बागलुङ, ५ असार-बालबालिका माथि हुने शारीरिक हिंसा र रोकथाम बारे अन्तरक्रिया बालबालिका माथि हुने शारीरिक एवं मानसिक हिंसा घरपरिवार र बिद्यालयको बढि हुने गरेको सरोकारवाले बताएका छन् । ‘सबैका लागि घर घरमा मानव अधिकार शान्ति र बिकासको आधार’ भन्ने मुल नारासाथ बालबालिका माथि हुने शारीरिक तथा मानसिक दण्ड सजायको अबस्था र रोकथाम बिषयक अन्तरक्रिया कार्यक्रम सरोकारवाला अभिभावकको बेवस्ता र बिद्यालयमा शिक्षकले गर्ने दण्ड र तवानले बालबालिकालाई दिर्घकालिन समस्या हुने गरेको बताएका हुन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीले अहिले देशमा भैरहेको बालबालिका माथि भएका घरेलुु हिंसादेखि बिद्यालयमा हुने गरेको शारीरिक मानसिक हिंसालाई कसरी न्युनिकरण गर्न अभिभाव र शिक्षकको भुमिका महत्वपुर्ण हुनेमा जोड दिएका हुन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निमित्त निर्देशक नितु गर्तौलाले अहिले बालबालिकाको अधिकार बारे धेरै कुरा गरेपनि ब्यबहारमा लागु गर्न नसकिरहेको बताइन् । उनले सबैले आ आफनो क्षेत्रबाट बालबालिको अधिकारबारे ध्यान दिनुपर्ने बताइन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बालबालिका माथि हुने गरेका शारीरिक एवं मानसिक दण्ड सजायबारे तल्लो स्तरसम्म पुयाउनुपर्ने बताए । सबैलाई जानकारी गराउन सकेमा यसबाट धेरै कमि आउने बताउनुभयो । सहभागीले समाजमा खालि अधिकारको कुरा मात्रै बढी उठिरहेको तर कर्तव्य बारे कसैलाई ख्याल नभएको हुदा यसबारे सबै पनि सचेत बनाउन जरुरी रहेको समेत धारणा राखेका थिए । रास्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निमित्त निर्देशक नितु गर्तौैलाले अहिले बालबालिकाको अधिकार बारे धेरै कुरा गरे पनि ब्यबहारमा लागु गर्न नसकिरहेको बताइन् । उनले सबैले आ आफनो क्षेत्रबाट बालबालिको अधिकारबारे ध्यान दिनुपर्ने बताईन् । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बालबालिका माथि हुने गरेका शारीरिक एवं मानसिक दण्ड अन्त्यका लागि सचेतना अभियान आवस्यक पर्ने धारणा राखे । सहभागीले समाजमा अधिकारको कुरा मात्रै बढी उठिरहेको तर कर्तव्य बारे ख्याल नभएको पनि बताए । कार्यक्रममा एसपी चन्द्रकुवेर खापुङ सहयाक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्याय, विवाईसीका सचिब मणिभद्र शर्मा, सेतो गु्राँस बालविकास सेवाका अध्यक्ष महेशचन्द्र प्रधान, अञ्चल अस्पतालका जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनाल नागरिक समाजका सदस्य कृण्ण राज शर्मा, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष बिद्यामन्दिर माबिका प्रचार्य जगन्नाथ आचार्य कालिका कन्या माबिका प्रअ धनराज सापकोटा महिला तथा बालबालिका कार्यालयका घनश्याम सापकोटा, समाजसेवी देबबहादुर श्रेष्ठ, फ्युचर ब्राइटर बोडिङ स्कुलका प्रअ बालकृष्ण शर्मा, लगायतले बोलेका थिए ।