बागलुङ, ४ असार – बिकासका समाचारलाई संचारमाध्यमबाट बाहिर ल्याउने उदेश्य ले बागलुङ सदरमुकाम ५ दिने आर्थिक पत्रकारिता तालिम शनिबारदेखि शुरू भएको छ ।
राष्ट्रिय संचार विकास केन्द्र काठमाडौको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा बागलुङका पत्रकार को क्षमता अभिबृद्वि गर्ने पत्रकारलाई जिम्मेवारीपुर्ण पत्रकारिता सिकाउने एउटा अभियान नैे भएको राष्ट्रिय संचार विकास केन्द्रका कार्यकारी निर्देशक बिण्णुप्रसाद शर्मा पराजुलीले जानकारी गराएका थिए । विकासले पारेको प्रभाव र विकासले गरेको असरबारे हामीले उठाउनु पर्ने बिषय र मुद्दामा कलम चलाउन सकेनौ कि भन्नेबारे बहस जरुरी रहेको शर्माले बताए ।
आर्थिक अभियान दैनिकका सम्पादक प्रमोद प्रधानले राजनीति भन्दा आर्थिक र विकासको खबर लेख्न जरुरी रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पत्रकारिताको भुमिका अहिले मिसन नभएर अहिले विकास र सुचना भएको बताएका थिए । पत्रकारिता सन्तुलित भए मात्र सहि खबर आउने प्रजिअ तिवारीले बताए ।
उक्त कार्यक्रममा बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी, जिल्ला समन्वय समिति बागलुङका सुचना अधिकृत अखिलनाथ शर्मा, नेपाल पत्रकार महासंघका पुर्बअध्यक्ष राजेशचन्द्र राजभण्डारी, उच्च अदालत बार एशोसियसनका अध्यक्ष केशब पराजुली, पत्रकार महासंघका सल्लाहकार कोपिला कँडेलले बोलेका थिए ।
नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषको अध्यक्षता, कोषाध्यक्ष विजय रानाको स्वागत र संचालन सचिव राम थापा ‘अविरल’ले गरेका थिए । तालिममा बागलुङ जिल्लामा क्रियाशिल २१ जना पत्रकारको सहभागीता रहेको छ ।
Previous Articleप्रदेश १, ५ र ७ मा आज उम्मेदवारी
Next Article २०७४ असार ४ गते आईतबारको राशिफल