बागलुङ, १ असार-सांसद ज्ञानकुमारी छन्त्यालले महिलाहरुको लागि क्षमता बिकास तालिम र भौतिक निर्माणमा आफ्नो क्षेत्रमा निरन्तरता पूर्वक लागिरहेको बताएकी छिन् । सत्कर्म नेपाल, आमां मिलन केन्द्र, महिला मानव अधिकार रक्षकको संजालको आयोजना र संसद क्षेत्र बिकास कोषको आर्थिक सहयोगमा ढोरपाटन नगरपालिकाको बोवाङमा आयोजितमहिलाको न्यायमा पहुच र आयआर्जनका लागि तरकारी तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । सांसद छन्त्यालले महिलाहरुको अधिकार र बिकास निर्माणमा आफ्नो कार्यकालमा जनताका लागि काम गरेको बिवरण बाट प्रमाणित हुने पनि बताईन । कार्यक्रममा बोल्दै सत्कर्म नेपालको कार्यकारी निर्देशक तथा मानव अधिकारकर्मि सिताराम थापाले महिलाको राजनितिक, सामाजिक, आर्थिक रुपान्तरणका लागि उनिहरुको न्यायमा पहुच भयमा महिला अधिकार सुनिश्चित हुने र आर्थिक बिकासको लागि उन्नत प्रबिधिको खेतिपाति वास्तविक र ब्यबहारिक रुपमा गरेर जीवनस्तर उकास्न यो तालिम दुर्गम भेगमा गरिएको जानकारी दिए । जननिर्वाचित प्रतिनिधिहरुले महिला मात्र नभएर स्थानिय तहका प्रतिनिधिहरुलाई समेत यस्तो खालको क्षमता विकासमा सहयोग निरन्तर गर्न उनले आग्रह गरे । कार्यक्रममा सागर छन्त्याल, जनप्रतिनिधिहरु लिला बिक, असारी बिक, ताराप्रसाद बुढा, महिला संजालकी ख्यामकुमारी भण्डारी, खगिसरा पुन, समाजसेबी हेमप्रसाद बिक, नरेन्द्र बि क, बाल क्लबका रुपा बिक, प्रेमकुमारी सुनाम लगायतले बोलेका थिए । लैंगिक समानता, महिलाको न्याय प्रक्रिया सुनिश्चितता, संबैधानिक अधिकार, स्थानिय तह सरकारको अधिबार र योजना तथा बजेट तर्जुमा प्रक्रियामा महिलाको पहुँच, आधुनिक खेतिपाति र तरकारी खेति लगायतको बिषयमा सहजिकरण गरिएको सहजकर्ता ज्ञानु थापा मगरले बताईन । तालिमको समापन समारोहमा सांसद ज्ञनकुमारी छन्त्यालबाट आमा समूह र महिला जनप्रतिनिधि मार्फत उन्नत बिउबिजनहरु बितरण गरिएको थियो ।
Previous Articleबुटवलमा अब कसको पल्ला भारी ?
Next Article बुर्तिवाङ बजारमा खानेपानीको समस्या