बागलुङमा यस्ता दुर्गम गाउँ छन् जहाँ परिवार नियोजनको साधनबारे जनचेतना नहुँदा वर्षेनि बच्चा जन्मिन्छन् । जिल्लाको दर्लिङ र बोबाङ लगायतका गाविसमा परिवार नियोजनबारे जनचेतना नहुँदा त्यहाँ महिलाहरु वर्षेनि बच्चा जन्माउन विवश छन् । दुर्गम गाउँमा अशिक्षितहरु धेरै छन् । परिवार नियोजनका अस्थायी तथा स्थायी साधनबारे जानकारी नहुँदा वर्षेनि बच्चा जन्मिन्छन् । वर्षेनि बच्चा जन्मने प्रक्रियाले एकातिर आमाको स्वास्थ्य खराब बन्दै गएको छभने बालबच्चाले स्याहार सुसार पाउन सकेका छैनन् । वर्षेनि बच्चा जन्माउने प्रक्रियाले आमा र बच्चाको ज्यान समेत गएका घटनाहरु हामीसामु धेरै छन् । त्यसैले दुर्गम बस्तीहरु परिवार नियोजनका साधनहरुबारे व्यापक जनचेतना फैलाउन जरुरी छ । शहर बजारमा दम्पत्तिहरुमा परिवार नियोजनका अस्थायी तथा स्थायी साधन अपनाउनेको संख्या धेरै भएपनि गाउँमा कम प्रयोग भएको पाइन्छ । शहरमा अस्थायी साधन सर्वसुलभ रुपमा पाइन्छ तर अव्यवस्थित गाउँका स्वास्थ्य संस्थाहरुमा परिवार नियोजनका साधन सहज रुपमा पाउन सकिदैन ।
जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले सार्वजनिक गरेको तथ्यांक अनुसार, जिल्ला परिवार नियोजनकका साधन प्रयोग गर्नेको संख्या कम छ । परिवार नियोजनका साधनहरुमध्ये कण्डम प्रयोगकर्ता ३६ प्रतिशत, पिल्स २२ र डिपो प्रयोग गर्ने ३१ प्रतिशत रहेको छ । महिला स्वास्थ्य स्वयंसेविका, गाउँघर क्लिनक, स्वास्थ्य चौकी र अस्पताल समेतमा पाईने सर्वसुलभ सेवा समेत नलिएको कारण धेरैलाई अनिच्छुक गर्भ रहेको भेटिएको तथ्यांकमा उल्लेख छ । बागलुङमा ४५ वटा वर्थिङ सेन्टर रहेको र गर्भ अवस्थामा कम्तिमा ४ पटक स्वास्थ्य परिक्षण गरेर स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएमा १ हजार ४ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउने व्यवस्था भएर पनि अझै जाने क्रम विकास हुन सकेको छैन । एक तथ्यांक अनुसार अहिले पनि बढीमा ५७ प्रतिशत सुत्केरी मात्र अस्पतालमा हुने गरेको छ । पहिलो पटक ८४ जनाले गर्भ परिक्षण गराएपनि दोश्रो तेस्रोपटक परिक्षण गर्ने क्रम नगन्य भएको पाइएको छ । अस्पताल वा स्वास्थ्य संस्थामा सुत्केरी हुने पनि ५० प्रतिशत मात्र रहेको पाईएको छ ।
देशमा अझै तुलनात्मक रुपमा घट्न नसकेको शिशु, बाल र मातृ मृत्युदर उच्च रहनुमा पनि स्वास्थ्य संस्था प्रयोगमा ल्याउन नसक्नु हो । परिवार नियोजनका साधनको प्रयोगलाई बढाउनको लागि सरोकारवाला निकायले व्यापक अभियान चलाउन जरुरी छ । आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याउन सकिने भएपनि परिवार नियोजनका साधनहरु प्रयोग गर्ने दर बागलुङमा निकै कम हुनु राम्रो संकेत होइन । यसलाई वृद्वि गर्नको लागि शहर केन्द्रित कार्यक्रमलाई दुर्गम गाउँमा पु¥याउन जरुरी छ । परिवार नियोजनका साधनबारे व्यापक भ्रमहरु फैलाउने कामले पनि यसको प्रयोगको दर बढ्न नसकेको हो । यस्ता साधनको प्रयोगले महिलाको स्वास्थ्यमा असर गर्ने भ्रमहरु फैलाईएको छ । यस्ता भ्रमलाई चिरेर परिवार नियोजनका साधनको प्रयोगलाई बढाउन जरुरी छ ।
Previous Articleदेशको उन्नतिको लागि आर्थिक पत्रकारिता
Next Article २०७४ असार ५ गते सोमबारको राशिफल