बागलुङ, ३ असार – बागलुङ नगरपालिकामा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा पछिल्लो समयमा जिल्लाका किशोर किशोरीहरु लागु औषध दुर्व्यसनमा फस्दै गएको प्रति चिन्ता व्यक्त गरिएको छ । जिल्लास्तरीय लागु औषध नियन्त्रण समितिको निर्णयानुसार सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा रामरेखाको आयोजनामा बागलुङ नगरपालिका वडा न. १४ नारायणस्थानमा शुक्रवार लागुऔषध दुव्र्यसन सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया कार्यक्रममा यस्तो चिन्ता व्यक्त गरिएको हो । कार्यक्रममा साथीको लहैलहैमा किशोर किशोरीहरु लागुऔषध दुव्र्यसनको कुलतमा फस्दै गएको चर्चा गर्दै आफ्ना छोरा/छोरीको रेखदेखमा बाबुआमाले ख्याल पु¥याउनु पर्नेमा जोड दिइएको थियो । कार्यक्रममा लागु औषध दुर्व्यसन, त्यसले पार्ने असर, लागु औषध नियन्त्रण सम्बन्धी बनेका कानुन लगायतका विषयमा छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रममा वडा न. १४ का वडा अध्यक्ष चित्रबहादुर कार्कीले मंतव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक सुरेन्द्र ढुङ्गाना लगायतको उपस्थिति रहेकोे थियो । कार्यक्रम सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा रामरेखाका अध्यक्षदुर्गाप्रसाद आचार्यको अध्यक्षतामा भएको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ ।
Previous Articleदृष्टिविहीन विद्यार्थीले जोगाए विद्यालयको इज्जत
Next Article ३ असार २०७४, ढोरपाटन दैनिक