, पुर्णप्रसाद गैरे, निजामती कर्मचारीहरुको आधिकरिक ट्रेड युनियन बागलुङका अध्यक्ष तेजप्रसाद निउरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हालैको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाअध्यक्ष खगराज पाण्डे, सदस्य रमेश किसान र महिला सदस्य देविमाया बिकलाई सम्मान गरिएको थियोे । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सदस्य तथा निर्वाचन अधिकृत हिमालप्रसाद शर्माले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउदै रेडक्रसको मुल मर्मलाई आत्मासाथ गर्नुपर्ने कुरामा जोड दिएका थिए । वडाध्यक्ष खगराज पाण्डेले आफुपनि रेडक्रसकर्मि भएको र रेडक्रसको सिद्धान्तलाई आत्मासाथ गर्दै नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । कार्यक्रम सभापति युगेन्द्रप्रसाद खनालको अध्यक्षता, स्वागत हिराबहादुर क्षेत्री र संचालन सचिव प्रकाश गैरेले गरेका थिए ।रेडक्रसको अधिवेशन
बागलुङ, ११ असार – बागलुङ नगरपालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटी कालिमाटी उपशाखाको दोश्रो अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले आगामी ४ बर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेकोे छ ।
जसमा सभापति युगेन्द्रप्रसाद खनाल, सदस्य हरुमा तेजप्रसाद निउरे, प्रकाश गैरे, सोमराज पाण्डे, हिराबहादुर क्षेत्री, नन्दलाल गौतम, यामप्रसाद निउरे, दिनेश पन्त, जमुना पौडेल रहेका छन् । साथै बिधान बमोजिम उपसभापति, सचिव, कोषाध्यक्ष, उपसचिव र सहकोषाध्यक्ष समितिको बैठकले सदस्यहरु मध्येबाट चयन गर्नेछ र बाँकी २ सदस्य समितिले चयन गर्नेछ । अधिवेशनको बागलुङ नगरपालिका वड नं ७ का वडाध्यक्ष खगराज पाण्डेले उद्घाटन गरेका थिए ।
कार्यक्रममा विगत ४ वर्षको कार्यप्रगति सचिव प्रकाश गैरेले प्रस्तुत गरेका थिए । कार्यक्रममा सदस्यहरुका तर्फबाट पदमबहादुर गौतम, पुर्णप्रसाद गैरे, निजामती कर्मचारीहरुको आधिकरिक ट्रेड युनियन बागलुङका अध्यक्ष तेजप्रसाद निउरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हालैको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाअध्यक्ष खगराज पाण्डे, सदस्य रमेश किसान र महिला सदस्य देविमाया बिकलाई सम्मान गरिएको थियोे । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सदस्य तथा निर्वाचन अधिकृत हिमालप्रसाद शर्माले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउदै रेडक्रसको मुल मर्मलाई आत्मासाथ गर्नुपर्ने कुरामा जोड दिएका थिए । वडाध्यक्ष खगराज पाण्डेले आफुपनि रेडक्रसकर्मि भएको र रेडक्रसको सिद्धान्तलाई आत्मासाथ गर्दै नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । कार्यक्रम सभापति युगेन्द्रप्रसाद खनालको अध्यक्षता, स्वागत हिराबहादुर क्षेत्री र संचालन सचिव प्रकाश गैरेले गरेका थिए ।
Previous Articleजनप्रतिनिधिलाई पत्रकार महासंघको स्वागत
Next Article विदेशको सिपले गाउँमै बनायो लखपति