बागलुङ, ११ असार – नेपाल पत्रकार महासंघ बागलुङ शाखाले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई शनिबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै वक्ताहरुले जनप्रतिनिधि र संचारकर्मीबीच सम्बन्ध राम्रो भए मात्रै सहि र वास्तविक खबर आउने हुँदा यसबारे दुबै पक्ष जिम्मेवार हुन जरुरी रहेको धारणा राखेका थिए । अब जनप्रतिनिधिले गाउँको विकास गर्दा बजेट कनिका झै छरेर बिकास नहुने हुँदा योजनाबद्व बिकास गर्न वक्ताहरुले सुझाव दिएका थिए ।
स्वागत कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरूले नेपाल पत्रकार महासंघको नयाँ भबन बनाउन आफुहरूले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख मेयरसिंह पाइजा, निसीखोला गाउँपालिकाका प्रमुख तारानाथ शर्मा, तमानखोला गाउँपालिकाका प्रमुख जोगलाल बुढा, बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतम, नेपाल पत्रकार महासंघका पुर्बअध्यक्ष राजेशचन्द्र राजभण्डारी, सल्लाहकार कोपिला कँडेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषको अध्यक्षता, सदस्य सिर्जना पन्तको स्वागत र कोषाध्यक्ष बिजय रानाले संचालन गरेका थिए ।
Previous Articleकागबेनी–मुक्तिनाथ सडक कालोपत्रे हुँदै
Next Article कालिमाटी उपशाखा रेडक्रसको अधिवेशन