बागलुङ, ६ असार-बलात्कारीलाई कारवाहीको माग गर्दै बागलुङका सौन्दर्य व्यवसायीले ज्ञापनपत्र बुझाएका छन् । महोत्तरीमा व्युटिपार्लर व्यवसाय गर्दै आएकी २१ बर्षिय आशा श्रेष्ठलाई बलात्कार गर्नेलाई कारवाही गर्नुपर्ने माग उनीहरुले जिल्लाबाट पनि उठाएका हुन् । संघका कावा अध्यक्ष सनिसा घर्तीले प्रजिअ ऋषिराम तिवारी मार्फत गृहमन्त्रीलाई ज्ञापन पठाएका हुन्् । उनलाई ६ जनाले सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । कार्यक्रमको संचालन महिला उद्यम विकास समितिका अध्यक्ष भगवती केसीले गरेकी थिइन् ।