बागलुङ, ३१ जेठ
प्रहरीले पक्राउ गर्ने क्रममा ९ दिन अघि भागेर कालिगण्डकीमा हाम फालेका युवकको आज दिउसो शव फेला परेको छ ।
गत जेठ २३ गते बेलुका मालढुङ्गाबाट नदीमा हाम फालेका काठेखोला गाउँपालिका–८ का सुनिल पुन बेपत्ता भएका थिए । बेपत्ता पुन सशस्त्र प्रहरी, गोताखोर टोली, नेपाल प्रहरी र स्थानीय युवाहरुले दैनिक खोजी कार्य जारी राखे पनि फेला परेका थिएनन् ।
कालीगण्डकी पुल भन्दा करिब २ सय मिटर तल मृत अवस्थामा शव फेला परेकोबागलुङका प्रहरी प्रमुख एसपि चन्द्रकुबेर खापुङले पुनले जानकारी दिए । लागु औषध प्रयोग गरेको आसंकामा प्रहरीले पक्राउ गर्न खोज्ने क्रममा छलेर भाग्दै पुन नदीमा हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
ट्याक्सीमा पुन सँगै रहेका चालक मकवानापुरका भिमसेन लामा र बानपा २ का दिपेन्द्र कार्कीलाई भने प्रहरीले सोही स्थानबाट नियन्त्रणमा लिएको थियो । उनीहरुलाई पक्राउ गरे लगत्तै लामा र कार्कीको फोन एसएमएसका आधारमा भारत महाराजगञ्जका १८ बर्षिय दिपेन्द्र हरिजनलाई बानपा १ रामरेखाबाट ३ सय एम्पुल सहित पक्राउ गरेको थियो ।
कालिगण्डकी नदीमा ९ दिनदेखि बेपत्ता पुनको शव फेला
Previous Articleबागलुङ भेटियो नक्कली नोट
Next Article अव छोराछोरीको १० प्रतिशत तलब बुबाआमालाई