काठमाडौ, ६ असार – नेपाल-चीन परराष्ट्र सचिवस्तरको संयुक्त परामर्श संयन्त्रको ११ औ बैठक मंगलबार काठमाडौको सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा बसेको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागी र चिनिया प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्रालयका सहायक विदेशमन्त्री क्ङ सुयानयुले गर्नु भएको थियो ।
नेपाल-चीन “संयुक्त परामर्श संयन्त्र”को एघारौं बैठक पश्चात जारी प्रेस नोट:
नेपाल-चीन सम्वन्धका सबै विषयहरुको समीक्षा र भावी दिनको कार्यदिशा तय गर्न सन् १९९६ मा दुबै मुलुकका परराष्ट्र सचिवस्तरमा गठन भएको “संयुक्त परामर्श संयन्त्र”को एघारौं बैठक आज परराष्ट्र मन्त्रालयमा सम्पन्न भयो।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव श्री शंकरदास वैरागीले र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनको विदेश मन्त्रालयका सहायक विदेश मन्त्री महामहिम श्री क्ङ्ग सुयानयुले गर्नुभएको थियो।
बैठकमा नेपाल-चीन सम्वन्धका राजनीतिक, आर्थिक, जनस्तरको सम्वन्ध लगायत समग्र पक्षहरुमा विस्तृत छलफल भयो। खास गरी दुई मुलुकहरुबीचको राजनीतिक सम्वन्धलाई थप प्रगाढ बनाउने, उच्चस्तरीय भ्रमण र भेटघाटलाई थप विस्तार गर्ने, आर्थिक सम्वन्धलाई अझ बढी सुदृढ बनाउने, व्यापार, पर्यटन प्रर्वद्धन, लगानी, पूर्वाधार विकास, जनस्तरको सम्वन्ध विस्तार लगायतका क्षेत्रमा सहयोग आदान-प्रदान गर्ने विषयमा छलफल भयो।
दुबै मुलुकहरुबीच विगतमा सम्पन्न सम्झौता तथा सहमतिको कार्यान्वयन गर्ने तथा छलफलमा रहेका आर्थिक सहयोग सम्वन्धि सम्झौता/समझदारीहरुलाई आपसी सहमतिमा यथाशीध्र टुंगोमा पुर्याउन छलफल भयो।
नेपालर चीनबीच हालै सम्पन्न वेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत सहयोग सम्वन्धि सम्झौताले समेटेका विषयहरुलाई कार्यन्वयनमा लैजाने सम्वन्धमा छलफल भयो।
दुबै मुलुकहरुबीच स्थापित द्विपक्षीय विषयगत परामर्श संयन्त्रहरुको नियमित बैठक आयोजना गर्ने छलफल भयो।
चिनियाँ सहयोगमा सञ्चालित परियोजना/कार्यक्रमको तदारुकताका साथ कार्यान्वयन गर्न तथा भावी दिनमा आर्थिक सहयोग र सहकार्यलाई गति दिन अन्तर-निकाय समन्वय वढाउन दुबै मुलुकका परराष्ट्र मन्त्रालयहरुले मिलेर काम गर्ने सम्वन्धमा समेत छलफल भयो।
दुबै मुलुकबाट हुने उच्चस्तरीय भ्रमण आदान प्रदानका लागि परराष्ट्र मन्त्रालयहरुबीच नियमितरुपमा सम्पर्कमा रही सहकार्य गर्ने छलफल भयो ।
सन् २०१७ लाई चीनमा नेपाल पर्यटन प्रर्वद्धन वर्ष घोषणा भएको सन्दर्भमा नेपालको पर्यटन प्रर्वद्धनका लागि दुबै मुलुकका सरोकारवाला निकायहरु मिलेर प्रर्वद्धनात्मक कार्यक्रमहरु चीनमा सञ्चालन गर्ने र यसका लागि दुबै मुलुकका परराष्ट्र मन्त्रालयहरुले समन्वयकारी भूमिका खेल्ने छलफल भयो।
तातोपानी नाका छिट्टै पुनःसूचारु गर्न दुबै मुलुकले मिलेर काम गर्ने विषयमा समेत छलफल भयो।
परराष्ट्र मन्त्रालय,काठमाडौं
६ असार २०७४
के के भयो नेपाल-चीन परामर्श संयन्त्रको बैठकमा ?
Previous Articleझापामा ओलीले भने-एमालेसँग टक्कर गर्ने कुनै शक्ति छैन
Next Article महासचिव उजिर मगरको पुस्तक ‘अंश’ लोकार्पण