सुगम पोखरेलको स्वर, शब्द तथा सङ्गीत रहेको गीत पहिलो प्रेमको भिडियो सार्वजनिक भएको छ। फिल्म सायद २ को यस गीतमा मनाङको सौन्दर्य उतारिएको छ। अभिनेता सुशील श्रेष्ठ र नायिका स्यारोन श्रेष्ठको केमेस्ट्री जमेको यस गीतको कोरियोग्राफर विक्रम स्वाँर हुन्।
सुनिल रावल निर्मित सायद २ असार ३० देखि सार्वजनिक प्रदर्शनमा आउनेछ। पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको फिल्ममा सुशील र स्यारोनसँगै अमृत ढुंगाना, सुशिल सिटौला लगायतका कलाकारको अभिनय छ।
Previous Articleएमाले नेताको भाषण सुनेर वृद्धका आँखामा आँसु छचल्किए
Next Article असोजसम्म स्थानीय चुनाव: प्रदेश र संसद्को कहिले ?